काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहार प्रकरणको पुनःअनुसन्धानमा आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
सर्वोच्च अदालतले भदौ २ गते (सोमबार) गौर नरसंहारसम्बन्धी मुद्दाको छानबिन अघि बढाउन आदेश दिएपछि यस विषयमा प्रतिक्रिया दिँदै यादवले अदालतको निर्णयलाई आफूहरूले सम्मान गर्ने बताएका हुन् ।
अदालतले गौर नरसंहारका घाइते त्रिभुवन साहलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको हो । यादवले भने, “सरकारले अनुसन्धान अघि बढायो भने हामी निष्पक्ष सहयोग गर्न तयार छौं ।” उनले १८ वर्षअघि घटेको घटनाबारे तत्कालीन सरकारले अनुसन्धान गरी विभिन्न आयोगमार्फत प्रतिवेदन सार्वजनिक गरिसकेको पनि स्मरण गरे ।
उनका अनुसार, न्यायिक जाँचबुझ आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत सो घटनामा अनुसन्धान गरी प्रतिवेदन बुझाइसकेका थिए । यद्यपि करिब दुई दशकपछि मुद्दा पुनः अघि बढाउन खोजिनु राजनीतिक प्रतिशोध हुनसक्ने उनको आशंका छ ।
यादवले अझैसम्म सर्वोच्चको पूर्णपाठ आउन बाँकी रहेकाले निष्कर्ष निकाल्न हतार नहुने बताए । उनले आफू जनताको अधिकारका लागि लड्ने व्यक्ति भएकाले डराउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे ।
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राईसमिल चौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादीबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यही घटनाका पीडित र घाइतेहरूले पटक–पटक जाहेरी दिए पनि छानबिन अघि नबढेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
अदालतले पुनःअनुसन्धान गर्न आदेश दिँदै गृह मन्त्रालय, प्रहरी मुख्यालयसहित सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: