गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगामा आयोजित एक महिने साउने मेलाबाट २५ लाख रुपियाँ भेटी संकलन गरिएको छ।
रेसुंगा संरक्षण समितिका कोषाध्यक्ष नेत्र बस्नेतका अनुसार रेसुंगा पोखरी, सिद्ध थान, भ्यू टावर, दान पेटिका, यज्ञशाला लगायत स्थानमा भक्तजनले चढाएको भेटी संकलन गरिएको हो। त्यस्तै मेलामा आयोजना गरिएका तीज गीत प्रतियोगिता, भजन प्रतियोगिता र शिविरमार्फत उठेको रकम पनि समेटिएको छ।
यसै अवधिमा मेलाको व्यवस्थापन तथा अन्य कार्यमा करिब १३ लाख खर्च भएको बस्नेतले जानकारी दिनुभयो। समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार मेलामा करिब २ लाख दर्शनार्थी सहभागी भएका थिए, जसमा भारतसहित लुम्बिनी प्रदेशका १२ जिल्लाका भक्तजनसमेत रहेका छन्।
धार्मिक विश्वासअनुसार, साउन महिनाभर रेसुंगा पोखरीमा स्नान गर्दा पाप नष्ट भई पुण्य प्राप्त हुने मान्यता छ। मेला अवधिभर दैनिक पूजा, रुद्री, चण्डी, वेद पारायण, पितृ पूरायण र हवनजस्ता धार्मिक गतिविधि सम्पन्न भएका थिए।
समुद्र सतहदेखि ८ सय मिटरदेखि २,३५० मिटर उचाइमा फैलिएको रेसुंगालाई महर्षि ऋष्यश्रृङको साधनास्थल मानिन्छ। यस क्षेत्रको ४० फिट अग्लो भ्यू टावर चढ्दा गुल्मी, बागलुङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा र प्युठानसम्मको दृश्यावलोकन गर्न सकिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: