काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो चौथो पुनर्गठन दिवस सोमबार मनाएको छ। तर, चार वर्षको छोटो अवधिमा नै पार्टी आन्तरिक विवाद, गुटबन्दी र नेतृत्वको आलोच्य शैलीका कारण गम्भीर संकटमा परेको देखिएको छ।
२०७८ सालको भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्दै औपचारिक रुपमा स्थापना भएको पार्टी एमाले विभाजनपछि बनेको थियो। एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्णयशक्ति, मनोमानी र असहिष्णुता बिरुद्ध आवाज उठाउँदै माधवकुमार नेपालको नेतृत्वमा यो पार्टी गठन गरिएको थियो।
तर, समय बित्दै जाँदा एकीकृत समाजवादी नेतृत्वले पनि एमालेकै कार्यशैली दोहोर्याएको कार्यकर्ताहरूको आरोप छ। यही कारणले गर्दा हालसम्म पार्टीका ५० भन्दा बढी केन्द्रीय तहका नेताहरूले पार्टी छाडेका छन्। पार्टीमा प्रवेश गर्नेको संख्याभन्दा बहिर्गमन हुनेहरूको संख्या ठूूलो रहेको तथ्यले यसलाई पुष्टि गर्छ।
हालै मात्र पूर्व उपाध्यक्ष मुकुन्द न्यौपानेले पार्टी छोडेका छन्। उनी कोअर्डिनेसन केन्द्र (कोके) गठनमा महत्वपूर्ण भूमिका खेलेका पाँच नेतामध्ये एक थिए। यसअघि उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, स्थायी समिति सदस्य चूडामणि जंगली लगायत नेताहरूले समेत पार्टी परित्याग गरिसकेका छन्।
केन्द्रीय सदस्यहरू हिरा चन्द्र केसी, शारदा स्वर्णकार, प्रेम महर्जन, शान्ता पाख्रिन, गोविन्दराम चेपाङ, डिल्लीप्रसाद उप्रेती, पार्वती विशुंखे, तर्कबहादुर शाहीलगायत ४० भन्दा बढी नेताले पार्टीबाट टाढा भइसकेका छन्।
पूर्व केन्द्रीय सदस्य पार्वती विशुंखे भन्छिन्, “विधान, नीति, पद्धतिको कुरा गरेर पनि त्यसलाई आत्मसात नगरेपछि पार्टी परित्याग गर्नुको विकल्प रहेन।”
नेताहरूको आरोप छ कि गम्भीर आन्तरिक समस्याका बाबजुद पार्टी नेतृत्व गम्भीर देखिएको छैन। संगठन निर्माणमा ठोस योजना नहुँदा कार्यकर्ताहरू निराश भएका छन्।
तर, पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले भने संगठन निर्माण र पार्टी विस्तारमा उत्साहजनक प्रगति भएको दाबी गरेका छन्। उनका अनुसार, महाधिवेशन र अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएका छन् र विभिन्न जिल्लादेखि केन्द्रसम्म नेताहरू पार्टी प्रवेश गरिरहेका छन्।
तर, अध्यक्ष माधवकुमार नेपाल स्वयं विभिन्न विवादमा छन्। पतञ्जली जग्गा प्रकरणमा उनी विशेष अदालतमा मुद्दा खेपिरहेका छन् र सांसद पद निलम्बित अवस्थामा छ, तर उनी अझै पार्टी अध्यक्ष तथा संसदीय दलका नेता छन्।
पार्टीका भ्रातृ संगठनहरूमा समेत विवाद चर्किएको छ। युवा संघ र विद्यार्थी संगठन अखिलमा समानान्तर कमिटी बनेका छन्। संजीप राईलाई कारबाही गरिएको घटना होस् वा अन्य गुटगत गतिविधि—यी सबैले नेतृत्वको गम्भीरताको अभाव देखाउँछन्।
चार वर्षमै अनेकन संकटको सामना गरिरहेको एकीकृत समाजवादी पार्टीले अबको दिनमा आन्तरिक एकता, स्पष्ट नेतृत्वदृष्टि र कार्यकर्ताको भरोसा पुनःस्थापना गर्नसके मात्र आफ्नो अस्तित्व जोगाउन सक्ने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: