काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छिन्।
उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ। “तीजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र नकारात्मकतालाई जरैबाट उखेल्ने अवसर पाउँछन्,” थापाले बताइन्।
तीजको मौलिक मूल्य, संस्कृति र संस्कारको संरक्षणमा जोड दिँदै उनले भड्किलो खर्चभन्दा यसको सकारात्मक पक्षसँग नजिक भएर भव्य तर सादगीपूर्ण ढंगले मनाउन सबैलाई आग्रह गरेकी छिन्। विदेशमा रहेका नेपाली महिलालाई समेत लक्षित गर्दै उनले हरितालिका तीजको शुभकामना दिएकी छिन्।
थापाले ‘हिरो’ चलचित्रमार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। पहिलो चलचित्रबाटै दर्शकमाझ पहिचान बनाउन सफल उनी त्यसयता कसले चोर्यो मेरो मन, हिफाजत, काली, हिम्मतवाली लगायत दर्जनौँ हिट चलचित्रमा अभिनय गर्दै नेपाली सिनेमाको लोकप्रिय अनुहार बन्न सफल भएकी छिन्।
ग्ल्यामर र स्टारडमले चर्चामा ल्याएकी थापा पछिल्ला वर्षमा सामाजिक अभियन्ता र राजनीतिमा समेत सक्रिय छिन्। महिला अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानका विषयमा मुखर अभिव्यक्ति दिने उनी नेपाली फिल्म क्षेत्रकी सर्वाधिक प्रभावशाली महिला कलाकारमध्ये एक मानिन्छिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: