Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

विविधता प्रोमोसन हुनेगरी काम गर्नुपर्छ : मन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली विविधताको प्रोमोशन (बढावा) हुनेगरी काम गर्न आदिवासी समुदायलाई आग्रह गरेको छन् । 

३१ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगले शनिबार यहाँ आयोजना गरेको ‘आदिवासी जनजाति कृत्रिम बौद्धिकता : अधिकारको रक्षा र भविष्यको निर्माण’ कार्यक्रममा उहाँले सो कुरा बताएको हो । 

मन्त्री गुरुङले भने, “संविधानले आदिवासीको संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको परिकल्पना गरेको छ, आदिवासी आयोगसहितका सङ्घ संस्थाले त्यसमा पनि ध्यान दिनुपर्छ । सरकारलाई त्यसमा झकझक्याइ राख्नुपर्छ ।”

आदिवासीको परम्परागत ज्ञान र रैथाने संस्कृतिको संरक्षणको खाँचो छ, आदिवासी आयोगसहितका आदिवासी जनजाति सम्बद्ध संघ संस्थाले यसमा ध्यान दिनुपर्छ उले भने, “आदिवासीको अधिकार सम्बोधन गराउन आदिवासी सांसदहरूले पनि ध्यान दिनुपर्छ । सामाजिक, आर्थिक विकास र देश निर्माणमा आदिवासीको महत्त्वपूर्ण योगदान छ ।”

अहिले प्रविधिको विकास भएको र कृत्रिम बौद्धिकता ९एआई० ले धेरै कामहरू सहज बनाएको चर्चा गर्दै उनले एआईको प्रयोग ठिक ढङ्गले गर्न आवश्यक रहेको बताए। समतामूलक समाज निर्माणका लागि समानुपातिक समावेशी सिद्धान्तमा देशको विकास हुन आवश्यक रहेको उनले बताए। 

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले अहिलेको राजनीतिक, सामाजिक व्यवस्था परिवर्तनमा आदिवासीको योगदान महत्त्वपूर्ण रहेकाले राज्यको संरचनामा आदिवासीको समानुपातिक प्रतिनिधित्वको खाँचो रहेको बताए। मुलुकमा रहेको १२४ भाषामध्ये ९३ भाषा आदिवासीको रहेको बताउँदै उनले भाषा जोगाउन राज्यको लगानी आवश्यक रहेको बताए। 

आदिवासी जनजाति आयोगले सिफारिस गरेको विषयलाई सरकारले १० प्रतिशत पनि सम्बोधन नगरेकाले उनले सरकारको ध्यानाकर्षण गराए। राजनीतिक परिवर्तनले मुलुकमा सङ्घीय व्यवस्था, समावेशीता र धर्मनिरपेक्षता उपलब्धीको रूपमा आएको बताए। 

कार्यक्रममा आयोगका सदस्य रीना रानाले समेत धारणा राखे। एआई विज्ञ दोभान राई, नवराज गुरुङले एआई र आदिवासीको अधिकार र भविष्य निर्माणका विषयमा प्रस्तुति गरेको थिए । सो अवसरमा आदिवासी सङ्घ संस्थाका नेतृत्व तथा विभिन्न आयोगका अध्यक्षसहित सदस्यहरूको सहभागिता थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending