बागलुङ । बागलुङको गलकोट नगरपालिकामा भएको विद्यार्थी सवार भ्यान दुर्घटनामा परि दुई जना गम्भीर भएका छन् ।
विद्यार्थी बोकेर हरिचौरबाट हटियातर्फ जाँदैगरेको गलकोट बहुमुखी क्याम्पसको इभी भ्यान शुक्रबार विहान गलकोट नगरपालिका –५ जोइकुटीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो ।
दुर्घटनामा सवारी चालक गलकोट नगरपालिका १ का २५ वर्षीय मोहनसिंह सुनार र विद्यार्थी गलकोट नगरपालिका –५ की १८ वर्षीया सुस्मीता विक घाइते भएका हुन् ।उनीहरुलाई उपचारका लागि पोखरा रिफर गरिएको छ । गलकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक मनबहादुर कार्कीले बताए ।
दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । प्रनि कार्कीले घाइते विद्यार्थीहरु वडा ५ का १८ वर्षीया प्रमिला विक, वडा नं। ११ का १८ वर्षीय जीवन खत्री, वडा नं। ८ का १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र वडा नं। ९ का १८ वर्षीया सुनिता सापकोटाको गलकोट नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । घाइतेहरुको खुट्टा, हात, ढाड र मुखमा चोट लागेको छ । भ्यान सडकदेखि ७ मिटर तल खसेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:५३
सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...
मंसिर २१ गते, २०८२ - ०९:५७
काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...




प्रतिकृया लेख्नुहोस्: