नेपालगन्ज। मानवबेचविखनको अत्यधिक जोखिममा रहेको नेपालगज्जस्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधीमा बेचविखनको उच्च जोखिममा रहेका ५७२ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।
मानवबेचविखन रोक्ने कार्यमा सक्रिय गैरसरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको अवधीमा ५७२ जना महिला र किशोरीको उद्धार गरेको जनाएको छ ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले विभिन्न बहाना र प्रलोभन दिएर पश्चिम नेपालका दाङ्ग, सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाबाट ल्याई नाका पार गराउन लाग्दा ५७२ जनाको उद्धार गरेर घर पठाइएको बताए।
उनले खुला सीमानाको लाभ उठाउँदै नेपालका महिला तथा किशोरीहरुलाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्याएर बेचविखन गर्नेहरु सक्रिय रहेको बताए ।
मानवबेचविखनको अत्यधिक जोखिममा रहेको नेपालगन्जस्थित जमुनाहा नाकामा प्रहरी र विभिन्न संघसंस्थाले निगरानी बढाएर कडाई गरेपछि जोखिममा रहेका महिला तथा किशोरीको उद्धार सम्भव भएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।
माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाका अनुसार सो अवधीमा भारत तथा खाडी मुलुक समेतबाट बेचविखन र श्रम शोषणमा परेका १० जना महिलाको उद्धार गरेर नेपाल ल्याइएको छ । सो अवधिमा विभिन्न जिल्लाबाट हराएका ७८८ जना महिला र बाालिकाको खोज तलास तथा उद्धारको निवेदन परेकोमा खोज तलाश गर्दा ४१५ जना फेला परेको उनले बताए ।
अझैपनि ३७३ जनाको अवस्था अज्ञात रहेकोले उनिहरुको पनि खोजी कार्य विभिन्न माध्यमबाट जारी रहेको माइती नेपालले जनाएको छ । सो संस्थाका अनुसार बेचविखनका दुई वटा मुद्दा समेत दर्ता गरिएको छ ।
बेचविखनमा सक्रिय दलालहरुले बेला बेलामा नयाँ नयाँ तरिकाको प्रयोग गरेर नाका पार गराउने कार्य गर्दै आएकोले पनि नियन्त्रणमा समस्या हुने गरेको मानवबेचविखन नियन्त्रणमा सक्रियहरुको भनाइ छ ।
नाकामा कडा निगरानी गर्नुका साथै पहाडी जिल्लाहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिनु आवश्यक रहेको कुरामा विशेष जोड दिइएको छ ।
मानवबेचविखन नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारी तथा अन्य सरोकारवालाहरुबिच छलफल तथा संवाद कार्यक्रम पनि हुँदै आएको माइती नेपालले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १२:०५
सप्तरी। विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग ...
पौष १५ गते, २०८२ - ११:५६
काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैय...
पौष १५ गते, २०८२ - ११:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति भएको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन्। ...
पौष १५ गते, २०८२ - ११:०९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। राप्रपाले आदिवासी जनजाति क्लस...
पौष १५ गते, २०८२ - १०:५५
रौतहट। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना ...
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...




प्रतिकृया लेख्नुहोस्: