Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

बालबालिकाले नागरिकता नपाएको तर्क दिएर बहुविवाहलाई कानुनी मान्यता दिने कोसिस भइरहेको छः सांसद शाह

खबरडबली संवाददाता

काठमाडौं । एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले राज्य प्रतिगमनको बाटोमा लागेको भन्दै महिला अधिकार खोस्ने षड्यन्त्र भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।  राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले नागरिकताको बहानामा बहुविवाहलाई वैधता दिने र विवाहको उमेर घटाउने जस्ता प्रयासले पितृसत्तात्मक सोचलाई बलियो बनाइरहेको बताएकी हुन् ।

सांसद शाहले लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिका लागि गरिएका त्याग, तपस्या र बलिदानको स्मरण गर्दै हाल राज्यको दिशा देखेर दुःख लागेको बताइन् ।  उनले भनिन्, ‘लोकतन्त्र ल्यायौँ। गणतन्त्र ल्यायौँ। संविधान लेख्यौँ। संविधानमा समानताको हक, महिलाको हकलाई मौलिक हकको रुपमा राख्यौँ तर राज्य प्रगतिको पथमा भन्दा पछाडि फर्किरहेको देख्दा धेरै दुःख लाग्छ। के हामीले त्यो त्याग, तपस्या, बलिदान र दुःख यसैका लागि गरेका थियौँ ?’

पितृसत्तात्मक चिन्तन पुनः बलियो भएर फर्किरहेकोमा चिन्ता व्यक्त गर्दै उनले बालबालिकाले नागरिकता नपाएको तर्क दिएर बहुविवाहलाई कानुनी मान्यता दिने कोसिस भइरहेको बताइन्।

उनले प्रश्न गरिन्, ‘आजको दिनमा महिलालाई अधिकार बढी भयो भन्ने पितृसत्तात्मक चिन्तन पुनः बलियो भएर फर्किरहेको देख्छु। अब एउटा पुरुषले पाँच जना महिलासँग सम्बन्ध राखेर बच्चा जन्माउने अनि त्यसलाई नागरिकता दिने नाममा के पाँचै जनासँग उसले विवाह गर्न पाउने ? हाम्रो राज्य यतातिर फर्कने ?’

त्यसैगरी, विवाह गर्ने उमेर घटाउने गरी कानुन बनाउन खोजिएको भन्दै उनले त्यसको पनि कडा आलोचना गरिन्। ‘आजकालका बच्चाको खानपान राम्रो भयो, हर्लक्क बढेका छन् भन्दै विवाहको उमेर घटाउन खोजिँदैछ। के शारीरिक पुष्टता मात्रै विवाहको उमेरको मापक हो?’, शाहले प्रश्न गरिन्।

देशमा महिला हिंसाका घटना बढिरहेको सन्दर्भमा सांसद शाहले हालै दैलेखमा भएको एक अमानवीय घटनाको भर्त्सना गरिन्।

‘दैलेखमा विपन्न दलित परिवारकी १३ वर्षीया बालिकालाई लखेटी–लखेटी ढुंगाले हानेर घाइते बनाई सामूहिक बलात्कार गर्ने निच कुकृत्य भएको छ,’ उनले भनिन्, ‘म यो घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्न चाहन्छु।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending