सुलीकोट । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङका एक जना पुरुषमा जापनिज इन्सेफलाइटिस संक्रमण देखिएको छ ।
लामो समयदेखि चितवन बस्दै आएका पुरुष बिरामी भएपछि आफ्ना छोरा बुहारीले घरमा ल्याएर जिल्लामा उपचार गराउँदा ठिक नभएपछि चितवनको नारायणी सामुदायिक अस्पतालमा लगरे चेकजाँच गर्दा जापनिज इन्सफलाइटिस पुष्टि भएको बारपाक सुलीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिए।
पालिकामा जापनिज इन्सेफलाइटिस देखिएपछि गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । यसबाट बच्न बिभिन्न माध्यबाट पालिकाबासी समक्ष सुचना पुग्ने गरी स्वास्थ्य शाखाका कर्मचारीलाई परिचालित गरिएको पालिकाले जनाएको छ ।
जापनिज इन्सेफलाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको संक्रमणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माको भनाइ छ ।
लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापनिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्देन । जापनिज इन्सेफलाइटिस रोग लामखुट्टेले टोकेको ६ देखि १६ दिन सम्म रोगको लक्षण देखा पर्ने स्वास्थय कार्यालय गोरखाका प्रमुख शर्माले बताए।
यो रोग लागेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडा हुने, पक्षघात हुने यस रोगका लक्षण भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माको दाबी छ । उक्त रोगबाट बच्न झुल टाँगेर सुत्न, सुँगुर हाँस र कुखरालाई घर भन्दा टाढा पाल्न, खेतबारीमा काम गर्दा लामो कपडा लगाउन र घर वरीपरीको रहेका खाल्डा खुल्टी हुन नदिने यसरोगबाट बच्ने प्रमुख उपाय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: