सप्तरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सो घटनामा घाइते भएकामध्ये १० जना सप्तरीकै छन् ।
काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे. १ ख. १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. २–०१–००१ ज. ००४७ नम्बरको विंगर सोमबार बिहान सो ठाउँमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएकामध्ये एक जना सप्तरीको महादेवा गाउँपालिका(६ का ३५ वर्षीय शङ्कर मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदाको पनि मृत्यु भएको छ । एक जना अन्दाजी ४० वर्षीया महिला र एक पुरुषको सनाखत हुन सकेको छैन
घाइतेमध्ये १० जना सप्तरीकै छन् । घाइतेहरूमा सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने रवीन्द्रप्रसाद मण्डल, रविन्द्र मेहता, तिरहुत गाउँपालिका ३ गोइठीका ६८ वर्षीय जिवछ महात्मान छन् ।
यस्तै, राजविराज नगरपालिका-६ बस्ने १० वर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ वर्षीय प्रमोद रजक, राजविराज-२ बस्ने २४ वर्षीय भोला यादव, ३५ वर्षीय प्रदीप यादव घाइते छन् ।
त्यस्तै विंगरका सह चालक राजविराज ४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका-३ बस्ने ३० वर्षीया अमृता राय र तिलाठी कोइलाडी गाउँपालिका-५ बस्ने २२ वर्षीय रवि राय पनि घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: