एमालेले बिहान साढे १० बजे र कांग्रेसले दिउँसो १२ बजेसम्म सांसदहरू अनिवार्य रूपमा दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। एमालेले “जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने” कारण देखाएको छ भने कांग्रेसले “महत्त्वपूर्ण निर्णयमा सहमति र हस्ताक्षर आवश्यक” भन्दै सांसदहरूलाई बोलाएको स्रोतले जनाएको छ।
दुवै दलले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको अनुमान गरिएको छ। रानामगरले संसद सचिवालयको लेटरप्याड प्रयोग गरी अमेरिकाको भिसाका लागि सिफारिस पत्र लेखेको आरोप छानबिनका लागि दर्ता प्रस्ताव अघि बढाउने पहल भइरहेको हो।
रानामगर संवैधानिक परिषद्को सदस्य हुने भएकाले उनको पदमुक्तीबारे विगतदेखि नै राजनीतिक रूपमा बहस हुँदै आएको थियो। हाल परिषद्मा कांग्रेसको प्रतिनिधित्व नरहेकाले उनलाई हटाउने प्रयास अझ तीव्र बनेको देखिन्छ।
यद्यपि एमालेले आधिकारिक रूपमा छलफलको एजेन्डा खुलाएको छैन। तर, संसदमा विचाराधीन विधेयकहरूसँगै उपसभामुखविरुद्ध महाअभियोग प्रस्तावलाई समेत प्रमुख एजेन्डा बनाइएको राजनीतिक विश्लेषण गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: