Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

मन्त्रिपरिषद् पुनर्गठनको चर्चाले एमालेका मन्त्रीहरूमा छटपटी हुँदा कांग्रेसमा ढुक्क

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच बिहीबार बस्न लागेको बैठक बुधबारदेखि नै चर्चाको विषय बनेको थियो । प्रधानमन्त्री ओलीनिकट व्यक्तिहरू कांग्रेस सभापति देउवासँगको बैठकमा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा जोडदार रूपमा उठाउने प्रचार गरिरहेका थिए ।

देउवाले आफ्नो पार्टीका मन्त्रीहरू परिवर्तन गर्न नमाने पनि एमालेका केही मन्त्रीहरू बिहीबार नै परिवर्तन हुने प्रचार पनि जोडतोडका साथ गरिएको थियो । ओली निकट व्यक्तिहरू नै कुन कुन मन्त्री रेड जोनमा छन् भनेर सूचना चुहाइरहेका थिए । 

यस्तै, बिहीबार नै एमाले उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमा पनि मन्त्रिपरिषद् पुनर्गठन जति बेला पनि हुन सक्ने बताएका थिए । ‘सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा १३ महिनादेखि भएको छैन, अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक होइन,’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले भनेका थिए, ‘सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ ।’ सञ्चारमन्त्री गुरुङको यो भनाइपछि मन्त्रीहरू फेरिने कुरामा थप बल मिलेको थियो ।

बिहीबार पूर्वनिर्धारित योजनाअनुरूप प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस–एमाले बैठक बस्यो पनि । बैठकमा कांग्रेस सभापति देउवा पार्टी उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई लिएर गएका थिए भने एमालेबाट प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई बोलाएका थिए ।  

तर जब एमाले नेताहरूसँगै महान्यायाधिवक्ता रमेश बडाल पनि सँगै बसेको तस्बिर प्रधानमन्त्री ओलीको सचिवालयबाट सञ्चार माध्यमलाई पठाइयो, त्यसपछि भने बैठकको मूल एजेन्डा मन्त्रिपरिषद् गठन नभएको खुल्यो । 

बैठकमा सहभागिता जनाएका कांग्रेस उपसभापति खड्का मन्त्री बदल्ने विषयमा कुनै छलफल नै नभएको बताउँछन् । उनी दुई नेता (ओली र देउवा) बिच वान टु वान छलफल भएको भए आफूलाई थाहा नभएको तर आफू सहभागी बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्ने कुरा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच नभएको बताउँछन् । 

‘छलफल नै नभएको विषयमा बारम्बार बाहिर कसरी कुरा आइरहेको छ, थाहै हुन सकेन ,’ कांग्रेस उपसभापति खड्का भन्छन् । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले देउवासँग धेरै पटक मन्त्री बदल्ने कुरा गरेका छन् । तर देउवा आफ्ना मन्त्रीहरू फेर्न तयार छैनन् ।

देउवा निकट एक नेता भन्छन्, ‘प्रधानमन्त्री ओलीले सुरुमा टिम नै बदल्नुपर्छ भन्दा पार्टी सभापतिज्यू ९देउवा० ले मान्नु भएन, अहिले नबदल्नुहोस् भन्नुभयो । तपाईंलाई आफ्ना मन्त्रीहरू बदल्नु छ भने बदल्नुहोस्, कांग्रेसभित्र मलाई समस्या छ भन्दै आउनुभएको छ, पार्टी सभापतिज्यू मन्त्री बदल्ने सुरमा हुनुहुन्न ।’

स्रोतका अनुसार, देउवा परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकलाई बदल्न चाहँदैनन् । उनी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पनि हटाउन चाहँदैनन् । पार्टीका पूर्वपदाधिकारी समूहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको पक्षमा वकालत गर्दै आइरहेकाले सिंहलाई हटाउन देउवालाई त्यति सजिलो छैन । सिंहलाई हटाए पार्टीभित्रको शक्ति सन्तुलन खलबलिने डर देउवालाई छ । 

कांग्रेस सभापति देउवा स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई पनि बदल्ने पक्षमा छैनन् । पौडेल महामन्त्री गगन थापाको कोटाबाट मन्त्री बनेकाले देउवालाई उनलाई हटाउन सहज पनि छैन । यी चार जनाबाहेकलाई हटाउँदा गलत सन्देश जाने ठानेर नै देउवा पुनर्गठन नगर्ने अडानमा छन् । देउवाको यही अडानका कारण ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न सकिरहेका छैनन् । 

यति मात्र होइन, शेखर कोइरालाले संसदीय दलको नेताका लागि संख्याको कुरा गर्दै आइरहेकाले पनि देउवा मन्त्री फेर्न तयार नभएका हुन् । अहिले मन्त्रीहरू बदल्दा मन्त्रीबाट हट्ने र मन्त्री हुन नपाउनेको असन्तुष्टि बढ्न सक्ने देउवाको विश्लेषण छ । 

स्रोतका अनुसार, प्रधानमन्त्री ओली पनि अब धेरै समय कुर्ने पक्षमा छैनन् । देउवा नमाने एमालेका केही मन्त्रीहरू फेर्ने ओलीको सोचाइ छ ।  ओली भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, रक्षामन्त्री मानवीर राई फेर्न चाहन्छन् । लोकतान्त्रिक समाजवादीबाट मन्त्री भएका श्रममन्त्री शरतसिंह भण्डारीलाई बदलेर अध्यक्ष महन्त ठाकुरले अर्को नेतालाई पालो दिन चाहन्छन् । 

१७ असार २०८१ मा कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिको जगमा १३ दिनपछि ३० असारमा ओली प्रधानमन्त्री नियुक्ति भएका थिए । २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेबाट प्रधानमन्त्रीसहित १०, कांग्रेसका दुई राज्यमन्त्रीसहित ११, अशोक राई नेतृत्वको जसपाबाट २, लोसपाबाट १ मन्त्री तथा नागरिक उन्मुक्तिबाट एक राज्यमन्त्री सरकारमा छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending