Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

संवैधानिक परिषदको समीकरणमा एमाले–कांग्रेसको नजर : उपसभामुखमाथि महाअभियोग तयारी

सिंहदरबारमा एमाले सांसदकाे हस्ताक्षर संकलन धमाधम

खबरडबली संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीसँगै सत्ता गठबन्धनको असली एजेन्डा फेरि एकपटक सतहमा आएको छ—संवैधानिक परिषद्मा शक्ति सन्तुलन आफ्नो पक्षमा झुक्याउने । सतहमा ‘भिसा सिफारिस पत्र’ नै विवादको कारण देखाइए पनि, भित्री तहमा भने यसलाई परिषद्मा हुने निर्णय प्रक्रियासँग जोडेर हेर्ने गरिएको छ ।

बिहानै नेकपा एमालेले आफ्ना सांसदलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक रूपमा बोलायो । त्यहाँ उपसभामुखमाथि महाअभियोग प्रस्तावका लागि हस्ताक्षर संकलन धमाधम भइरहेको छ । एक सांसदले “हामीलाई बैठकमा बोलाएर सिधै हस्ताक्षर गराउन भनिएको छ” भन्दै हस्ताक्षर कार्य तीब्र भएको बताए ।

यता, प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले पनि आफ्ना सांसदलाई १२ बजेसम्म दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिइसकेको छ । त्यसअघि कांग्रेस पदाधिकारी बैठक बसेर रणनीति तय गरिरहेको छ । यसरी दुई ठूला दल एकैपटक आकस्मिक सक्रियता देखाउनु उपसभामुखविरुद्धको कदम केवल व्यक्तिगत आचरण वा नैतिकताको सवाल मात्र नभई ठूलो राजनीतिक खेल भएको स्पष्ट संकेत हो ।

भिसा विवाद मात्रै कारण हो?

उपसभामुख रानामगरले आफूसहित पाँच जनाको भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको विषयलाई लिएर नैतिकताको प्रश्न उठाइएको छ । तर धेरै विश्लेषकहरूको मतमा, यो केवल देखाउने बहाना हो । वास्तविक कारण भने संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व नहुँदा उपसभामुखमार्फत परिषद्को शक्ति सन्तुलन विपक्षी दलतिर झुक्ने डर सत्ता गठबन्धनलाई परेको हो ।

संवैधानिक परिषद् सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा नियुक्ति गर्ने महत्वपूर्ण संयन्त्र हो । परिषद्मा आफ्नो पकड बलियो बनाउन गठबन्धन दलहरू लामो समयदेखि सक्रिय हुँदै आएका छन् ।

विगतदेखि चल्दै आएको विवाद

यसअघि पनि उपसभामुखको पदमाथि नजर राखिएको थियो । उपसभामुख परिषद्को सदस्य भएकाले, प्रतिनिधिसभामा कांग्रेस कमजोर भए पनि परिषद्मा उसको प्रभाव रहने स्थिति थियो । यही कारण सत्ता गठबन्धनले रानामगरलाई हटाउने पटक–पटक प्रयास गरेको देखिन्छ । अहिले भिसा विवाद सार्वजनिक भएलगत्तै त्यही अवसरलाई उपयोग गर्दै महाअभियोगको प्रक्रिया अघि बढाइएको हो ।

आगामी राजनीति कता?

महाअभियोग प्रस्ताव दर्ता भएपछि उपसभामुख स्वतः निलम्बनमा पर्नेछन् । त्यसपछि संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व झन् कमजोर हुने देखिन्छ । यसलाई सत्ता गठबन्धनले आफ्नो पक्षमा फाइदा उठाउने अपेक्षा गरेको बुझिन्छ ।

तर यस कदमले संसद भित्र र बाहिर राजनीतिक ध्रुवीकरण झन् बढाउने निश्चित छ । कांग्रेसले आफ्नो प्रतिनिधिलाई हटाउने प्रयासलाई ‘प्रतिशोधपूर्ण राजनीति’ भनेर प्रस्तुत गर्ने संभावना छ । प्रतिपक्षी दलहरूले पनि यही मुद्दालाई जनतामाझ उठाउनेछन् ।

उपसभामुखविरुद्धको महाअभियोग केवल ‘भिसा सिफारिस’ भन्ने सतही कारणमा सीमित छैन । यसको पछाडि सत्ता गठबन्धनको ठूलो राजनीतिक रणनीति छ—संवैधानिक परिषद्मा पूर्ण पकड कायम गर्ने । यसले नेपालको संवैधानिक निकायहरूको भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending