काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले विगत ४ वर्षदेखि पार्टी बैठकको ‘माइन्युट’मा हस्ताक्षर नै नगरेको खुलेको छ । पार्टी नेतृत्व हस्तान्तरणको अडानमा रहेका उनले बैठकमा उपस्थित भएर पनि निर्णयमा भने हस्ताक्षर गरेका छैनन् ।
२०७८ पुसमा भएको पार्टीको आठौं महाधिवेशनबाट शर्मा महासचिवको दाबेदार थिए । तर, उनलाई बन्न नदिई देव गुरुङलाई महासचिव बनाइयो । शर्मालाई उपमहासचिवमा राखेपछि उनी त्यहीबेलादेखि नेतृत्वप्रति असन्तुष्ट रहेको माओवादी नेताहरू बताउँछन् ।
प्रचण्ड त्यतिबेला महासचिवमा बर्षमान पुनलाई ल्याउन खोजेका थिए । तर, पुन बिरामी भई चीनमा उपचार गराइरहेका थिए । शर्मालाई रोक्न महाधिवेशनबाट महासचिव चयन नगरी महाधिवेशन लम्ब्याउने काम त्यतिबेलै भएको थियो ।
महाधिवेशन हलबाटै महासचिव निर्वाचित हुन खोजेका शर्मा त्यसयता पार्टीको मूल नेतृत्व नै बन्नुपर्ने रणनीतिअनुसार लागेका छन् । पछिल्लो समय मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली धन्दा’मा लागेको भन्दै उनले गम्भीर आरोप अन्य कम्युनिस्ट प्रधानमन्त्रीहरूमाथि लगाए ।
जुन भिडियो भाइरल भएको थियो । माओवादी केन्द्रको करिब चार दशकदेखि अध्यक्ष रहेका प्रचण्ड प्रधानमन्त्री भए । उनको मन्त्रिपरिषद्मा शर्मा पनि मन्त्री भए । र, उनले यस्तो अभिव्यक्ति दिँदै आफ्नै पार्टी अध्यक्षलाई समेत असुली धन्दामा लागेको गम्भीर आरोप लगाउँदै चुनौती दिए ।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले उपमहासचिव शर्माले माइन्युटमा हस्ताक्षर नगरेको विषय साँचो भएको बताए ।
‘उहाँ माइन्युटमा हस्ताक्षर नगरेको विषय साँचो हो, यसमा नेतृत्वलाई पनि ठीक लागेको छैन,’ सचिव शर्माले भने, ‘यो पनि अनुशासनकै विषय हो, यो विषयसमेत बैठकमा उठेको छ, अब गर्नुहुन्छ कि हेरौं ।’ यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: