काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा न्यायिक छानबिन गर्नुपर्ने माग गरेका छन् । उनका अनुसार हालसम्म आएको प्रतिवेदनले पीडितलाई न्याय र जिम्मेवारी दिन असफल भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै किरातीले दुर्घटनाग्रस्त उडान नागरिक उड्डयन प्रयोजनको नभई केवल चालक दल र प्राविधिकहरूलाई मात्र लैजानुपर्ने प्रकारको भए पनि त्यसमा यात्रु राखिएको तथ्य प्रतिवेदनले उल्लेख नै नगरेको बताए ।
उनी भन्छन्, प्रतिवेदनले केवल प्राविधिक कमजोरीहरू उल्लेख गरेको छ, तर ‘के गर्न नहुने थियो’ भन्ने स्पष्ट पारेको छैन । “यो त हृदयमै क्यान्सर छ भनेर बेवास्ता गर्ने तर शरीर सब ठीक छ भन्ने जस्तै हो,” भन्दै उनले प्रतिवेदनलाई सतही भनेका छन् । किरातीका अनुसार, एक महिनाभन्दा बढी ग्राउण्ड गरिएको विमानमा यात्रु राखेर उडान गर्नु नै नहुने कुरा प्रतिवेदनमा समेटिएको छैन ।
किरातीले पर्याप्त अनुसन्धान बिना सन्तोषजनक प्रतिवेदन आउन नसक्ने उल्लेख गर्दै निरन्तर छानबिनको आवश्यकता औंल्याए । उनका अनुसार, यस्तो लापरबाहीपूर्ण प्रतिवेदनलाई स्वीकृति दिने हो भने, जबकी मन्त्री स्वयं संरचनात्मक र नीतिगत सुधारको पहल गर्दै हुनुहुन्छ, त्यसले देशलाई न्याय नदिनेछ ।
उनने थपे, विमानको ढोका राम्ररी नबन्दिने जस्ता आधारभूत सुरक्षा गुनासा उठ्दा पनि अधिकारीहरूले “एउटै पटक उडान गर्नुस्, पछि मिलाइदिन्छौं” भन्ने जवाफ दिने लापरबाही अझै पनि भइरहेको छ, जुन दुर्घटनाको जड हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: