Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

बजेट नल्याएका स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयको टोली

खबरडबली संवाददाता

रौतहट। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले बिहीबार रौतहटको फतुवा विजयपुर नगरपालिकामा बजेट ल्याउने विषयमा छलफल गरेको छ ।

मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली नेतृत्वको टोलीले साउन मसान्तसम्म सभामा बजेट पेश गरी पारित गराउन सहजीकरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले बताए।

छलफलकै क्रममा साउन ३० गते सभा गर्ने बोर्ड बैठकले निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए।

मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली पालिकामा परिचालन गरेपछि मन्त्रालय र स्थानीय सरकारको समन्वय अझ राम्रो भएको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले बताए।

सहसचिव पराजुली नेतृत्वको टोलीले फतुवा विजयपुर नगरपालिकासँगै, देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकामा समेत छलफल गरेको छ ।

देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दासले मन्त्रालयको टोलिसँग बृहत् रुपमा छलफल भएको बताए। कार्यपालिका, नगर सभाका उपलब्ध सदस्य, स्थानीय प्रशासन, नगरपालिकाका कर्मचारी तथा स्थानीय सरोकारवाला समेतको सहभागितामा चाडोभन्दा चाडो सभा गर्ने बारे छलफल भएको प्रमुख प्रशासकीय अधिकृत दाशाले बताए।

छलफलमै शुक्रबार कार्यपालिका बैठक राख्ने र सहमति भए सभाको मिति तय गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत दासले जानकारी दिए।

सहसचिव पराजुलीको टोलीमा मन्त्रालयका उपसचिवद्वय माधव प्रसाद ढकाल र तुलसी भट्टराईसँगै शाखा अधिकृत पवन गुप्ता रहेको थिए ।

मन्त्रालयको रेकर्ड त्रुटिपूर्ण हुँदा टोली मौलापुर नगरपालिकामा पुगेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बाबुप्रसाद साहले असार १० गते नै सभा सम्पन्न गराएको जानकारी टोलीलाई गराए।

मन्त्रालयको वेबसाइट समेतले मौलापुर नगरपालिका असार १० गते बजेट ल्याई असार २० गते पारित गरेको देखाउँछ ।

त्यस्तै मन्त्रालयका सहसचिव प्रकाश दाहाल नेतृत्वको टोली रौतहटको यमुनामाई गाउँपालिका र माधवानारायण नगरपालिकामा छलफलका लागि पुगेको थियो ।

यमुनामाइ गाउँपालिकामा गाउँपालिका अध्यक्ष जिल्लाबाहिर रहेकाले खासै छलफल हुन् नसकेको उपाध्यक्ष अनुराधा कुमारीले बताए।

माधवनारायण नगरपालिकाले असार ६ गते नै बजेट ल्याइसकेको मन्त्रालयको बेवसाइट समेतमा प्रविष्ट रहेको तर मन्त्रालयले लिस्टमा नाम राखेकोले नगरपालिकामा पुगेको शाखा अधिकृत प्रजना ढकालले जानकारी दिए।

उक्त टोलीमा सह सचिव दाहाल, शाखा अधिकृत ढकालसँगै उपसचिवद्वय भोजराज घिमिरे र रेशम राज कंडेल थिए।

हालसम्म सभा हुन् नसकेको रौतहटको दुर्गा भगवती गाउँपालिकाको नाम मन्त्रालयले तयार पारेको लिस्टमा नरहेकोले मन्त्रालयको टोली दुर्गा भगवतीमा नगएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका समन्वय अधिकृत मनोज साहले बताए।

देशको मुख्य मन्त्रालयको रुपमा रहेको सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काम कारबाही नै जिल्ला भ्रमणको नाममा भत्ता पकाउनु रहनु दु:खद रहेको दुर्गा भगवती गाउँपालिकाका स्थानीय बासिन्दाको गुनासो छ ।

वेवसाइटमा सभा नभएको विवरण रहेको साथै गाउँपालिका महासघको रेकर्डमा समेत हुँदाहुँदै सहजीकरणका लागि न आउनु नियतमै खोट रहेको आरोप दुर्गा भगवती गाउँपालिका –२ का वडा अध्यक्ष प्रत्याशी जितेन्द्रकुमार दासले लगाए।

मन्त्रालयको बेवसाइटमा रौतहटको कटहिया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका र यमुनामाइ गाउँपालिकाले बजेट पेश नगरेको रेकर्ड छ भने गौर नगरपालिका, गरुडा नगरपालिका, माधवनारायण नगरपालिका र वृन्दावन नगरपालिकाले सभाबाट बजेट पारित नगरेको रेकर्ड छ ।  

टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि रहने व्यवस्था गरे पनि गाउँपालिका महासङ्घको प्रतिनिधिबाहेक अन्य निकायको प्रतिनिधत्व रहेको पाइएन ।

नेपाल नगरपालिका सङ्घ मधेश प्रदेशका संयोजक प्रदिप कुमार यादवका अनुसार यस सम्बन्धमा मन्त्रालयले कुनै जानकारी नगराएको बताए।

तीन वटै निकायलाई आधिकारिक पत्र पठाइएको मन्त्रालयका प्रवक्ता तथा एउटा टोलीका प्रमुख कालीप्रसाद पराजुलीको भनाइ छ ।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम निर्धारित समयमा पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवको नेतृत्वमा तीन वटा विशेष टोली परिचालन गरेको  हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपियाँ फिर्ता

काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बेहोस भएका दर्जीको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...

पाकिस्तानको निर्यात वृद्धि

पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending