Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

विद्या भण्डारीको राजनीतिमा पुनरागमनको ढोका मैले खोलिदिएको हुँ: अध्यक्ष प्रचण्ड

फइल तस्विर
खबरडबली संवाददाता

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको ढोका अब खुला भएको स्पष्ट पारेका छन्। साथै, उनले नेपालको संविधान आफैँमा उत्कृष्ट भए पनि राजनीतिक दलहरूले कार्यान्वयनमा चासो नदेखाउँदा समस्याहरू उत्पन्न भएको बताए।

संविधान कार्यान्वयनमा दलहरूको चासो छैन 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, “संविधानको मर्मअनुसार ऐन-कानुन निर्माण गर्ने कुरामा राजनीतिक दलहरूले सुरु देखिनै अरुचि देखाए। यसै कारण संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, प्रहरी समायोजन ऐनजस्ता कानुनहरू आउन सकेका छैनन्, जसले संविधानको सफलता- असफलतामा प्रभाव पारिरहेको छ।”

उनले नेपालका संविधान अन्तर्राष्ट्रिय सन्दर्भ र स्वदेशको आवश्यकतालाई मिलाएर बनाइएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै टाढा रहेको धारणा राखे।

विद्या भण्डारी फर्कन तयार, ढोका मैले खोलें 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय राजनीतिमा फर्कने विषयमा बोल्दै प्रचण्डले भने,  “उहाँको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको हो। प्लान बी भन्ने कुरा हल्ला मात्र हो, तर राजनीतिमा फर्कनुहोस् भन्ने ढोका खुला छ – मैले खोलिदिएको हुँ।”

प्रचण्डका अनुसार, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएको जस्तै विद्यादेवी भण्डारीको पनि स्वागत हुन सक्ने स्पष्ट संकेत मिलेको छ।

उनले यो पनि बताए कि संविधानले राष्ट्रपतिको सक्रिय राजनीतिमा प्रतिबन्ध नलगाएको र अन्तर्राष्ट्रिय अभ्यासमा पूर्वराष्ट्रपति, प्रधानमन्त्रीहरू पुनः राजनीतिमा फर्कने धेरै उदाहरणहरू छन्।

भारतसँगको सीमासम्बन्धी समाधानमा मोदीले प्रतिबद्धता जनाएका थिए । प्रचण्डले आफू प्रधानमन्त्री रहेको बेला भारत भ्रमणको प्रसंग कोट्याउँदै सीमासम्बन्धी समाधानबारे भारतीय प्रधानमन्त्री मोदीले पहिलोपटक खुलेर प्रतिबद्धता दिएको स्मरण गरे।

“मोदीजीले भन्नु भएकाे थियाे– सीमाको समस्या बाँकी छ, यसलाई संवादमार्फत हल गर्छौं। यो एउटा महत्वपूर्ण उपलब्धि हो,” प्रचण्डले भने। उनले वर्तमान सरकारलाई पनि सोही संवादको मार्ग समातेर समस्याको समाधान गर्न आग्रह गरे।

पार्टीभित्रका स्वार्थ समूह विघटनको तयारी

पार्टीभित्रका गुट वा स्वार्थ समूहबारे बोल्दै प्रचण्डले भने, “यी समूहहरू पार्टीको मूल स्वार्थ, पद्धति र नेतृत्वभन्दा बाहिर आफ्नै एजेण्डा लिएर सक्रिय हुन्छन्। यस्तो संस्कृतिलाई अन्त्य गर्न केन्द्रीय समितिले निर्णय गरिसकेको छ।”

जनार्दन शर्मा 'प्रभाकर'को कथनबारे प्रश्नमा उनले पार्टी आन्दोलन र इतिहास कुनै व्यक्तिका भनाइले नरोकिने बताए र थप छलफल आगामी बैठकमा हुने जानकारी दिए।

पार्टी एकता र समाजवादी मोर्चासँग संवाद

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा तथा अन्य शक्तिसँग पार्टी एकताको सम्भावनाबारे खुला संकेत गर्दै भने, “वार्ता र संवाद चलिरहेको छ। तर विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाएर एकीकरण गर्ने विषयमा अहिलेसम्म प्रवेश गरिनसकेको अवस्था छ।”

प्रचण्डको भनाइले एकातर्फ पार्टीभित्रको गम्भीर अनुशासनात्मक कार्यविधि र अर्कोतर्फ विद्यादेवी भण्डारीको सम्भावित भूमिकाको संकेत दिएको देखिन्छ। साथै, संविधान कार्यान्वयनप्रति बेवास्ता र सीमासम्बन्धी बहसलाई समेत उनले चर्को रुपमा उठाएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending