Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

पार्टी बैठकको ‘माइन्युट’मा ४ वर्षदेखि जनार्दनले गरेका छैनन् हस्ताक्षर

खबरडबली संवाददाता

काठमाडौं ।  माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले विगत ४ वर्षदेखि पार्टी बैठकको ‘माइन्युट’मा हस्ताक्षर नै नगरेको खुलेको छ । पार्टी नेतृत्व हस्तान्तरणको अडानमा रहेका उनले बैठकमा उपस्थित भएर पनि निर्णयमा भने हस्ताक्षर गरेका छैनन् ।

२०७८ पुसमा भएको पार्टीको आठौं महाधिवेशनबाट शर्मा महासचिवको दाबेदार थिए । तर, उनलाई बन्न नदिई देव गुरुङलाई महासचिव बनाइयो । शर्मालाई उपमहासचिवमा राखेपछि उनी त्यहीबेलादेखि नेतृत्वप्रति असन्तुष्ट रहेको माओवादी नेताहरू बताउँछन् । 

प्रचण्ड त्यतिबेला महासचिवमा बर्षमान पुनलाई ल्याउन खोजेका थिए । तर, पुन बिरामी भई चीनमा उपचार गराइरहेका थिए । शर्मालाई रोक्न महाधिवेशनबाट महासचिव चयन नगरी महाधिवेशन लम्ब्याउने काम त्यतिबेलै भएको थियो ।

महाधिवेशन हलबाटै महासचिव निर्वाचित हुन खोजेका शर्मा त्यसयता पार्टीको मूल नेतृत्व नै बन्नुपर्ने रणनीतिअनुसार लागेका छन् । पछिल्लो समय मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली धन्दा’मा लागेको भन्दै उनले गम्भीर आरोप अन्य कम्युनिस्ट प्रधानमन्त्रीहरूमाथि लगाए । 

जुन भिडियो भाइरल भएको थियो । माओवादी केन्द्रको करिब चार दशकदेखि अध्यक्ष रहेका प्रचण्ड प्रधानमन्त्री भए । उनको मन्त्रिपरिषद्मा शर्मा पनि मन्त्री भए । र, उनले यस्तो अभिव्यक्ति दिँदै आफ्नै पार्टी अध्यक्षलाई समेत असुली धन्दामा लागेको गम्भीर आरोप लगाउँदै चुनौती दिए ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले उपमहासचिव शर्माले माइन्युटमा हस्ताक्षर नगरेको विषय साँचो भएको बताए ।

‘उहाँ माइन्युटमा हस्ताक्षर नगरेको विषय साँचो हो, यसमा नेतृत्वलाई पनि ठीक लागेको छैन,’ सचिव शर्माले भने, ‘यो पनि अनुशासनकै विषय हो, यो विषयसमेत बैठकमा उठेको छ, अब गर्नुहुन्छ कि हेरौं ।’ यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending