Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

प्रभावकारी बन्दै 'शिक्षासँगै सिप कार्यक्रम', बिधालय शिक्षा पुरा गरे पछि सिपसहित निस्कने

खबरडबली संवाददाता

माेरङ । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ ।

वडाका तिन विद्यालयमा अघिल्लो आर्थिक वर्ष वाट सुरु गरिएको सो कार्यक्रमबाट विद्यार्थीले औपचारीक बिाद्यालयको ज्ञानसँगै अन्य सिपमुलक कार्य समेत अध्यायन गर्न थालेका हुन । वडाको बुद्ध मावी,मिलन आधारभुत विद्यालय र दुर्गा आधारभुत विद्यालयमा 'शिक्षा संगै सिप कार्यक्रम' सुरु गरिएपछि विद्यार्थीको आर्कषण समेत बढ्न थालेको छ ।

आधारभुत विद्यालयमा नृत्य र गायनका कक्षा अतिरिक्त विषयका रुपमा सुरु गरिएको छ भने बुद्ध मावीमा पशुपालन,इलेक्ट्रिसिटी ,प्लम्विङ र फेशन डिजाइनका कक्षा अतिरिक्त कक्षाका रुपमा सुरु गरिएको छ ।

वडा अध्यक्ष नविन जंग कार्कीका अनुसार वडाले वार्षिक कार्यक्रम बनाएरै शिक्षासँगै सिप कार्यक्रम सुरु गरिएको हो । जसले विद्यार्थीमा नियमित कक्षासँगै यी विषयमा विद्यार्थीले कक्षा लिन थालेका छन् ।

‘हामीले तालिम सन्चालन गर्नको उदेश्य सैदान्तीक शिक्षा सँगै व्यावहारिक शिक्षामा पनि लागु गर्नुपर्छ र एउटा विद्यार्थीले सामान्य घरका समस्या समाधान गर्न अर्काे व्यक्ति घरसम्म बाेलाउनु पर्ने वाध्यता हटाउन पनि यो कार्यक्रम सुरु गरिएको हो ’ वडा अध्यक्ष कार्कीले भने, ‘विद्यालय जिवनवाट बाहिरिदा दक्ष प्राविधिक भएर बाहिर निस्कन सहयोग होस भनेर कार्यक्रम थालिएको हो’ । वडाले सुरु गरेको कार्यक्रम लाई पथरी शनिश्चरे नगरपालिकाले समेत सहयोग पु¥याएको छ । विद्यार्थीलाई प्रारम्भिक र सैदान्तिक ज्ञानले भन्दा प्राविधिक र व्यावहारिक ज्ञानले थप आत्मनिर्भर बनाउन सकिन्छ भनेर वडाले सो कार्यक्रम सन्चालन गरेको हो ।

वडाले सुरु गरेको यो कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञान मात्र दिदैन व्यावहारिक कुरामा पनि पोख्त बनाउँदछ । जसले घरमै भएका सामान्य समस्यालाई प्राविधिक बोलाएर समय पर्खिनु भन्दा स्कुलमा सिकेका सिपले नै आफै समस्या हल गर्न विद्यार्थी तत्पर हुने बुद्ध मावीका प्रध्यानाध्पक बोधराज सिग्देलको भनाइ छ ।

सुरुवातवाटै निक्कै प्रशंशा भएको यो 'शिक्षासंगै सिप कार्यक्रम'ले विद्यार्थीलाई समेत केही आशा जगाएको कार्यक्रममा सहभागी विद्यार्थी पर्वत चौधारी बताउँछन् । चौधारीले अहिले इलोक्ट्रिनिक विषयको तालिम लिइरहेका छन् । अहिले नै विद्युतका सामान्य समस्या हेर्न र बनाउन थालिसकेको बताउँछन् चौधरी ।

पशुपालन विषयको तालिम लिइरहेका सुप्रिम विकका अनुसार पशु पालन र व्यावस्थापन मात्र नभएर सामान्य रोगको निदान र उपचारका विषयमा समेत अध्यायन गर्न थालेकाले कृषी क्षेत्रमा समेत सहयोग पु¥याउने छ । वडाले सुरु गरेको यो कार्यक्रमलाई नगर भरिका विद्यालयमा पनि सुरु गर्न सके विद्यार्थी र अभिभावकलाई समेत सहयोग सिद्ध हुनेमा दुइमत छैन् ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending