Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

खबरडबली संवाददाता

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूले ब्यानर र प्लेकार्डसहित माइतीघरबाट सुरु भएको ¥याली नयाँ बानेश्वर चोकसम्म पुगी पुनः माइतीघरमै फर्किएको थियो। विरोधमा सहभागीहरू मौन धारण गर्दै शान्तिपूर्ण प्रदर्शनमा उभिएका थिए।

निजी विद्यालय सञ्चालक संस्थाले पाँच बुँदे मागसहित आन्दोलन थालेको हो। उनीहरूले विद्यालय शिक्षा विधेयकमा समावेश गरिएका केही प्रावधानहरू अव्यवहारिक, अन्यायपूर्ण र निजी क्षेत्रको योगदानप्रति असंवेदनशील भएको आरोप लगाएका छन्।

‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने, विद्यालयले उत्पादन नगर्ने वस्तुहरू (जस्तै पोसाक, स्टेशनरी, खाजा) उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गरिनुपर्ने, कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयहरूलाई गैरनाफामूलक बनाउँदै लैजाने प्रावधान हटाइनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहनु पर्ने, ४५ प्रतिशत आरक्षणसहितको व्यवस्था खारेज गरिनुपर्ने जस्ता उनीहरुका मूख्य माग रहेका छन् । 

सञ्चालकहरूको भनाइमा, "विधेयकले निजी क्षेत्रको अस्तित्व, योगदान र स्वतन्त्रता समाप्त पार्ने खतरा बढाएको" छ। उनीहरूले विधेयकलाई संशोधन गर्न र सरोकारवालासँग परामर्श गरेर मात्र कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

यसबीच, शिक्षा मन्त्रालयले भने विधेयकको मस्यौदा सर्वपक्षीय परामर्शपछि अघि बढाइएको दाबी गर्दै आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending