Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ओलीका विचार, सोच र धारणाहरू ‘दरबारनिकट’ शक्तिहरूसँग मिल्दोजुल्दो छः महासचिव देव गुरुङ

ओलीका कारण मुलुकको शान्ति प्रक्रियाका बाँकी कामहरू अवरुद्ध भए

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुकको शान्ति प्रक्रियाका बाँकी कामहरू अवरुद्ध भएको गम्भीर बताएका छन् ।

एमाले अध्यक्ष ओली शान्ति प्रक्रियाका सन्दर्भमा कहिल्यै पनि सकारात्मक नरहेको र ओलीका विचार, सोच र धारणाहरू ‘दरबारनिकट’ शक्तिहरूसँग मिल्दोजुल्दो रहेको टिप्पणी गर्दै तत्कालीन समयमा दरबारिया शक्तिहरू शान्ति प्रक्रियाको विपक्षमा रहेको र ओलीको सोच पनि उनीहरूसँगै निकट रहेको बताए ।

गुरुङले भने, ‘उनका विचारमा तत्कालीन शान्ति प्रक्रियाका बेला पनि सायद उनको फरक मत रहेछ भन्ने देखिन्छ । त्यसले गर्दा उनका सोचहरू पनि कता कता दरबारनिकटकै नीति र विचारसँग सामिप्य थियो भन्ने लाग्छ । त्यसैले उनको नेतृत्व आएपछि यो प्रक्रिया अवरुद्ध भएको हो ।’ पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग  सम्बन्धी कानुन बनाएर प्रक्रिया अगाडि बढाउने तयारी भए पनि सरकारको नेतृत्व ओलीले नै गरिरहेकाले शान्ति प्रक्रियाले गति लिनेमा गुरुङले आशङ्का व्यक्त गरे । उनले ओली नेतृत्वको सरकार शान्ति प्रक्रियाप्रति दृढतापूर्वक उभिएमा मात्र बाँकी कार्यभार हल हुने, अन्यथा यसलाई केवल राजनीतिक स्वार्थ सिद्ध गर्ने अस्त्रका रूपमा प्रयोग गरिएमा समस्या ज्यूँका त्यूँ रहने खतरा औँल्याए । गुरुङका अनुसार शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू हाल ‘दोबाटो’मा छन्, जसको भविष्य सरकारको नियत र दलहरूको इमानदारीमा निर्भर गर्छ ।

गुरुङले विस्तृत शान्ति सम्झौता केवल माओवादीको मात्र नभएर जनयुद्ध र जनआन्दोलनमा सामेल सबै राजनीतिक शक्तिहरूबीचको साझा सम्झौता भएको स्मरण गराउँदै सम्झौतामा हस्ताक्षर हुँदा तत्कालीन सरकारको तर्फबाट नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट अध्यक्ष दाहालले नेतृत्व गरेका थिए । गुरुङले कोइरालाको निधनपछि कांग्रेस नेतृत्वले त्यो भावनालाई कति आत्मसात् गर्‍यो भन्ने विषय समीक्षाको विषय भए पनि माओवादी अध्यक्ष दाहाल निरन्तर नेतृत्वमा रहेकाले आफ्नो पार्टी सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको दाबी गरे ।

उनले शान्ति प्रक्रियामा तत्कालीन एमालेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले सकारात्मक भूमिका खेलेको तर पार्टी नेतृत्व केपी शर्मा ओलीमा सरेपछि प्रक्रिया अवरुद्ध भएको आरोप दोहोऱ्याए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुऱ्याउन सबै दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ । उनले भने–‘यो कुनै एक पक्षको मात्र नभई मुलुकको ऐतिहासिक परिवर्तनसँग जोडिएको साझा दायित्व हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: