Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

सरकार संघीयता र लोकतन्त्र कमजोर पार्नतिर उन्मुख भएको छः उपाध्यक्ष भुसाल

खबरडबली संवाददाता

जनकपुर । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अहिलेको सरकार संघीयता र समावेशी लोकतन्त्रविरुद्ध खडा हुने खालका कानुन ल्याउन तम्सिएको टिप्पणी गरेकी छन्। जनकपुरधाममा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे टिप्पणी गरेकी हुन् । 

उनले सरकारका पछिल्ला गतिविधि सुशासन र पारदर्शिताको पक्षमा नभई प्रतिशोध, भ्रष्टाचार र जनविरोधी धारमा केन्द्रित भएको आरोप लगाइन्। उनले भनिन्–'भूमि सम्बन्धी कानुन ल्याउने प्रक्रिया, निजामति ऐनमा ‘कुलिङ पिरियड’ को बेला गरिएको हस्तक्षेप र शिक्षा विधेयकलाई अल्झाएर राखिएको अवस्था यी सबै कदम संविधानको मर्म विपरीत रहेका छन्।'

पूर्वमन्त्रीसमेत रहेकी भुसालले “संविधानले दिएको संघीयता कार्यान्वयनलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको” दाबी गरिन्।

यस्तै, उनले नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग सकारात्मक वार्ता भइरहेको जानकारी दिइन्। विचार र कार्यदिशा मिल्ने दलहरूसँग एकता सम्भावना खुला रहेको उनको भनाइ छ।

भुसाल आइतबार मिथिला विहारी नगरपालिकामा आयोजित शहीद चन्देश्वर मण्डलको २०औँ स्मृति सभामा सहभागी हुँदैछिन्। सोमबार भने उनी गणेशमान चारनाथ नगरपालिकामा हुने शहीद रामवृक्ष यादवको ३१औँ स्मृति कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको बताइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending