काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गरेको छ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने माग गरे।
सभाको आकस्मिक समयमा बोल्दै एमाले मुख्य सचेतक बर्तौलाले भारतीय विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा नेपालको भूमि लिपुलेक हुँदै भारत र चीन व्यापार गर्ने दुई देशका विदेशमन्त्री बीच सहमति भएको देखिएको बताए।
भूगोल, अर्थतन्त्र र जनसंख्यामा देशहरू ठुलो सानो हुनसक्ने भए पनि स्वाधीनता, स्वाभिमान र सार्वभौमिकताका हिसाबले ठुलोसानो नहुने प्रमुख सचेतक बर्तौलाले बताए। ‘हाम्रो देश नेपाल स्वतन्त्र देश हो, सार्वभौम देश हो। हाम्रो देशको सार्वभौमिकतामाथि कहीँ कतैबाट आघात पुग्ने काम भए त्यसको प्रतिवाद र विरोध गर्छौँ,’ उनले भने।
यो विषयमा परराष्ट्र मन्त्रालयमार्फत सरकारको धारणा आइसकेको बताउँदै उनले उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १४:२०
झापा। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएक...
चैत्र २१ गते, २०८२ - १४:१२
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...
चैत्र २१ गते, २०८२ - १३:५०
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...
चैत्र २१ गते, २०८२ - १३:३६
नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिका –६ हिरमिनियाका चर्चित किसान जयपाल मौर्यले यस वर्ष आठसय क्विन्टल आलुको बिउ उत्पादन गरेको छन्। गत वर्ष राष्ट्रप...
चैत्र २१ गते, २०८२ - १३:१६
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच शनिबार ...
चैत्र २१ गते, २०८२ - १२:४०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ ...
चैत्र २१ गते, २०८२ - १२:२७
काठमाडौं । अबुधाबी मा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन नेपाली दूतावास यूएई ले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवर...
चैत्र २१ गते, २०८२ - १२:०८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउ...
चैत्र २१ गते, २०८२ - ११:५८
काठमाडौँ। संयुक्त अरब इमिरेट्स को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्...
चैत्र २१ गते, २०८२ - ११:४७
मकवानपुर। मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। मदनभण्डारी लोकमार्गअन्तर्गत बागमती...


प्रतिकृया लेख्नुहोस्: