विराटनगर । कोसी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले सञ्चारसम्बन्धी विधेयकमाथि दफावार छलफल गरी प्रतिवेदन पारित गरेको छ। अब समितिबाट पारित भएको प्रतिवेदन प्रदेशसभाको बैठकमा पेस हुने भएको छ। सभाबाट छलफलपछि विधेयक पारित हुने प्रक्रिया अघि बढ्नेछ।
विधेयक पारित भएपछि प्रेस र सञ्चारसम्बन्धी काम कारबाही अब प्रदेश सरकारकै तहबाट हुने कानुनी आधार तयार हुनेछ। प्रस्तावित कानुनअनुसार प्रदेशस्तरीय सञ्चार नीति निर्माण, सञ्चार प्रतिष्ठानको गठन, सञ्चार माध्यमको नियमन र विकास प्रदेशमै हुनेछ।
समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद शमशेर राईका अनुसार, विधेयकमा सञ्चार प्रतिष्ठानमा कार्यकारी अधिकार सम्पन्न अध्यक्ष रहने व्यवस्था गरिएको छ। “प्रेससम्बन्धी प्रशासनिक काम भने रजिस्ट्रारमार्फत हुनेछ, तर नीति र कार्यान्वयन नेतृत्व अध्यक्षले सम्हाल्नेछन्,” उनले बताए।
राईका अनुसार अध्यक्ष र रजिस्ट्रार दुवैलाई प्रदेश सरकारले नियुक्त गर्नेछ भने पदावधि तीन वर्षको हुनेछ। सञ्चार प्रतिष्ठानको संरचना र कार्यविधि सञ्चार क्षेत्रका सरोकारवालासँगको परामर्शका आधारमा तय गरिएको बताइएको छ।
सञ्चार विधेयकमाथिको दफावार छलफलमा नेपाल पत्रकार महासंघ कोसी प्रदेश समिति, संसदीय पत्रकार मञ्च, सञ्चारिका समूह, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, रेडियो ब्रडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाहरूको सुझाव समावेश गरिएको छ।
यसअघि पनि विधेयक अघिल्लो कार्यकालमा प्रदेशसभामा प्रस्तुत भएको थियो तर दफावार छलफलमा नपुगी अड्किएको थियो। यसपटक भने दफावार छलफलसँगै समितिबाट प्रतिवेदन पारित भएको हो।
अब प्रदेशसभाको बैठकबाट विधेयक पारित भएपछि कोसी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, विकास र व्यवस्थापनका लागि स्पष्ट कानुनी संरचना तयार हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: