Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सप्तरीका ५ हजार बढी पीडित आन्दोलनमा

खबरडबली संवाददाता

राजविराज । लालपूर्जा पाउने आशामा झण्डै ६५ वर्षदेखी संघर्षरत ब्लक र बिटौरी जग्गामा बसोवास गर्दै आएका राजविराजका पाँच हजार भन्दा बढी पीडित परिवारले फेरी आन्दोलन चर्काउने भएका छन् ।

बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारी, वार्ता टोलीका सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालसहितको अगुवाईमा बसेको बृहत भेलाले वर्षौदेखी लालपूर्जाको प्रतिक्षामा रहेका नगरवासीको उक्त माग पुरा गराउन आन्दोलनको विकल्प नरहेको ठहर गर्दै आन्दोलन चर्काउने निर्णय गरेको हो ।

यसअघि आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै बैठकले फेरी आन्दोलनमा जाने निर्णय गरेको राजविराज नगरवासी पीडित संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए ।

“यसअघि सम्बन्धित निकाय र राजनीतिक दलका प्रतिनिधि समेत राखेर १५ दिनको समयसीमा तोकेर समाधान खोज्ने भनि भएको प्रतिबद्धता र सहमती नगरपालिका र स्थानीय प्रशासनबाट कार्यान्वयन हुन सकेन, “संघर्ष समितीका संयोजक अंसारीले भने – बाध्य भई फेरी आन्दोलनमा जाने निर्णय गरेका छौ ।” सप्तरी उधोग बाणिज्य सघले आन्दोलन परिचालन र व्यवस्थापनका लागी ५१ हजार रुपैया संघर्ष समितिको कोषमा जम्मा गरेको उनले जानकारी समेत दिए । बैठकले बार्ता समितिका सदस्य दिपेन्द्र चौधरीको संयोजकत्वमा ७ सदस्यीय आन्दोलन परिचालन उपसमिती तथा विन्देश्वर प्रसाद साह “बिन्दी”को संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिति समेत गठन गरेको छ ।

सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले आर्थिक मन्दिको मार खेपीरहेका नगरका उधोगी व्यवसायीहरु ब्लक र बिटौरी जग्गाको लालपुर्जा पाउन नसक्दा थप मारमा परेको बताए । “जग्गा बापत नगरपालिकाबाट पाएको रसिदका आधारमा नगर स्थापना काल देखी नै वसोवास गर्दै आएका नगरवासी विगतमा समस्या परेका वेला सोही रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थाामा धितो राखी ऋण कर्जा लिएर व्यपार व्यवसाय र अन्य समस्या समाधान गर्थै, उनले भने– हाल विगत ८ वर्ष देखी सो सेवा सुविधाबाट बन्चित गराइए पछि यहाँको ब्यापार व्यवसाय पनि चौपट बन्दै गएको छ ।”

उनले नगरको ब्लक, बिटौरी र सडक मापदण्ड लगायत जग्गाको लालपुर्जा लामो समय देखी वितरण नहुदा उधोगी व्यवसायी मारमा परेको, भाडाका कतिपय सटरहरु धमाधम खाली हुन थालेको, कतिपय व्यवसायीले आत्महत्या गरेको र धेरै उधोगी व्यवसायी पलायन भएको भन्दै माग पुरा नभए सम्म अब हुने आन्दोलन नरोकीने बताए । जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहले २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बन्चित रहेको भन्दै अब आन्दोलन चर्कोउनुको विकल्प नरहेको बताए ।

यस अघि बजार बन्द, कालो झण्डा झुण्ड्याउने, नापी र नगरपालिका कार्यालयमा धर्ना र मुख्य चौकमा हस्ताक्षर अभियान चलाउदा पनि माग पुरा गर्ने आश्वासन बाहेक केही नपाइएको संघर्ष समितिका संयोजक अंसारीको भनाई छ ।

उनले अब हुने आन्दोलनका कार्यक्रम र स्वरुप फरक तथा थप सशक्त ढंगको हुने भन्दै २–३ दिन भित्रै आन्दोलनका नयाँ कार्यक्रम घोषणा हुने जानकारी दिए । स्थानीय, प्रदेश र प्रतिनिधीसभा निर्वाचनका वेला नगरको उक्त समस्या सबै राजनितीक दलको चुनावी एजेण्डा बन्ने गरे पनि निर्वाचन सकिए पछी विर्सिने गरेको नगरवासीको गुनासो छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending