काठमाडौं । आज वैदिक सनातन धर्मावलम्बीहरूले कुशे औंसी पर्व मनाउँदैछन्। भाद्र कृष्ण औंसीका दिन मनाइने यस पर्वमा घर–घरमा पवित्र कुश भित्र्याएर वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्ने धार्मिक परम्परा छ।
धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार आज उखेलेको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलेको कुश सो दिनमै मात्र प्रयोग गर्न मिल्छ। ब्राह्मणद्वारा पूजा गरेर ल्याइने कुश घरमा राख्दा परिवारको कल्याण हुने विश्वास छ।
सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको प्रतीक मानिन्छ। पुराणमा सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणी र कुशलाई एकसाथ उत्पन्न गरेको उल्लेख पाइन्छ।
पितृको सम्मान र ‘गोकर्णे औंसी’
यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई मनपर्ने खाना खुवाएर सम्मान प्रकट गर्ने गर्छन्। बाबु दिवङ्गत भएकाहरू भने गोकर्णेश्वर, बेत्रावती जस्ता तीर्थमा गई तर्पण, पिण्डदान र सिदादान गर्छन्।
काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा आज विशेष मेला लाग्ने भएकाले यस औंसीलाई गोकर्णे औंसी पनि भनिन्छ। रसुवा–नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि हजारौँ भक्तजन तर्पण र दान गर्न पुग्ने गर्छन्।
धर्मग्रन्थ बुद्धोक्त पाराजिकाय अनुसार यस दिन बाबुलाई आदरपूर्वक भोजन खुवाएमा अथवा दिवङ्गत पिताको नाममा श्राद्ध गरेमा कुल स्थिर भई पुण्य प्राप्त हुन्छ। यस दिन गरिएको दानले हजारौँ गुणा फल दिने विश्वास छ, तर दान सधैं सुपात्रलाई दिनुपर्ने शास्त्रीय भनाइ छ।
मोती जयन्ती पनि आजै
यसै दिन नेपाली साहित्यका उज्ज्वल हस्ती युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती मनाइँदैछ। वि.सं. १९२३ सालमा जन्मिएका भट्ट वि.सं. १९५३ सालमा यही दिन मात्र ३० वर्षको उमेरमा दिवङ्गत भए।
मोतीराम भट्टले नेपाली साहित्यमा शृङ्गार रसको परम्परा स्थापित गरेका थिए। उनले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याए र नेपालमा पहिलो छापाखाना भित्र्याए, जसलाई नेपाली पत्रकारिताको सुरुआत मानिन्छ।
आजको दिन साहित्यिक संस्था, प्रज्ञा प्रतिष्ठान र शिक्षण संस्थाहरूले उनको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: