Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

पार्टी विघटन गर्न सकिएन भने पुनर्गठन हुँदैन: राम कार्की ‘पार्थ’

‘क्रान्तिको नेतृत्व गर्न सधैँ कार्यकारी पदमा बस्नुपर्छ भन्ने छैन'

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृत्व मजदुर, किसान र श्रमजीवी जनताले गर्ने बताएका छन् । मजदुर, किसान र श्रमजीवी जनताको मुद्दा बोक्ने विचार नै अबको नवीनतम राजनीति भएको उनले बताए । 

हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवी वर्गले गर्ने दाबी गरे । सबैभन्दा नवीनतम राजनीति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको उनको भनाइ छ । उनले अब समाजको नेतृत्व सामन्त वा पुँजीपतिले गर्न नसक्ने दाबी गरे । नयाँ भनेर अरू क्रिम पाउडर लगाएर आएकाहरूको पनि राजनीतिमा खासै अर्थ नभएको उनको भनाइ छ । यद्यपि किसान, मजदुरको प्रतिनिधि भन्ने दलहरूले आफ्नो औचित्य पुष्टि गर्न नसकेको खण्डमा भने नयाँ शक्तिको उदय हुने सचिव कार्कीले बताए ।

उनले भने, ‘प्रजातन्त्रको वाहक भनेको राजनीतिक दलहरू हुन्, यी दलहरूले आफ्नो औचित्य सावित गर्न सकेनन् । हामी मजदुर किसानको प्रतिनिधि भन्छौँ तर उनीहरूको प्रतिनिधि बनेको औचित्य हामीले सावित गर्न सकेनौँ भने अब त्यो खालको रिक्तता रहँदैन, अर्को आउँछ । यो नियम हो । तर हामीलाई प्रतिस्थापन गर्न हामीभन्दा क्रान्तिकारी विचारधारासहित आउनुपर्छ । हावा कुरा गरेर, लक्ष्य बिनाका कुरा गरेर, रणनीति बेगरका कुरा गरेर, स्टन्ट गरेर आउनेहरूले चाहिँ हामीलाई प्रतिस्थापन गर्न सक्दैनन् । यदि त्यस्तो प्रतिस्थापन कहीँ भयो भने त्यो दुर्भाग्य हुनेछ ।’

उनले माओवादी पार्टीले २०६३/२०६४ पछि पार्टीलाई जुन कार्यदिशामा लैजानुपर्ने हो त्यतातिर लैजान नसकेको बताए । उनका अनुसार पार्टीले मजदुर किसानको राजनीतिक वर्चस्व हुने खालको एउटा नयाँ कार्यदिशा, रणनीति अगाडि सार्नुपर्ने थियो । तर आफूहरू सतही कुरामा नै रुमल्लिएर बसेको उनको भनाइ छ । सोही कारण जनता, मजदुर, किसानलाई माओवादी पार्टी पनि पुरानै संसदीय व्यवस्थावादी पार्टी भएको भन्ने भान परेको उल्लेख गरे ।

उनले भने, ‘हामीले मजदुर किसानको राजनीतिक वर्चस्व हुने खालको एउटा नयाँ कार्यदिशा, नयाँ रणनीति अगाडि सार्नुपर्थ्यो, त्यो सार्नको लागि शास्त्रीय अर्थमा भन्दाखेरि हामीले लेनिन र रोजा, ग्राम्सी र चे ग्वेभारा जस्ता मार्क्सवादमाथि योगदान गर्ने नेताहरूलाई यहाँ ल्याउनुपर्थ्यो । तर हामीकहाँ के बहस भयो भन्दाखेरि विद्रोह गर्ने कि संविधान लेख्ने भन्ने असाध्यै सतही कुरामा हामी अल्मलियौँ । हामीले एउटा नयाँ बाटो दिनुपर्थ्यो । हामीले जुन युद्ध गरेर आएका थियौँ, सेना, जनसेना, जनसत्ता, सर्वहारा अधिनायकत्व भन्ने कुराहरू चाहिँ फेरेपछि अब मजदुर किसानको राजनीतिक वर्चस्व कायम गर्ने खालको अर्को लाइन लिनुपर्थ्यो । त्यो लाइनमा स्वाभाविक रूपमा हामी चुक्यौँ ।’

सबैभन्दा बढी महत्त्व अक्षर, ज्ञानलाई दिनुपर्नेमा माओवादी पार्टी त्यसमा चुकेको उनले बताए । युग अनुकूल, समय अनुकूलको कार्यदिशा विकास गर्न नसकेको उल्लेख गर्दै उनले त्यो कार्यदिशा विकास गर्न कुनै छलफल नै हुन नसकेको बताए । तर आफूले भने निरन्तर यो मुद्दालाई उठाइरहेको उनले बताए ।

नेपाल १९९० देखि नै विश्व पुँजीवादी प्रणालीमा बाँधिएकोले यहाँका उद्योग, कलकारखाना सबै निजीकरण भएको उनको दाबी छ । स्वास्थ्य, शिक्षा जस्तो कुरालाई निजीकरण गरिएर व्यापारको विषय बनाइएको उनले बताए । राजनीतिक पार्टी खासगरी नेकपा एमालेको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको व्यापारमा गएको उनको आरोप छ । समाजवादको बीज अङ्कुरण हुने ठाउँ शिक्षा र स्वास्थ्य नै व्यापारमा गएको उनले बताए । नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिस्ट पार्टीभित्रैबाट ठूलो प्रतिवाद हुने उनको भनाइ छ ।

उनले भने, ‘आज पनि नेपालमा नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिस्ट पार्टीले शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने हाम्रो ठूलो प्रतिवाद त पार्टीभित्रै हुन्छ । जसले शिक्षाको व्यापार गरिरहेका छन्, स्वास्थ्यको व्यापार गरेर लाभांश लिइरहेका छन्, तिनीहरू नै पहिला विरोधमा आउँछन् । त्यो सँगसँगै विश्व पुँजीवाद अगाडि आउँछ । त्यो सजिलो छैन । त्यसले ठूलो तनाव, सङ्घर्ष सिर्जना गर्छ ।’

यहाँको शिक्षा, स्वास्थ्य, कृषि प्रणालीलाई फेर्नमा आफूहरू चुकेको उनले बताए । नेपालको कृषि अहिले उत्पादक र उपभोक्ताको बीचमा दलालतन्त्र बनेको उनको भनाइ छ । त्यो दलालतन्त्रलाई भत्काउन सजिलो नभएको उनले बताए । उनले पार्टी सरकारमा जाँदा पनि किसानको पक्षमा काम गर्न नसकिएको बताए ।

उनले भने, ‘हामीले सरकारमा गएपछि मजदुर किसानको पक्षमा के के बिल ल्यायौँ त रु कतिवटा विधेयक चाहिँ पास गरायौँ त रु नेपालमा वामपन्थीहरू धेरै वर्षदेखि सत्तामा छन् । नेपाली काँग्रेस पनि आफूलाई समाजवादी भन्छ । तर नेपालमा नेपालको शिक्षालाई फेर्ने विधेयक आयो रु नेपालको शिक्षा प्रणाली परिवर्तन भयो त रु नेपालको स्वास्थ्य प्रणाली फेरियो त रु फेरिएको छैन ।’

पार्टी विघटन गर्न सकिएन भने पुनर्गठन हुँदैन
माओवादी सचिव कार्कीले पार्टीलाई विघटन गर्न सक्नुपर्ने बताएका छन् । पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने उनको भनाइ छ । पार्टीलाई आवधिक र आंशिक रूपमा विघटन गर्न सक्नुपर्ने भन्दै उनले विघटन गर्न सकिएन भने पुनर्गठन गर्न नसकिने बताए । पार्टीलाई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उनको जोड छ । कार्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरूको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडि जान सकिएमा पार्टी रिभाइभल हुने उनको भनाइ छ । कम्युनिस्ट आन्दोलनमा यस्तो हुने उनले बताए ।

उनले भने, ‘पार्टीको, सत्ताको कुनै पनि कुराको आयु हुन्छ । व्यक्तिमा जस्तै पार्टीमा, सत्तामा पनि कमजोरीहरू हुन्छन् । तर त्यहाँ त्यसलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्छ । माओत्सेतुङको भाषामा भन्ने हो भने चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो, त्यो बेलाको एउटा सार के हो भने पार्टीलाई पनि आवधिक रूपमा र आंशिक रूपमा विघटन गर्न सक्नुपर्छ । विघटन गर्न सकिएन भने पुनर्गठन हुँदैन । यो जीवनको नियम हो ।’

महाधिवेशनमा पार्टी विघटन भएपछि त्यसलाई फेरि नयाँ सिराबाट पुनर्गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । यो प्रक्रिया अपनाउन सकिएन भने महाधिवेशन पनि चण्डी, रुद्री, सत्यनारायणको पूजा लगाएजस्तो मात्रै हुने उनको भनाइ छ । कर्मकाण्डी महाधिवेशन, सम्मेलन, बैठकको कुनै अर्थ नहुने उनले बताए । आलोचनात्मक चेत कुण्ठित भए त्यो अगाडि बढ्न नसक्ने उनको भनाइ छ । उनले हाल पार्टीभित्र भइरहेको अन्तरविरोध राम्ररी बाहिर आउन नसकेको बताए । मजदुर किसानबाट पार्टी टाढा भएको हुँदा पार्टीले भोगिराखेको यातनाका बारेमा पार्टीभित्र विभिन्न धारणा अभिव्यक्त भइरहेको उनको भनाइ छ । उनले यो अन्तरविरोधलाई महाधिवेशनमा लगेर महाविवादको रूपमा चलाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यकारी भूमिकामा निरन्तर रहनुहुँदैन
उनले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिए । खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भूमिकामा रहनु उचित नहुने उनको भनाइ छ । क्रान्तिको नेतृत्व गर्न, अगुवाइ गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उनले बताए । युवा, नयाँ उत्साह भएकाहरूलाई पदाधिकारीमा ल्याउनुपर्नेमा उनले जोड दिए । वैचारिक रूपमा, राजनीतिक रूपमा अगुवाइ गर्ने गरी सङ्गठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने बताए । एउटा व्यक्तिलाई मात्रै फेरेर केही नहुने भन्दै उनले पूरै कार्यदिशा, रणनीति र नेतृत्व फेर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘अब एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ । हामीले अर्को भूमिका निर्वाह गर्नुपर्छ । हामी कार्यकारी भूमिकामा रहनु हुँदैन । ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाइ गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन । जसले इतिहासमा एउटा भूमिका खेलिसकेको छ, त्यो भूमिका खेल्नेहरूले अब पदाधिकारी बनिरहन पर्दैन । पदाधिकारी चाहिँ हामी युवालाई, नयाँ उत्साह भएकाहरूलाई ल्याउन सक्छौँ । हामीले वैचारिक रूपमा, राजनीतिक रूपमा अगुवाइ गर्न सक्छौँ, नेतृत्व दिन सक्छौँ । त्यसको निम्ति अब सङ्गठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक छ ।’

उनले पार्टीको कार्यदिशा, रणनीति, नेतृत्व सबै क्रान्तिकारीकरण हुनुपर्ने बताए । प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्दै उनले हाम्रो जीवन लुकेको छ भने जनताले शङ्का गर्ने बताएका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending