काठमाडौं । “म पनि झोले।”
यो वाक्य सामाजिक सञ्जालमा चर्चामा थियो, जब एमालेका नेता–कार्यकर्ताले आफूलाई खुला रूपमा ‘झोले’ घोषणा गर्दै अभियान चलाएका थिए। त्यही भीडमा खुलेरै अगाडि आएका थिए—डिम प्रसाद पौडेल।
आज उनी यही पहिचानका साथ कृषि विकास बैंकको अध्यक्ष बनेका छन्। सरकार एमालेको नेतृत्वमा छ, र अध्यक्ष पनि एमालेकै सिफारिसमा नियुक्त भएका छन्। तर उनको यात्रा केवल ‘झोले’ अभियानसम्म सीमित छैन।
राजनीतिक झुकाव, खुलेआम घोषणा
पौडेल साधारण कर्मचारी वा प्राविधिक विज्ञका रूपमा भन्दा बढी ८८राजनीतिक झुकाव बोकेको व्यक्तित्वका रूपमा चिनिन्छन्।
उनी सामाजिक सञ्जालमा खुलेआम आफू एमाले समर्थक भएको घोषणा गर्न संकोच गर्थेनन्। एमालेका नेताहरूले सुरु गरेको अभियानलाई उनले “म पनि झोले” भन्दै निरन्तर साथ दिएका थिए। उनको यही राजनीतिक पहिचानले आज बैंकको उच्च पदमा पुर्याएको धेरैले ठान्छन्।
बालेनसँगको ‘दुश्मनी’
पौडेलको नाम काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’सँगको वादविवादका कारण पनि चर्चामा आएको थियो । स्थानीय तहको निर्वाचनमा जब बालेन स्वतन्त्र उम्मेदवारका रूपमा उदाए, पौडेल उनीविरुद्ध अगाडि आएका थिए ।
उनले फेसबुकमा “बालेनले ३० हजार भोट ल्याए भने ३० दिन काठमाडौँ बस्दिनँ” भन्दै चुनौतीपूर्ण पोस्ट गरेका थिए। बालेनको लोकप्रियता बढ्दै जाँदा पनि पौडेलले उनलाई निरन्तर आलोचना गरेका थिए ।
आज बालेन मेयर बनेर काठमाडौँ चलाइरहेका छन्, र पौडेल कृषि विकास बैंकको अध्यक्ष। दुवै आ–आफ्नो भूमिकामा शक्तिशाली भए पनि सामाजिक सञ्जालले उनीहरूको पुरानो ‘दुश्मनी’ अझै सम्झाइन्छ।
राजनीतिक सिफारिसको पद ?
कृषि विकास बैंक जस्तो सरकारी स्वामित्वको ठूलो बैंकमा अध्यक्ष हुनु सामान्य कुरा होइन। त्यहाँ पुग्न प्राविधिक ज्ञान, बैंकिङ अनुभव र नेतृत्व क्षमता चाहिन्छ भन्ने भनाइ छ। तर पौडेलको हकमा चर्चा भने अर्कै छ— “उनलाई एमाले नेताहरूको सिफारिसबाहेक अरू केहीले त्यहाँ पुर्याोएको होइन,” बैंकका एक उच्च अधिकारी भन्छन् ।
यसअघि पनि उनलाई एमालेकै सरकारले अर्थ मन्त्रालयमा पनि राजनितीक नियुक्ती गरीएका थियो । यस्तोमा प्रश्न उठ्छ—बैंकको नेतृत्वमा राजनीतिक कार्यकर्ता जानु संस्थागत स्थायित्वका लागि कत्तिको हितकारी होला ?
उनकाे भूमिकामा उव्जिएका प्रश्न
पौडेल अब कृषि विकास बैंकको नेतृत्व गर्नेछन् । तर उनको नियुक्तिसँगै धेरै प्रश्न उब्जिएका छन्ः के उनी बैंकलाई शुद्ध प्राविधिक आधारमा अगाडि बढाउन सक्षम हुनेछन् ? कि उनको भूमिका केवल राजनीतिक हित र सिफारिस पुरा गर्ने मात्र हुनेछ ? ८ ‘झोले’ अभियानकै पहिचान बोकेका अध्यक्षले किसानमैत्री बैंक बनाउने कल्पना गर्न सकिन्छ ?
समयले यी प्रश्नहरूको जवाफ दिनेछ । तर आजको दिनमा भने एउटा कुरा प्रस्ट छ—“म पनि झोले” भनेर सुरु भएको पहिचानले नै उनलाई देशकै ठुलो बैंकको अध्यक्षको कुर्सीमा पुर्यागएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: