Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पार्टी विघटन गर्न सकिएन भने पुनर्गठन हुँदैन: राम कार्की ‘पार्थ’

‘क्रान्तिको नेतृत्व गर्न सधैँ कार्यकारी पदमा बस्नुपर्छ भन्ने छैन'

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृत्व मजदुर, किसान र श्रमजीवी जनताले गर्ने बताएका छन् । मजदुर, किसान र श्रमजीवी जनताको मुद्दा बोक्ने विचार नै अबको नवीनतम राजनीति भएको उनले बताए । 

हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवी वर्गले गर्ने दाबी गरे । सबैभन्दा नवीनतम राजनीति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको उनको भनाइ छ । उनले अब समाजको नेतृत्व सामन्त वा पुँजीपतिले गर्न नसक्ने दाबी गरे । नयाँ भनेर अरू क्रिम पाउडर लगाएर आएकाहरूको पनि राजनीतिमा खासै अर्थ नभएको उनको भनाइ छ । यद्यपि किसान, मजदुरको प्रतिनिधि भन्ने दलहरूले आफ्नो औचित्य पुष्टि गर्न नसकेको खण्डमा भने नयाँ शक्तिको उदय हुने सचिव कार्कीले बताए ।

उनले भने, ‘प्रजातन्त्रको वाहक भनेको राजनीतिक दलहरू हुन्, यी दलहरूले आफ्नो औचित्य सावित गर्न सकेनन् । हामी मजदुर किसानको प्रतिनिधि भन्छौँ तर उनीहरूको प्रतिनिधि बनेको औचित्य हामीले सावित गर्न सकेनौँ भने अब त्यो खालको रिक्तता रहँदैन, अर्को आउँछ । यो नियम हो । तर हामीलाई प्रतिस्थापन गर्न हामीभन्दा क्रान्तिकारी विचारधारासहित आउनुपर्छ । हावा कुरा गरेर, लक्ष्य बिनाका कुरा गरेर, रणनीति बेगरका कुरा गरेर, स्टन्ट गरेर आउनेहरूले चाहिँ हामीलाई प्रतिस्थापन गर्न सक्दैनन् । यदि त्यस्तो प्रतिस्थापन कहीँ भयो भने त्यो दुर्भाग्य हुनेछ ।’

उनले माओवादी पार्टीले २०६३/२०६४ पछि पार्टीलाई जुन कार्यदिशामा लैजानुपर्ने हो त्यतातिर लैजान नसकेको बताए । उनका अनुसार पार्टीले मजदुर किसानको राजनीतिक वर्चस्व हुने खालको एउटा नयाँ कार्यदिशा, रणनीति अगाडि सार्नुपर्ने थियो । तर आफूहरू सतही कुरामा नै रुमल्लिएर बसेको उनको भनाइ छ । सोही कारण जनता, मजदुर, किसानलाई माओवादी पार्टी पनि पुरानै संसदीय व्यवस्थावादी पार्टी भएको भन्ने भान परेको उल्लेख गरे ।

उनले भने, ‘हामीले मजदुर किसानको राजनीतिक वर्चस्व हुने खालको एउटा नयाँ कार्यदिशा, नयाँ रणनीति अगाडि सार्नुपर्थ्यो, त्यो सार्नको लागि शास्त्रीय अर्थमा भन्दाखेरि हामीले लेनिन र रोजा, ग्राम्सी र चे ग्वेभारा जस्ता मार्क्सवादमाथि योगदान गर्ने नेताहरूलाई यहाँ ल्याउनुपर्थ्यो । तर हामीकहाँ के बहस भयो भन्दाखेरि विद्रोह गर्ने कि संविधान लेख्ने भन्ने असाध्यै सतही कुरामा हामी अल्मलियौँ । हामीले एउटा नयाँ बाटो दिनुपर्थ्यो । हामीले जुन युद्ध गरेर आएका थियौँ, सेना, जनसेना, जनसत्ता, सर्वहारा अधिनायकत्व भन्ने कुराहरू चाहिँ फेरेपछि अब मजदुर किसानको राजनीतिक वर्चस्व कायम गर्ने खालको अर्को लाइन लिनुपर्थ्यो । त्यो लाइनमा स्वाभाविक रूपमा हामी चुक्यौँ ।’

सबैभन्दा बढी महत्त्व अक्षर, ज्ञानलाई दिनुपर्नेमा माओवादी पार्टी त्यसमा चुकेको उनले बताए । युग अनुकूल, समय अनुकूलको कार्यदिशा विकास गर्न नसकेको उल्लेख गर्दै उनले त्यो कार्यदिशा विकास गर्न कुनै छलफल नै हुन नसकेको बताए । तर आफूले भने निरन्तर यो मुद्दालाई उठाइरहेको उनले बताए ।

नेपाल १९९० देखि नै विश्व पुँजीवादी प्रणालीमा बाँधिएकोले यहाँका उद्योग, कलकारखाना सबै निजीकरण भएको उनको दाबी छ । स्वास्थ्य, शिक्षा जस्तो कुरालाई निजीकरण गरिएर व्यापारको विषय बनाइएको उनले बताए । राजनीतिक पार्टी खासगरी नेकपा एमालेको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको व्यापारमा गएको उनको आरोप छ । समाजवादको बीज अङ्कुरण हुने ठाउँ शिक्षा र स्वास्थ्य नै व्यापारमा गएको उनले बताए । नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिस्ट पार्टीभित्रैबाट ठूलो प्रतिवाद हुने उनको भनाइ छ ।

उनले भने, ‘आज पनि नेपालमा नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिस्ट पार्टीले शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने हाम्रो ठूलो प्रतिवाद त पार्टीभित्रै हुन्छ । जसले शिक्षाको व्यापार गरिरहेका छन्, स्वास्थ्यको व्यापार गरेर लाभांश लिइरहेका छन्, तिनीहरू नै पहिला विरोधमा आउँछन् । त्यो सँगसँगै विश्व पुँजीवाद अगाडि आउँछ । त्यो सजिलो छैन । त्यसले ठूलो तनाव, सङ्घर्ष सिर्जना गर्छ ।’

यहाँको शिक्षा, स्वास्थ्य, कृषि प्रणालीलाई फेर्नमा आफूहरू चुकेको उनले बताए । नेपालको कृषि अहिले उत्पादक र उपभोक्ताको बीचमा दलालतन्त्र बनेको उनको भनाइ छ । त्यो दलालतन्त्रलाई भत्काउन सजिलो नभएको उनले बताए । उनले पार्टी सरकारमा जाँदा पनि किसानको पक्षमा काम गर्न नसकिएको बताए ।

उनले भने, ‘हामीले सरकारमा गएपछि मजदुर किसानको पक्षमा के के बिल ल्यायौँ त रु कतिवटा विधेयक चाहिँ पास गरायौँ त रु नेपालमा वामपन्थीहरू धेरै वर्षदेखि सत्तामा छन् । नेपाली काँग्रेस पनि आफूलाई समाजवादी भन्छ । तर नेपालमा नेपालको शिक्षालाई फेर्ने विधेयक आयो रु नेपालको शिक्षा प्रणाली परिवर्तन भयो त रु नेपालको स्वास्थ्य प्रणाली फेरियो त रु फेरिएको छैन ।’

पार्टी विघटन गर्न सकिएन भने पुनर्गठन हुँदैन
माओवादी सचिव कार्कीले पार्टीलाई विघटन गर्न सक्नुपर्ने बताएका छन् । पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने उनको भनाइ छ । पार्टीलाई आवधिक र आंशिक रूपमा विघटन गर्न सक्नुपर्ने भन्दै उनले विघटन गर्न सकिएन भने पुनर्गठन गर्न नसकिने बताए । पार्टीलाई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उनको जोड छ । कार्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरूको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडि जान सकिएमा पार्टी रिभाइभल हुने उनको भनाइ छ । कम्युनिस्ट आन्दोलनमा यस्तो हुने उनले बताए ।

उनले भने, ‘पार्टीको, सत्ताको कुनै पनि कुराको आयु हुन्छ । व्यक्तिमा जस्तै पार्टीमा, सत्तामा पनि कमजोरीहरू हुन्छन् । तर त्यहाँ त्यसलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्छ । माओत्सेतुङको भाषामा भन्ने हो भने चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो, त्यो बेलाको एउटा सार के हो भने पार्टीलाई पनि आवधिक रूपमा र आंशिक रूपमा विघटन गर्न सक्नुपर्छ । विघटन गर्न सकिएन भने पुनर्गठन हुँदैन । यो जीवनको नियम हो ।’

महाधिवेशनमा पार्टी विघटन भएपछि त्यसलाई फेरि नयाँ सिराबाट पुनर्गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । यो प्रक्रिया अपनाउन सकिएन भने महाधिवेशन पनि चण्डी, रुद्री, सत्यनारायणको पूजा लगाएजस्तो मात्रै हुने उनको भनाइ छ । कर्मकाण्डी महाधिवेशन, सम्मेलन, बैठकको कुनै अर्थ नहुने उनले बताए । आलोचनात्मक चेत कुण्ठित भए त्यो अगाडि बढ्न नसक्ने उनको भनाइ छ । उनले हाल पार्टीभित्र भइरहेको अन्तरविरोध राम्ररी बाहिर आउन नसकेको बताए । मजदुर किसानबाट पार्टी टाढा भएको हुँदा पार्टीले भोगिराखेको यातनाका बारेमा पार्टीभित्र विभिन्न धारणा अभिव्यक्त भइरहेको उनको भनाइ छ । उनले यो अन्तरविरोधलाई महाधिवेशनमा लगेर महाविवादको रूपमा चलाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यकारी भूमिकामा निरन्तर रहनुहुँदैन
उनले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिए । खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भूमिकामा रहनु उचित नहुने उनको भनाइ छ । क्रान्तिको नेतृत्व गर्न, अगुवाइ गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उनले बताए । युवा, नयाँ उत्साह भएकाहरूलाई पदाधिकारीमा ल्याउनुपर्नेमा उनले जोड दिए । वैचारिक रूपमा, राजनीतिक रूपमा अगुवाइ गर्ने गरी सङ्गठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने बताए । एउटा व्यक्तिलाई मात्रै फेरेर केही नहुने भन्दै उनले पूरै कार्यदिशा, रणनीति र नेतृत्व फेर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘अब एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ । हामीले अर्को भूमिका निर्वाह गर्नुपर्छ । हामी कार्यकारी भूमिकामा रहनु हुँदैन । ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाइ गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन । जसले इतिहासमा एउटा भूमिका खेलिसकेको छ, त्यो भूमिका खेल्नेहरूले अब पदाधिकारी बनिरहन पर्दैन । पदाधिकारी चाहिँ हामी युवालाई, नयाँ उत्साह भएकाहरूलाई ल्याउन सक्छौँ । हामीले वैचारिक रूपमा, राजनीतिक रूपमा अगुवाइ गर्न सक्छौँ, नेतृत्व दिन सक्छौँ । त्यसको निम्ति अब सङ्गठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक छ ।’

उनले पार्टीको कार्यदिशा, रणनीति, नेतृत्व सबै क्रान्तिकारीकरण हुनुपर्ने बताए । प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्दै उनले हाम्रो जीवन लुकेको छ भने जनताले शङ्का गर्ने बताएका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending