काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन्। अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै घिसिङले आफुले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताए। कार्यक्रममा बोल्दै उनले भने,‘वास्तवमा देश बनाउन तपाइँहरुको ठूलो भूमिका रहेको छ। देशको सम्वृद्धिको लागि, देशमा सुशान कायम गर्न र देशको समग्र विकासको लागि तपाइँहरुबाट ठुलो आशा गरेको छु। आफ्नो आफ्नो क्षेत्रमा रहेर विभिन्न भूमिका तपाइँ सबैले निभाउनुपर्छ यो एक्सनमा तपाइँहरु पनि आउनुपर्छ भन्ने मेरो अनुरोध हो।’
उनले अगाडि भने, ‘उज्यालो नेपाल त बन्यो अब उज्यालो नेपाल अभियान लिएर म आएको छु। केही दिन अघि बहराइनबाट उज्यालो नेपाल अभियान घोषणा गरेर आएको छु। कुनै नेता वा नेतृत्व जन्मिनु भन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्वपूर्ण विषय हो।’
उज्यालो नेपाल अभियान समृद्धिको अभियान, सामाजिक न्यायको अभियान, रोजगारीको अभियान र देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने अभियान भएको बताउँदै घिसिङले देशभित्र र बाहिर भएका श्रमशक्तिलाई एकिकृत गरि परिवर्तनतर्फ अगाडि बढाउने एउटा अभियान भएको बताए।
कुलमान घिसिङले ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उनले नेपालमा राजजीतिक परिवर्तन धेरै भएपनि आर्थिक रुपान्तरण हुन नसकेको बताए।
साथै, नेपालमा विकास गर्न सक्ने नेतृत्व जन्मिन नसकेको बताउँदै उनले जनतालाई डेलिभरि दिनसक्ने खालको नेतृत्व चाहिएको बिचार व्यक्त गरे। त्यसका लागि एउटा राम्रो टिम बन्नुपर्ने र त्यसले नेपाललाई परिर्वतनतर्फ लैजाने उनको भनाइ छ।
घिसिङ उज्यालो अभियानको सिलसिलामा यतिखेर अमेरिकाको विभिन्न स्थानहरुको भ्रमणमा छन्। उनले पछिल्लो कार्यक्रम टेक्सासकै अस्टिनमा गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: