Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

विद्या भण्डारीको राजनीतिमा पुनरागमनको ढोका मैले खोलिदिएको हुँ: अध्यक्ष प्रचण्ड

फइल तस्विर
खबरडबली संवाददाता

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको ढोका अब खुला भएको स्पष्ट पारेका छन्। साथै, उनले नेपालको संविधान आफैँमा उत्कृष्ट भए पनि राजनीतिक दलहरूले कार्यान्वयनमा चासो नदेखाउँदा समस्याहरू उत्पन्न भएको बताए।

संविधान कार्यान्वयनमा दलहरूको चासो छैन 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, “संविधानको मर्मअनुसार ऐन-कानुन निर्माण गर्ने कुरामा राजनीतिक दलहरूले सुरु देखिनै अरुचि देखाए। यसै कारण संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, प्रहरी समायोजन ऐनजस्ता कानुनहरू आउन सकेका छैनन्, जसले संविधानको सफलता- असफलतामा प्रभाव पारिरहेको छ।”

उनले नेपालका संविधान अन्तर्राष्ट्रिय सन्दर्भ र स्वदेशको आवश्यकतालाई मिलाएर बनाइएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै टाढा रहेको धारणा राखे।

विद्या भण्डारी फर्कन तयार, ढोका मैले खोलें 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय राजनीतिमा फर्कने विषयमा बोल्दै प्रचण्डले भने,  “उहाँको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको हो। प्लान बी भन्ने कुरा हल्ला मात्र हो, तर राजनीतिमा फर्कनुहोस् भन्ने ढोका खुला छ – मैले खोलिदिएको हुँ।”

प्रचण्डका अनुसार, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएको जस्तै विद्यादेवी भण्डारीको पनि स्वागत हुन सक्ने स्पष्ट संकेत मिलेको छ।

उनले यो पनि बताए कि संविधानले राष्ट्रपतिको सक्रिय राजनीतिमा प्रतिबन्ध नलगाएको र अन्तर्राष्ट्रिय अभ्यासमा पूर्वराष्ट्रपति, प्रधानमन्त्रीहरू पुनः राजनीतिमा फर्कने धेरै उदाहरणहरू छन्।

भारतसँगको सीमासम्बन्धी समाधानमा मोदीले प्रतिबद्धता जनाएका थिए । प्रचण्डले आफू प्रधानमन्त्री रहेको बेला भारत भ्रमणको प्रसंग कोट्याउँदै सीमासम्बन्धी समाधानबारे भारतीय प्रधानमन्त्री मोदीले पहिलोपटक खुलेर प्रतिबद्धता दिएको स्मरण गरे।

“मोदीजीले भन्नु भएकाे थियाे– सीमाको समस्या बाँकी छ, यसलाई संवादमार्फत हल गर्छौं। यो एउटा महत्वपूर्ण उपलब्धि हो,” प्रचण्डले भने। उनले वर्तमान सरकारलाई पनि सोही संवादको मार्ग समातेर समस्याको समाधान गर्न आग्रह गरे।

पार्टीभित्रका स्वार्थ समूह विघटनको तयारी

पार्टीभित्रका गुट वा स्वार्थ समूहबारे बोल्दै प्रचण्डले भने, “यी समूहहरू पार्टीको मूल स्वार्थ, पद्धति र नेतृत्वभन्दा बाहिर आफ्नै एजेण्डा लिएर सक्रिय हुन्छन्। यस्तो संस्कृतिलाई अन्त्य गर्न केन्द्रीय समितिले निर्णय गरिसकेको छ।”

जनार्दन शर्मा 'प्रभाकर'को कथनबारे प्रश्नमा उनले पार्टी आन्दोलन र इतिहास कुनै व्यक्तिका भनाइले नरोकिने बताए र थप छलफल आगामी बैठकमा हुने जानकारी दिए।

पार्टी एकता र समाजवादी मोर्चासँग संवाद

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा तथा अन्य शक्तिसँग पार्टी एकताको सम्भावनाबारे खुला संकेत गर्दै भने, “वार्ता र संवाद चलिरहेको छ। तर विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाएर एकीकरण गर्ने विषयमा अहिलेसम्म प्रवेश गरिनसकेको अवस्था छ।”

प्रचण्डको भनाइले एकातर्फ पार्टीभित्रको गम्भीर अनुशासनात्मक कार्यविधि र अर्कोतर्फ विद्यादेवी भण्डारीको सम्भावित भूमिकाको संकेत दिएको देखिन्छ। साथै, संविधान कार्यान्वयनप्रति बेवास्ता र सीमासम्बन्धी बहसलाई समेत उनले चर्को रुपमा उठाएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending