विराटनगर । कोसी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले सञ्चारसम्बन्धी विधेयकमाथि दफावार छलफल गरी प्रतिवेदन पारित गरेको छ। अब समितिबाट पारित भएको प्रतिवेदन प्रदेशसभाको बैठकमा पेस हुने भएको छ। सभाबाट छलफलपछि विधेयक पारित हुने प्रक्रिया अघि बढ्नेछ।
विधेयक पारित भएपछि प्रेस र सञ्चारसम्बन्धी काम कारबाही अब प्रदेश सरकारकै तहबाट हुने कानुनी आधार तयार हुनेछ। प्रस्तावित कानुनअनुसार प्रदेशस्तरीय सञ्चार नीति निर्माण, सञ्चार प्रतिष्ठानको गठन, सञ्चार माध्यमको नियमन र विकास प्रदेशमै हुनेछ।
समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद शमशेर राईका अनुसार, विधेयकमा सञ्चार प्रतिष्ठानमा कार्यकारी अधिकार सम्पन्न अध्यक्ष रहने व्यवस्था गरिएको छ। “प्रेससम्बन्धी प्रशासनिक काम भने रजिस्ट्रारमार्फत हुनेछ, तर नीति र कार्यान्वयन नेतृत्व अध्यक्षले सम्हाल्नेछन्,” उनले बताए।
राईका अनुसार अध्यक्ष र रजिस्ट्रार दुवैलाई प्रदेश सरकारले नियुक्त गर्नेछ भने पदावधि तीन वर्षको हुनेछ। सञ्चार प्रतिष्ठानको संरचना र कार्यविधि सञ्चार क्षेत्रका सरोकारवालासँगको परामर्शका आधारमा तय गरिएको बताइएको छ।
सञ्चार विधेयकमाथिको दफावार छलफलमा नेपाल पत्रकार महासंघ कोसी प्रदेश समिति, संसदीय पत्रकार मञ्च, सञ्चारिका समूह, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, रेडियो ब्रडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाहरूको सुझाव समावेश गरिएको छ।
यसअघि पनि विधेयक अघिल्लो कार्यकालमा प्रदेशसभामा प्रस्तुत भएको थियो तर दफावार छलफलमा नपुगी अड्किएको थियो। यसपटक भने दफावार छलफलसँगै समितिबाट प्रतिवेदन पारित भएको हो।
अब प्रदेशसभाको बैठकबाट विधेयक पारित भएपछि कोसी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, विकास र व्यवस्थापनका लागि स्पष्ट कानुनी संरचना तयार हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: