काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार मानिसको हत्याराको आरोप लगाएर माओवादीलाई बद्नाम गराउने कसरत अझै पनि जारी रहेको बताएका छन् । उनले पार्टीभित्र विभाजन ल्याउन अनेक षड्यन्त्र भइरहेको उल्लेख गर्दै नेपालमा फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने चेतावनीसमेत दिएका हुन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले द्वन्द्वकालीन सहिदका सपना पूरा गर्न र उनीहरूका परिवारको उचित सम्मान गर्न पार्टीबाट कमजोरी भएको स्वीकार गरे । उनले भने, ‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ ।’
विगतको समीक्षा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले महान् सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटि गर्यौँ । हाम्रा सहिद परिवारका दुःख, पीडा, मर्का जति नजिकबाट हेर्नुपर्ने थियो, त्यसमा र हाम्रा वर्ग(समुदाय, जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्यौँ भन्ने समीक्षा गरिएको छ ।’
यही निष्कर्षका आधारमा पार्टी अब पुनः आफ्नै वर्ग, सहिद तथा बेपत्ता परिवारसँग जोडिने संकल्पका साथ अघि बढेको उनको भनाइ थियो । ‘त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एकपटक हाम्रो वर्गतिर नै जोडिने, सहिद-बेपत्ता परिवारहरूसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ,’ उनले भने ।
अध्यक्ष प्रचण्डलले प्रतिक्रियावादी शक्तिहरूले पार्टीलाई कमजोर पार्न षड्यन्त्र गरिरहेको बताउँदै सहिदका सपनालाई सम्झिँदै अघि बढ्ने जमर्को गरेको बताए । उनले नेपालको राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्दै भने, ‘फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान् सहिदहरूका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ । फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: