Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

उपसभामुख हटाउने खेलमा साना दल ‘किङमेकर’

साना दलकाे समर्थन नपाए एमाले–कांग्रेसकाे रानामगरलाई हटाउने खेल सपना मात्रै

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी अघि बढाएपछि संसदमा नयाँ सत्ता समीकरणको सम्भावना देखिएको छ । तर यो समीकरण केवल ठूला दलहरूकै जोडबलमा सम्भव छैन । संख्यात्मक हिसाबले निर्णायक भूमिका भने साना दलहरूको हातमा पुगेको छ ।

दुईतिहाइको संवैधानिक जटिलता

प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको ठहर भएमा सांसदहरूको एक चौथाइले प्रस्ताव दर्ता गर्न सक्छन् । तर, पदच्युत गर्न भने तत्काल कायम रहेका सांसदहरूको दुईतिहाइ मत आवश्यक पर्छ । हाल प्रतिनिधिसभामा बहाल २७४ सांसद छन् । यस हिसाबले उपसभामुखलाई पदबाट हटाउन १८३ मत चाहिन्छ ।

नेपाली कांग्रेससँग ८८ र एमालेसँग ७९ सांसद छन् । यी दुवै दल मिल्दा जम्मा १६७ मत पुग्छ, जुन आवश्यक संख्याभन्दा १६ मत कम छ ।

कसले पुर्‍याउने दुईतिहाइ ?

१६ मतको अभाव नै अहिलेको शक्ति–समीकरणमा ‘गेम चेन्जर’ बनेको छ । साना दलहरूको हातमा नै ठूला दलहरूको योजना सफल हुने वा असफल हुने निर्भर हुने छ ।

हाल संसदमा जनता समाजवादी पार्टी (७ सांसद), जनमत पार्टी (६ सांसद), लोकतान्त्रिक समाजवादी पार्टी (४ सांसद), नागरिक उन्मुक्ति पार्टी (४ सांसद) गरी २१ सांसद सानादलका रहेका छन् । 

यी दलहरूकै समर्थन पाउनु कांग्रेस–एमालेको लागि अनिवार्य बनेको छ । यी चार दल मिल्दा २१ मत हुन्छ । त्यसैले, कसलाई कति समर्थन दिने भन्ने उनीहरूको निर्णय नै निर्णायक हुने देखिन्छ ।

साना दलहरू संख्यामा कम भए पनि अहिलेको परिस्थितिमा उनीहरू ‘किङमेकर’ बनेका छन् । मधेस–आधारित दलहरू (जसपा, जनमत, लोसपा) लामो समयदेखि आफ्ना माग पूरा न भएको भन्दै असन्तुष्ट छन् । उपसभामुख प्रकरणलाई उनीहरूले आफ्नो राजनीतिक मुद्दा अघि बढाउने अवसरको रूपमा प्रयोग गर्ने विश्लेषकहरूको बुझाइ छ ।

नागरिक उन्मुक्ति पार्टी पनि आफ्नो जनआधारलाई विस्तार गर्न ‘कडा राजनीतिक कदम’ खोजिरहेको छ । त्यसैले उनीहरू पनि ठूला दलसँग कठोर बार्गेनिङमा जाने सम्भावना रहेकाे छ ।

उपसभामुख इन्दिरा राना हाल राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट छिन् । संसदमा हाल माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२१), एकीकृत समाजवादी (१०), राप्रपा (१३) सानादलकाे २१ गरी ९७ सांसद प्रतिपक्ष रहेका छन् । साना दलले कांग्रेस–एमालेको प्रस्तावलाई समर्थन गर्ने सम्भावना न्यून देखिन्छ । बरु उनीहरूले प्रतिपक्षी दलहरूको कदमलाई सत्ता अस्थिर बनाउने प्रयासको रूपमा चित्रण गर्न सक्छन् ।

कांग्रेस र एमालेबीच उपसभामुख हटाउने रणनीति साझा भए पनि उनीहरूको लक्ष्य फरक–फरक हुन सक्छ ।

कांग्रेस उपसभामुखमार्फत सत्तारूढ गठबन्धनभित्र असन्तोष पैदा गर्न चाहन्छ । तर,एमाले भने संसदमा आफ्नो उपस्थितिलाई ‘निर्णायक शक्ति’का रूपमा देखाउन चाहन्छ । यी दुवै उद्देश्य पूरा गर्न साना दलहरूको साथ आवश्यक छ ।

सम्भावित परिणाम

साना दलहरूको समर्थन मिल्यो भने  उपसभामुख पदच्युत हुनेछन् । यदी समर्थन मिलेन भने  कांग्रेस र एमाले मात्रको हातेमालो असफल हुनेछ, जसले उनीहरूलाई नै प्रतिगामी देखाउने सम्भावना छ ।

साना दलहरूले तटस्थ रहने रणनीति लिए भने  संसदमा असमंजस बढ्नेछ र उपसभामुख सुरक्षित रहनेछन् ।

किन साना दल ‘किङमेकर’ ?

नेपालको प्रतिनिधिसभामा स्थिर बहुमत कहिल्यै देखिँदैन । ठूला दलहरूको पनि आफ्नो बलमा दुईतिहाइ पुर्‍याउने क्षमता छैन । यसकारण हरेक संवेदनशील निर्णयमा साना दलहरूकै हातमा ‘चाबी’ हुन्छ ।

आज उपसभामुखको प्रसङ्ग छ, भोलि अरू पद वा सरकारको भागबन्डा—जहाँ पनि निर्णायक भूमिका साना दलले नै खेल्नेछन् ।

उपसभामुख इन्दिरा रानालाई हटाउने या नहटाउने भन्दा पनि अहिलेको परिस्थितिले देखाएको वास्तविकता के हो भने—संसदमा संख्यात्मक रूपमा साना देखिने दलहरूले नै ठूला दलहरूको भविष्य निर्धारण गर्ने क्षमता राख्छन् ।

यही कारण यो विवादलाई केवल ‘उपसभामुख पद’ को विषय मात्र होइन, नेपालको संसदीय राजनीति किन स्थिर हुँदैन भन्ने एउटा दृष्टान्तको रूपमा पनि हेर्न सकिन्छ । साना दलहरूकै हातमा ठूला दलहरूको योजना बन्न–बिग्रने खेल हुने भएकाले उनीहरूलाई नै अहिलेको ‘किङमेकर’ भन्न सकिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending