Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

रामग्राममा २५० विपन्न विद्यार्थीलाई नि:शुल्क पठनपाठन

खबरडबली संवाददाता

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको  रामग्राम नगरपालिकाले नगरभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी मेयर छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नगरका २३ वटा निजी विद्यालयमा २५० जना विद्यार्थीले कक्षा ४ देखि ११ सम्म नि:शुल्क पढ्न पाउने छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नगरपालिकाबिच भएको सम्झौतापछि चालु शैक्षिक सत्रबाट यो कार्यक्रम लागू भएको नगर प्रमुख धनपत यादवले बताए । यो पहलले निजी विद्यालयहरूलाई उनीहरूको सामाजिक उत्तरदायित्व बहन गर्न प्रोत्साहित गरेको उनले उल्लेख गरे।

छात्रवृत्तिका लागि कूल ७५० जनाले आवेदन दिएका थिए । नगरपालिकाले तोकेको मापदण्डका आधारमा परीक्षा लिई गरिब, विपन्न, जेहेन्दार, सीमान्तकृत समुदायका र सहिद परिवारका बालबालिकाहरूलाई छनोट गरिएको थियो । एक कार्यक्रममा छनोट भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र शैक्षिक सामग्री वितरण गरिएको छ ।

नगर प्रमुख यादवले सामुदायिक विद्यालयलाई कमजोर बनाउने हल्ला निराधार भएको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले यस कार्यक्रमले गरिब परिवारका बालबालिका पनि निजी विद्यालयमा पढ्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताए।

प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरको शैक्षिक सुधार अभियानमा निजी विद्यालयको तर्फबाट यो सहयोग गरिएको जानकारी दिए। यसैगरी, प्याब्सनका केन्द्रीय सल्लाहकार सुमनगोपाल आचार्यले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा थप ध्यान दिनुपर्नेमा जोड दिए।

नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालका अनुसार छनोट प्रक्रिया पारदर्शी र मापदण्डमा आधारित थियो, जसले गर्दा सही विद्यार्थीले अवसर पाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending