काठमाडौं । सत्ता साझेदारीको आधार बनेको कांग्रेस–एमाले गठबन्धन नीतिगत र कानुन निर्माणका मूल प्रश्नमा भने दिनप्रतिदिन टाढिँदै गएको छ । सरकार गठनको मुख्य औचित्य मानिएको संविधान संशोधनमै दुई दलका प्राथमिकता र अडान छुट्टै देखिनु यसबीचको असमझदारीको मुख्य उदाहरण हो ।
संविधान संशोधनमै मतभेद
कांग्रेस तत्काल कार्यदल गठन गरी संशोधनका बुँदा पहिचान गर्नुपर्नेमा अडिग छ भने एमाले राष्ट्रिय सभामा दुई तिहाइ अभावलाई देखाएर अघि बढ्नै नचाहने पक्षमा छ । संविधान संशोधन नै सरकारको जग हो भन्ने सातबुँदे सहमतिका आधारमा बनेको गठबन्धन १३ महिना नाघ्दा पनि कार्यदलसम्म नबन्नु राजनीतिक अविश्वासको संकेत मानिन्छ ।
विधेयक–विवाद
सूचना प्रविधि तथा साइबर सुरक्षा, सामाजिक सञ्जाल, निजामती सेवा, भूमिसम्बन्धी, विद्यालय शिक्षा, संवैधानिक परिषद्, अख्तियार, राष्ट्रिय अनुसन्धान, बहुविवाह लगायतका प्रायः सबै प्रमुख विधेयकमा दुवै दल अलग–अलग धारमा उभिएका छन् ।
साइबर सुरक्षा विधेयक : कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रावधान हटाउनुपर्ने भन्दै आएको छ । एमाले भने झूटा सूचना नियन्त्रणका लागि कडा प्रावधान आवश्यक ठान्छ ।
भूमि विधेयक : एमाले ‘फास्ट ट्र्याक’ बाट पारित गर्न चाहन्छ भने कांग्रेसले वन, मध्यवर्ती क्षेत्र र जग्गा दुरुपयोग रोक्नुपर्ने अडान लिएको छ ।
शिक्षा विधेयक : कांग्रेस निजी क्षेत्रअनुकूल प्रावधान अस्वीकार गर्छ, एमाले भने निजी क्षेत्रमैत्री प्रावधान चाहन्छ ।
निजामती सेवा विधेयक : ‘कुलिङ अफ पिरियड’ कांग्रेसको अडान हो भने एमाले त्यसलाई हटाउन संशोधन अघि बढाइरहेको छ ।
संवैधानिक परिषद् विधेयक : राष्ट्रपति पौडेलको चासोलाई सम्बोधन गर्नुपर्ने कांग्रेसको मत छ तर ओली नेतृत्वको एमाले यथास्थितिमै अघि बढ्न चाहन्छ ।
बहुविवाह संशोधन : कांग्रेसले बहुविवाहलाई मान्यता दिनै नहुने भनाइ बनाइसकेको छ तर एमालेभित्रै मत एक छैन ।
‘टेक एन्ड पे’ विवाद
ऊर्जा क्षेत्रमा बजेटमार्फत आएको ‘टेक एन्ड पे’ प्रावधान हटाउने कांग्रेसको अडानप्रति एमाले अझै असहमत छ । प्रधानमन्त्री ओलीले सहमति जनाए पनि एमालेको अनिच्छाले कांग्रेस चिढिएको छ ।
स्वार्थ समूहको प्रभाव
पूर्वप्रशासकीय न्यायाधीश काशीराज दाहालका अनुसार नीतिगत मुद्दामा दलबीचको गहिरो छलफलको अभावले विधेयक निर्माण प्रक्रियामा स्वार्थ समूहको प्रभाव बढेको छ । शिक्षा, सहकारीदेखि ठेक्कापट्टासम्मका दबाब समूहले आफ्नो स्वार्थअनुकूल कानुन बनाउन खोजेको स्पष्ट देखिने उनको भनाइ छ ।
संविधान संशोधनको औचित्य देखाएर सत्ता साझेदारी गरेको कांग्रेस–एमालेबीच आज संवैधानिकदेखि प्रशासनिक र सामाजिक कानुनसम्मका एजेन्डामा असहमति मात्र बढ्दो छ । सत्ता बाँडफाँटमा सहकार्य भए पनि विधेयक र नीतिमा असहयोग र अविश्वास गहिरिँदै गएको छ । यसले गठबन्धनको भविष्यलाई अनिश्चित बनाइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: