काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनल । हरेक दिन त्यहाँ एउटै दृश्य दोहोरिन्छ – एम्बुलेन्स र कफिन ।
परिवारजनको आँखामा आँसु, मुटुमा गाँठो, हातमा चुरोट र मुखमा प्रार्थना । उनीहरू आफ्ना प्रियजनलाई स्वागत गर्न होइन, अन्तिम पटक भेट्न पुगेका हुन्छन्।
वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पीडा तथ्याङ्कले स्पष्ट देखाउँछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार गत साउन महिनामा मात्र १७४ जना श्रमिकको शव ल्याइयो। गत आर्थिक वर्ष २०८१/८२ मा भने १,२५५ नेपाली श्रमिकले विदेशी भूमिमा ज्यान गुमाएका छन्।
मलेसिया, कतार, साउदी लगायतका मुलुकमा ‘हर्ट अट्याक’, कार्यस्थल दुर्घटना, असुरक्षित बासस्थान वा अस्वच्छ खानपानले ज्यान गुमाउने गरेको देखिन्छ। तर मृत्युका वास्तविक कारणबारे छानबिन गर्ने र दोषी ठहर गर्ने प्रणाली कमजोर छ।
विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारीमा नेपालीहरूको मृत्यु केवल संयोग होइन, बरु श्रम व्यवस्थापन, स्वास्थ्य सुरक्षा र सरकारी बेवास्ताको गम्भीर परिणाम हो। यी सबैको कथा एउटै छ, रोजगारीको अभाव, ऋणको चाप, घर–परिवारको भविष्यका लागि विदेशिने सपना। तर धेरैलाई त्यो सपना बाकसमा पराजित हुन्छ।
आमाको चित्कार
साउनको मध्यतिर वीरगञ्जकी एक आमा विमानस्थलमा कुवेतबाट आएका छोराको शव लिन पुगेकी थिइन् । आँखा रातो, शरीर काँपिरहेको, ओठ बर्बराइरहेका। उनले भनीन् – “तँ गइस् घर बनाउन, ऋण तिर्न, म त तेरो बिहे गर्न सपना देखेकी थिएँ‘ तर तेरो लास मात्र ल्याइयो।”
त्यो चित्कारले विमानस्थलमै रहेका सबैलाई रुवायो। तर, यो कुनै एक आमाको पीडा मात्रै होइन। हरेक दिन औसत ४–५ जना नेपालीको शव यस्तै बाकसमा नेपाल फर्किरहेको छ।
सरकार मौन, परिवार असहाय
कतार, साउदी, मलेसिया जस्ता मुलुकमा मृत्युका कारण प्रायः ‘हर्ट अट्याक’ भनेर उल्लेख हुन्छ। तर वास्तविक कारण अझै अस्पष्ट हुन्छ। कसैको कामको दबाबले, कसैको कार्यस्थल दुर्घटनाले, कसैको अस्वच्छ खानपान वा बासस्थानले ज्यान लिन्छ। तर छानबिन गर्ने, दोषी ठहर गर्ने र न्याय दिने प्रणाली भने कमजोर छ।
श्रमिकको मृत्यु भएपछि परिवारले दुःखसँगै आर्थिक बोझ पनि व्यहोर्नुपर्छ। बीमा रकम र राहत पाउन महिनौँ धाउनुपर्ने, दलाल वा मध्यस्थसँग जुध्नुपर्ने अवस्था रहन्छ। यो विडम्बना त्यतिमै सीमित छैन – विदेशिएका श्रमिकले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ। तर जब त्यही श्रमिक बाकसमा फर्किन्छ, सरकारको समवेदना कागजमै सीमित हुन्छ।
नेपाली युवाले किन अझै वैदेशिक रोजगारी रोज्न बाध्य छन् ? किन स्वदेशमै रोजगारी सिर्जना गर्न सकिएको छैन ? किन स्वास्थ्य जाँचदेखि बीमा प्रणालीसम्म सबैकुरा कमजोर छन् ?
यी र यस्ता प्रश्न हरेक नेपालीको मनमतिस्कमा आइरहेका छन् । तर, यी प्रश्नहरूको जवाफ सरकारसँग छैन। तर प्रत्येक बाकस, प्रत्येक आमाको चित्कार र प्रत्येक आँसु यही भन्छ – विदेशिएका नेपालीले केवल परिवारलाई होइन, मातृभूमिलाई पनि पालिरहेका छन्। तर सरकार मौन छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...
पौष ११ गते, २०८२ - १९:५७
विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...
पौष ११ गते, २०८२ - १९:५४
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...




प्रतिकृया लेख्नुहोस्: