Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

०८४ मा एकल बहुमत ल्याउने माओवादी प्रवक्त सापकोटाको दावी

खबरडबली संवाददाता

काटमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् । पार्टीको हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ ऊर्जा दिएको बताए । हाल माओवादी पार्टीका जनवर्गीय संगठन, विभिन्न मुक्तिमोर्चाहरू असाधारण तरिकाले पार्टी निर्माणमा लागेकाले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनको दाबी छ ।

पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए। माओवादी पार्टी केही समय रुमल्लिएजस्तो, अल्मलिएजस्तो देखिए पनि अब यसले गति लिएको उनको भनाइ छ । उनले कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा माओवादीको ‘छुट्टै अस्तित्व नभएको हो कि’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएको र पार्टीमा बीचमा केही कमजोरी भएको स्वीकार गरे। पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण पार्टी शहीद परिवारप्रति उदासीन भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, र जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो । अलिकति धुमिल भयो, त्यही वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएकै कारणले गर्दाखेरि हाम्रो शहीद परिवारप्रति अलि उदासीनता, शहीद परिवारप्रति जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको थियो ।’

वर्गीय सम्बन्ध जुन स्तरमा गाढा, घनिष्ठ हुनुपर्ने थियो, त्यो नहुँदा पार्टीप्रति शहीद, बेपत्ता परिवारका गुनासाहरू, चित्त दुखाइहरू पनि देखिएको उनले स्वीकार गरे । उनका अनुसार त्यसले माओवादी पार्टीलाई केही कमजोर बनाएको छ । पार्टीले २०८४ सालमा एकल बहुमत हासिल गर्नका लागि समाजवादी क्रान्तिको रूपरेखा र मागचित्र स्पष्ट पारेको उनले बताए । २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको रूपरेखा, मागचित्रलाई प्रस्ट पारेको उनको भनाइ छ । रूपान्तरण र शुद्धीकरणका लागि पार्टीले विगतमा भएका कमीकमजोरीको आत्मसमीक्षा गरेर अगाडि बढेको उनले बताए । दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समयअघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उनले जानकारी दिए । उक्त अभियानमा आफूहरू जनताको भित्री तहसम्म पुगेर उनीहरूको समस्याका बारेमा अध्ययन गर्ने मौका पाएको बताए। महेन्द्रनगरबाट पोखरासम्मको मध्यपहाडी लोकमार्ग अभियानले पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उनको दाबी छ ।

उनले भने, ‘दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्नुपर्छ भन्ने एउटा संकल्पका साथ हामीले पहिला हुलाकीमार्ग केन्द्रित अभियान चलायौँ। त्यो अभियानमा हामी जनताको भित्री तहसम्म गयौँ । शहीद परिवार, बेपत्ता परिवार, मधेसका जनताका समस्याका बारेमा अध्ययन गर्न पायौँ। अहिले मधेसको सबैभन्दा ठूलो समस्या भनेको त्यहाँ सामाजिक विभेद छ । त्यहाँबाट हामीले धेरै कुरा अध्ययन पनि गर्‍यौँ । जनतालाई सिकायौँ पनि, जनताबाट सिक्यौँ पनि । त्यसपछि हामीले मध्यपहाडीको अभियान पोखरामा आएर स्थगित गरेका छौँ । त्यसलाई फेरि गर्ने निर्णय भएको छ । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्गमा हामीले जनसम्बन्धलाई सुदृढीकरण गर्‍यौँ ।’

उनले स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघ, र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनको नतिजा प्रस्तुत गर्दै पार्टीले एकल बहुमत ल्याउने बताए । कांग्रेस, एमाले जस्ता ठूला दल मिल्दा पनि स्ववियु, पत्रकार महासंघ र अन्य संघसंस्थाको निर्वाचनमा पार्टीले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाइ छ ।

उनले भने, ‘स्थानीय तहको चुनावमा हामी दोस्रो भयौँ। पूर्वमा हाम्रो पार्टी पहिलो नै भयो । नयाँ युवा पुस्तामा चाहिँ अलिकति भ्रम, कन्फ्युजन जस्तो भएको थियो नि, त्यो चाहिँ साफ भएर स्ववियुमा चाहिँ दुई थरी कांग्रेस र एमाले मिलेर लड्दा पनि कतिपय ठाउँमा हाम्रो विद्यार्थी संगठनले विजयी हासिल गरेको छ । उदाहरणकै लागि भन्नुपर्दा पूर्वाञ्चलको विराटनगरमा रहेको डिग्री क्याम्पसमा हाम्रो पार्टीले ३० वर्षयता पहिलो पटक जित्यो । नेपाल पत्रकार महासंघमा कांग्रेस(एमाले दुवैथरी मिल्दा पनि केन्द्रमा चाहिँ कोषाध्यक्षलगायत विभिन्न प्रदेशमा हामीले धेरै राम्रो सफलता हासिल गरेका छौँ । अन्य संघसंस्थाहरूमा पनि हाम्रो पार्टीले एक्लै लडेर पनि निकै राम्रो सफलता हासिल गरेको छ । अर्को कुरा चाहिँ हामीले फेरि जनताको मुद्दालाई पक्रन थालेका छौँ ।’

माओवादी पार्टीले जनताको मुद्दालाई फेरि पक्रन थालेकाले पनि जनताले अग्रगमनलाई रोज्ने हुँदा माओवादीलाई नै रोज्ने उनको दाबी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले सचिव अर्याल

काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि कुरा गर्दै प...

साढे ५ करोड ठगी प्रकरणमा दुई प्रतिवादी पक्राउ

काठमाडौं । पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल न...

युवा सांसद भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा

काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेनजी बिद्रोहको भावनालाई सदनको रोष्टमब...

पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

काडमाडौं। आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खाैली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन्। उनले सपथ लि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending