काठमाडौं । करिब दशकअघि ठूला लगानीका साथ सञ्चालनमा आएको मेडिसिटी अस्पताल अहिले आर्थिक र व्यवस्थापकीय संकटसँग जुधिरहेको छ। सार्वजनिक जग्गा प्रयोग गरेर बनेको भन्ने विवादमा तानिएको यस अस्पतालको सेवा गुणस्तरमा पनि प्रश्न उठ्न थालेका छन् ।
स्थापना प्रारम्भमा ‘विश्वस्तरीय उपचार’ भन्ने दाबी गरिएको मेडिसिटी अहिले बिरामीको भरोसा गुमाउँदै गएको छ । अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न नसक्नु, महँगो शुल्क, र प्राविधिक दक्ष जनशक्ति टिकाउन नसक्नुजस्ता समस्याले यसको लोकप्रियता घटेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइ छ।
यससँगै सार्वजनिक जग्गा प्रयोगको विषयले पनि अस्पताललाई थप विवादमा पारेको छ। स्थानीयवासी र सरोकारवाला निकायहरूले सरकारले स्पष्ट नीतिगत जवाफ दिनुपर्ने माग गर्दै आएका छन्।
अस्पताल व्यवस्थापनले भने चुनौतीहरू स्वीकार गर्दै सेवा सुधार गर्ने योजना अघि सारेको जनाएको छ। तर, लगातार घट्दो बिरामीको संख्या, बढ्दो प्रतिस्पर्धा र विवादास्पद जग्गा प्रकरणबीच मेडिसिटीको यात्रा ओरालो लाग्दै गएको देखिन्छ।
एक वर्षमै साढे ३२ करोड घाटा
व्यवसायी उपेन्द्र महतोको लगानीमा सञ्चालित नेपाल मेडिसिटी अस्पतालको कारोबार घट्दै गएको छ। अस्पतालले सन् २०२५ मा साढे ३२ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ।
अश्विन मेडिकल कलेज एन्ड हस्पिटल प्रालिद्वारा सञ्चालित यो अस्पतालले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। तर सन् २०२५ मा करिब २० करोड घट्दै कारोबार २ अर्ब ५५ करोड ५० लाख रुपैयाँमा सीमित भएको हो।
कम्पनीका अनुसार सन् २०२४ को सेप्टेम्बरमा आएको बाढीका कारण सेवा प्रवाहमा असर परेको र बिरामीको संख्यामा कमी आएपछि कारोबार घटेको हो। बाढीले अस्पतालमा भौतिक क्षति पनि पुर्याएको थियो।
नेपाल मेडिसिटी अस्पतालले सन् २०१७ देखि व्यावसायिक सेवा सुरु गरेको हो। हाल अस्पतालमा २ सय ४७ शय्यासहितका विभिन्न विशेषज्ञ सेवा उपलब्ध छन्।
आगामी दिनमा बाढीको जोखिम न्यूनीकरणका लागि अस्पतालले ४ फिट अग्लो पर्खाल निर्माण गरिसकेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: