Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

माओवादीको पदाधिकारी बैठक आकस्मिक रूपमा स्थगित

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को  पदाधिकारी बैठक आकस्मिक रूपमा स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार दिउँसो २ बजेका लागि बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित हो । 

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, समसामयिक राजनीतिक परिस्थिति तथा एकताबाट आएका नेताहरूको जिम्मेवारी जस्ता एजेन्डा रहने तय थियो तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो।

बैठक स्थगित भएपनि आधिकारिक कारण स्पष्ट छैन। पार्टी कार्यालय सचिव गणेशमान पुनका अनुसार व्यस्त कार्यतालिकाका कारण बैठक बस्न नसकेको हो । “बस्ने कि भन्ने थियो, तर टाइट सेड्युल भएकाले आज नबस्ने निर्णय भएको हो,” पुनले भने ।

तर, केही नेताहरूले भने अध्यक्षविरुद्ध उपमहासचिव शर्माको पछिल्लो टिप्पणीलाई लिएर नेतृत्वस्तरमा छलफल आवश्यक परेकाले बैठक स्थगित भएको हुनसक्ने अनुमान गरेका छन्। 

शनिबार प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ पुस्तक सार्वजनिक कार्यक्रममा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डप्रति लक्षित अभिव्यक्ति दिएका थिए। प्रचण्डले केही दिनअघि “सरकारमा नभए पनि राजनीतिको खाँबो आफैंले थेगेको महसुस भएको”  बताएका थिए। 

त्यसको जवाफमा शर्माले “शेषनागले पृथ्वी बोकेको दन्त्यकथा भइसकेको छ, विज्ञानले पृथ्वी आफैं कसरी हल्लिन्छ भन्ने पुष्टि गरिसकेको छ” भन्दै टिप्पणी गरेका थिए।

यसअघि माओवादीको एक बैठकले शर्मासहितका गतिविधि लक्षित गर्दै गुटबन्दीले पार्टीभित्र समस्या बढाएको निष्कर्ष निकालेको थियो। त्यस क्रममा अध्यक्ष प्रचण्डले अपानी पठाउँदै शर्मालाई “आत्मालोचना नगरेको” भन्दै सचेत गराएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending