Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

डिम प्रसाद पौडेलकाे यात्राः ‘झोले’ अभियानदेखि कृषि विकास बैंकको अध्यक्षसम्म

खबरडबली संवाददाता

काठमाडौं ।  “म पनि झोले।”
यो वाक्य सामाजिक सञ्जालमा चर्चामा थियो, जब एमालेका नेता–कार्यकर्ताले आफूलाई खुला रूपमा ‘झोले’ घोषणा गर्दै अभियान चलाएका थिए। त्यही भीडमा खुलेरै अगाडि आएका थिए—डिम प्रसाद पौडेल।

आज उनी यही पहिचानका साथ कृषि विकास बैंकको अध्यक्ष बनेका छन्। सरकार एमालेको नेतृत्वमा छ, र अध्यक्ष पनि एमालेकै सिफारिसमा नियुक्त भएका छन्। तर उनको यात्रा केवल ‘झोले’ अभियानसम्म सीमित छैन।

राजनीतिक झुकाव, खुलेआम घोषणा

पौडेल साधारण कर्मचारी वा प्राविधिक विज्ञका रूपमा भन्दा बढी ८८राजनीतिक झुकाव बोकेको व्यक्तित्वका रूपमा चिनिन्छन्।

उनी सामाजिक सञ्जालमा खुलेआम आफू एमाले समर्थक भएको घोषणा गर्न संकोच गर्थेनन्। एमालेका नेताहरूले सुरु गरेको अभियानलाई उनले “म पनि झोले” भन्दै निरन्तर साथ दिएका थिए। उनको यही राजनीतिक पहिचानले आज बैंकको उच्च पदमा पुर्याएको धेरैले ठान्छन्।

बालेनसँगको ‘दुश्मनी’

पौडेलको नाम काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’सँगको वादविवादका कारण पनि चर्चामा आएको थियो । स्थानीय तहको निर्वाचनमा जब बालेन स्वतन्त्र उम्मेदवारका रूपमा उदाए, पौडेल उनीविरुद्ध अगाडि आएका थिए । 

उनले फेसबुकमा “बालेनले ३० हजार भोट ल्याए भने ३० दिन काठमाडौँ बस्दिनँ” भन्दै चुनौतीपूर्ण पोस्ट गरेका थिए।  बालेनको लोकप्रियता बढ्दै जाँदा पनि पौडेलले उनलाई निरन्तर आलोचना गरेका थिए ।

आज बालेन मेयर बनेर काठमाडौँ चलाइरहेका छन्, र पौडेल कृषि विकास बैंकको अध्यक्ष। दुवै आ–आफ्नो भूमिकामा शक्तिशाली भए पनि सामाजिक सञ्जालले उनीहरूको पुरानो ‘दुश्मनी’ अझै सम्झाइन्छ।

राजनीतिक सिफारिसको पद ?

कृषि विकास बैंक जस्तो सरकारी स्वामित्वको ठूलो बैंकमा अध्यक्ष हुनु सामान्य कुरा होइन। त्यहाँ पुग्न प्राविधिक ज्ञान, बैंकिङ अनुभव र नेतृत्व क्षमता चाहिन्छ भन्ने भनाइ छ। तर पौडेलको हकमा चर्चा भने अर्कै छ— “उनलाई एमाले नेताहरूको सिफारिसबाहेक अरू केहीले त्यहाँ पुर्याोएको होइन,” बैंकका एक उच्च अधिकारी भन्छन् ।

यसअघि पनि उनलाई एमालेकै सरकारले अर्थ मन्त्रालयमा पनि राजनितीक नियुक्ती गरीएका थियो । यस्तोमा प्रश्न उठ्छ—बैंकको नेतृत्वमा राजनीतिक कार्यकर्ता जानु संस्थागत स्थायित्वका लागि कत्तिको हितकारी होला ?

उनकाे भूमिकामा उव्जिएका प्रश्न

पौडेल अब कृषि विकास बैंकको नेतृत्व गर्नेछन् । तर उनको नियुक्तिसँगै धेरै प्रश्न उब्जिएका छन्ः  के उनी बैंकलाई शुद्ध प्राविधिक आधारमा अगाडि बढाउन सक्षम हुनेछन् ? कि उनको भूमिका केवल राजनीतिक हित र सिफारिस पुरा गर्ने मात्र हुनेछ ? ८ ‘झोले’ अभियानकै पहिचान बोकेका अध्यक्षले किसानमैत्री बैंक बनाउने कल्पना गर्न सकिन्छ ?

समयले यी प्रश्नहरूको जवाफ दिनेछ । तर आजको दिनमा भने एउटा कुरा प्रस्ट छ—“म पनि झोले” भनेर सुरु भएको पहिचानले नै उनलाई देशकै ठुलो बैंकको अध्यक्षको कुर्सीमा पुर्यागएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending