Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

प्रज्ञा–प्रतिष्ठानले महिलामुक्ति र स्वतन्त्रतालाई जोड दिँदै तिज पर्व मनायो

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागको आयोजना तथा तीनओटा क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा तिज विशेष कार्यक्रम–२०८२ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर गरेका थिए ।

उनले तिज पर्व महादेव–पार्वतीको कथाबाट सुरु भए पनि समयसँगै यो पर्व सामन्तवादी संस्कृतिको प्रभाव पार गर्दै व्यापक बनेको बताए। तिजलाई विभेदको अन्त्य, महिला मुक्ति र परिवर्तनसँग जोडेर मनाउनुपर्नेमा जोड दिँदै उनले भने–“भडकाब, अन्धविश्वास र विकृतिबाट तिजलाई मुक्त गरी भ्रष्टाचारविरुद्ध चेतना फैलाउने पर्व बनाउनुपर्छ ।”

उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले तिज पर्व आफन्तसँग भेटघाट र रमाइलोको अवसर भए पनि यसको मूल सार महिला मुक्ति, समानता र विकृतिविरुद्ध प्रतिरोधमा जोडिनुपर्ने बताए।

साहित्य र साहित्येतिहास विभाग प्रमुख डा। मधुसूदन गिरीले तिजलाई केवल महिलाको पर्व नभई सामाजिक सम्झौताको पर्वका रूपमा व्याख्या गर्दै भने– “किरात र शैवबीच सम्झौता भएपछि तिज मनाउने चलन सुरु भएको हो ।”  उनले तिजलाई पितृसत्ताविरुद्ध महिला समानता र सामाजिक सद्भावसँग जोड्नुपर्नेमा जोड दिए।

साहित्य पद्य–काव्य विभाग प्रमुख बाबा बस्नेतले तिजलाई वैचारिक पर्वका रूपमा लिनुपर्ने बताइन् ।  उनले भनिन्– “अनावश्यक विकृति हटाएर महिलाका पीडा अभिव्यक्त गर्ने माध्यमका रूपमा तिजलाई अघि बढाउनुपर्छ ।”

कार्यक्रम सभाध्यक्ष तथा सामाजिकशास्त्र विभाग प्रमुख डा। कौशिला रिसालले तिजसँग जोडिएका धार्मिक अन्धविश्वास, अराजकता र विकृति हटाउनुपर्ने धारणा राख्दै भनिन्– “ऋषिपञ्चमीसहितका व्रत–पूजाले महिलालाई जञ्जिरले बाँधेको देखिन्छ, यसबाट मुक्त हुन आवश्यक छ । 

यसैगरी साहित्यकार सीता शर्माले तिज गीत र पर्वबारे प्रस्तुति दिँदै पितृसत्तासँग जोडिएको तिजलाई पूँजीवादी चरित्र सहितको धार्मिक विश्वास मात्र ठहर गर्दै यसलाई अन्धविश्वास र दासतामुक्त बनाउनुपर्नेमा जोड दिइन्।

डा। प्रतिभा पुनले विज्ञान–प्रविधिले संस्कृतिमा पारेको प्रभावबारे प्रकाश पार्दै तिजलाई व्रतसँग होइन, विचारसँग जोड्नुपर्ने बताइन् भने डा‍ चूडाप्रसाद ढकालले तिज पर्वमा तडकभडकका कारण असमानता बढ्दै गएको उल्लेख गर्दै आपसी मेलमिलाप, न्याय र महिलामुक्तिको पक्षमा यसलाई मनाउनुपर्ने तर्क राखे ।

कार्यक्रममा भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडी, उपप्रमुख विश्वास घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगर, कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष जयराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए  । कार्यक्रमको सञ्चालन नासु राधा कार्कीले गरेको प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending