Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादीलाई विभाजन गर्न प्रतिक्रियावादीहरुले अनेक षड्यन्त्र र लगानी गरेका छन्ः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्न प्रतिक्रियावादीहरूले अनेकौँ षड्यन्त्र गरिरहेको बताएका छन् । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

सो क्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीसँग अन्तिम लडाईं लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक भएको जिकिर गरे । ‘प्रतिक्रियावादी अपराधीहरूले हाम्रो पार्टीलाई विभाजन गर्न अनेक षड्यन्त्र गर्ने, जालझेल गर्ने, लगानी गर्ने तमाम काम गर्दै आएका छन् । जतिबेला हामी शान्ति सम्झौतामा आयौँ, त्यतिबेलादेखि नै षड्यन्त्र, छलछाम जारी नै छ’, उनले भने, ‘सबै क्रान्तिकारी कम्युनिस्टहरूबिच एकता गर्ने प्रयास गरेका छौँ । तर प्रतिक्रियावादीले ज्यान छोडेर लागेका छन् भन्ने कुरा पनि हामी सबैले बुझ्नुपर्ने हुन्छ । अन्तिम यो मुठभेडमा प्रतिक्रियावादीले जित्ने हो कि क्रान्तिकारी अग्रगामीले जित्ने फैसला अहिले नै भइहालेको छैन । वामपन्थी क्रान्तिकारीलाई एकताबद्ध पारेर प्रतिक्रियावादीलाई प्रतिवाद गर्ने हामीले कोसिस गरेका छौँ ।’ 

प्रतिक्रियावादी जाली फटाहाहरूले सहिदलाई अपमानित गर्ने, अवमूल्यन गर्ने निकै ठुलो कसरत गरिराखेकाले सचेत हुँदै अगाडि बढ्न बढ्नुपर्ने उनको भनाइ छ ।  ‘हिजो जनतामा भ्रम छर्ने । क्रान्तिकारीलाई घेरा हाल्ने । निर्मम र नृशंस तरिकाले हत्या गर्ने  । महिलाहरूमाथि चरम यातना र बलात्कारको बिभिसिका खडा गर्ने तत्वहरुले हामीलाई अहिले पनि कसरत गरिरहेका छन् । पछिल्लो केन्द्रीय समिति बैठकले सहिद, बेपता तथा घाइते परिवारको योगदानलाई जुन रूपमा पार्टीले सम्मान गर्नुपर्थ्यो, त्यसमा कमी भएको महसुस गरिएको छ । हामी प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध अगाडी  बढ्ने जमर्को गरेका छौँ । फेरि एकचोटी नयाँ आन्दोलन र विद्रोहले जन्म लिँदैछ भन्ने सङ्कल्प सहित अगाडि बढिरहेका छौँ’, उनले भने । 

प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा छलफल र पार्टी एकतालाई अझ बलियो बनाउन बोत्ले हत्याकाण्डले  सकारात्मक योगदान पुर्‍याउने विश्वास लिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending