काठमाडौं । नेपालको बदलिँदो राजनीतिक परिवेशमा कम्युनिस्ट नेताहरूबीचको छलफल फेरि चर्किएको छ । यही सन्दर्भमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच आइतबार डल्लुमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुवै नेताबीचको छलफलमा मुलुकको जटिल राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनभित्र फैलिँदै गएको विभाजन, र भविष्यको रणनीतिलाई प्राथमिकताका साथ उठाइएको विश्वकर्माले बताए । उनका अनुसार तीन बुँदामा साझा निष्कर्षमा पुगिएको छ ।
१. देश गम्भीर राजनीतिक संकटतर्फ धकेलिँदै गएको छ ।
२.कम्युनिस्ट आन्दोलनभित्र समस्या गहिरिँदै गएको छ, तर श्रमिक–मजदुर अझै पनि कम्युनिस्ट शक्तिप्रति आस्थावान् छन् । त्यसैले आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता छ ।
३. कम्युनिस्ट आन्दोलनको आगामी दिशा समाजवादी क्रान्ति नै हो, जसका लागि इमानदार नेताहरूबीच एकता आवश्यक छ ।
छलफलमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर पनि असन्तुष्टि प्रकट गरिएको छ । निष्क्रिय बनेको एमसीसीलाई दलालहरूमार्फत पुनः सक्रिय बनाउन खोजिएको भन्दै त्यसविरुद्ध साझा रणनीति बनाउनुपर्नेमा सहमति भएको विश्वकर्माले बताए ।
तर, पार्टी एकताको विषयमा भने छलफल अघि नबढेको उनले स्पष्ट पारे । खनाल नेतृत्वको एकीकृत समाजवादीभित्रै आन्तरिक जटिलता भएकाले तत्काल एकताको सम्भावना नरहेको उनले दाबी गरे । तथापि, ‘सचेत र इमानदार’ कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र समन्वय आवश्यक भएकोमा भने दुवै नेताहरू सकारात्मक देखिएका छन् ।
यो भेटवार्ताले तत्कालीन राजनीतिक समीकरणलाई बदल्ने संकेत त दिएको छैन । तर, बिखण्डित कम्युनिस्ट ध्रुवीकरणलाई पुनः जोड्ने प्रयासको सुरुवातका रूपमा यसलाई अर्थ्याउन सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: