माेरङ । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ ।
वडाका तिन विद्यालयमा अघिल्लो आर्थिक वर्ष वाट सुरु गरिएको सो कार्यक्रमबाट विद्यार्थीले औपचारीक बिाद्यालयको ज्ञानसँगै अन्य सिपमुलक कार्य समेत अध्यायन गर्न थालेका हुन । वडाको बुद्ध मावी,मिलन आधारभुत विद्यालय र दुर्गा आधारभुत विद्यालयमा 'शिक्षा संगै सिप कार्यक्रम' सुरु गरिएपछि विद्यार्थीको आर्कषण समेत बढ्न थालेको छ ।
आधारभुत विद्यालयमा नृत्य र गायनका कक्षा अतिरिक्त विषयका रुपमा सुरु गरिएको छ भने बुद्ध मावीमा पशुपालन,इलेक्ट्रिसिटी ,प्लम्विङ र फेशन डिजाइनका कक्षा अतिरिक्त कक्षाका रुपमा सुरु गरिएको छ ।
वडा अध्यक्ष नविन जंग कार्कीका अनुसार वडाले वार्षिक कार्यक्रम बनाएरै शिक्षासँगै सिप कार्यक्रम सुरु गरिएको हो । जसले विद्यार्थीमा नियमित कक्षासँगै यी विषयमा विद्यार्थीले कक्षा लिन थालेका छन् ।
‘हामीले तालिम सन्चालन गर्नको उदेश्य सैदान्तीक शिक्षा सँगै व्यावहारिक शिक्षामा पनि लागु गर्नुपर्छ र एउटा विद्यार्थीले सामान्य घरका समस्या समाधान गर्न अर्काे व्यक्ति घरसम्म बाेलाउनु पर्ने वाध्यता हटाउन पनि यो कार्यक्रम सुरु गरिएको हो ’ वडा अध्यक्ष कार्कीले भने, ‘विद्यालय जिवनवाट बाहिरिदा दक्ष प्राविधिक भएर बाहिर निस्कन सहयोग होस भनेर कार्यक्रम थालिएको हो’ । वडाले सुरु गरेको कार्यक्रम लाई पथरी शनिश्चरे नगरपालिकाले समेत सहयोग पु¥याएको छ । विद्यार्थीलाई प्रारम्भिक र सैदान्तिक ज्ञानले भन्दा प्राविधिक र व्यावहारिक ज्ञानले थप आत्मनिर्भर बनाउन सकिन्छ भनेर वडाले सो कार्यक्रम सन्चालन गरेको हो ।
वडाले सुरु गरेको यो कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञान मात्र दिदैन व्यावहारिक कुरामा पनि पोख्त बनाउँदछ । जसले घरमै भएका सामान्य समस्यालाई प्राविधिक बोलाएर समय पर्खिनु भन्दा स्कुलमा सिकेका सिपले नै आफै समस्या हल गर्न विद्यार्थी तत्पर हुने बुद्ध मावीका प्रध्यानाध्पक बोधराज सिग्देलको भनाइ छ ।
सुरुवातवाटै निक्कै प्रशंशा भएको यो 'शिक्षासंगै सिप कार्यक्रम'ले विद्यार्थीलाई समेत केही आशा जगाएको कार्यक्रममा सहभागी विद्यार्थी पर्वत चौधारी बताउँछन् । चौधारीले अहिले इलोक्ट्रिनिक विषयको तालिम लिइरहेका छन् । अहिले नै विद्युतका सामान्य समस्या हेर्न र बनाउन थालिसकेको बताउँछन् चौधरी ।
पशुपालन विषयको तालिम लिइरहेका सुप्रिम विकका अनुसार पशु पालन र व्यावस्थापन मात्र नभएर सामान्य रोगको निदान र उपचारका विषयमा समेत अध्यायन गर्न थालेकाले कृषी क्षेत्रमा समेत सहयोग पु¥याउने छ । वडाले सुरु गरेको यो कार्यक्रमलाई नगर भरिका विद्यालयमा पनि सुरु गर्न सके विद्यार्थी र अभिभावकलाई समेत सहयोग सिद्ध हुनेमा दुइमत छैन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: