Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

झलनाथ र प्रकाण्डबिच भेटः संकट, समाधान र समाजवादी क्रान्तिको एजेन्डा

खबरडबली संवाददाता

काठमाडौं । नेपालको बदलिँदो राजनीतिक परिवेशमा कम्युनिस्ट नेताहरूबीचको छलफल फेरि चर्किएको छ । यही सन्दर्भमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच आइतबार डल्लुमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुवै नेताबीचको छलफलमा मुलुकको जटिल राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनभित्र फैलिँदै गएको विभाजन, र भविष्यको रणनीतिलाई प्राथमिकताका साथ उठाइएको विश्वकर्माले बताए । उनका अनुसार तीन बुँदामा साझा निष्कर्षमा पुगिएको छ ।

१. देश गम्भीर राजनीतिक संकटतर्फ धकेलिँदै गएको छ ।

२.कम्युनिस्ट आन्दोलनभित्र समस्या गहिरिँदै गएको छ, तर श्रमिक–मजदुर अझै पनि कम्युनिस्ट शक्तिप्रति आस्थावान् छन् । त्यसैले आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता छ ।

३. कम्युनिस्ट आन्दोलनको आगामी दिशा समाजवादी क्रान्ति नै हो, जसका लागि इमानदार नेताहरूबीच एकता आवश्यक छ ।

छलफलमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर पनि असन्तुष्टि प्रकट गरिएको छ । निष्क्रिय बनेको एमसीसीलाई दलालहरूमार्फत पुनः सक्रिय बनाउन खोजिएको भन्दै त्यसविरुद्ध साझा रणनीति बनाउनुपर्नेमा सहमति भएको विश्वकर्माले बताए ।

तर, पार्टी एकताको विषयमा भने छलफल अघि नबढेको उनले स्पष्ट पारे । खनाल नेतृत्वको एकीकृत समाजवादीभित्रै आन्तरिक जटिलता भएकाले तत्काल एकताको सम्भावना नरहेको उनले दाबी गरे । तथापि, ‘सचेत र इमानदार’ कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र समन्वय आवश्यक भएकोमा भने दुवै नेताहरू सकारात्मक देखिएका छन् ।

यो भेटवार्ताले तत्कालीन राजनीतिक समीकरणलाई बदल्ने संकेत त दिएको छैन । तर, बिखण्डित कम्युनिस्ट ध्रुवीकरणलाई पुनः जोड्ने प्रयासको सुरुवातका रूपमा यसलाई अर्थ्याउन सकिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending