Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन । डिभिजन वन कार्यालयका अनुसार गएको असारमा मात्र चार लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरिएको छ ।

त्यसभन्दा अघिल्ला वर्षहरूमा पनि नर्सरीमा बिरुवा उत्पादन गरी वितरण गर्ने कार्य गरिएको थियो । प्रत्येक वर्ष लाखौँ रूपैयाँ खर्च गरी बिरुवा उत्पादन गरी वितरण हुन्छन् तर संरक्षणको अभावमा बिरुवा हुर्कन नपाउँदै मर्ने गरेका छन् । वनजङ्गलमा डढेलो, खुला चरिचरन र मानवीय लापरवाहीका कारण बिरुवा हुर्कन नपाउँदै मर्ने गरेको वन संरक्षणकर्मीको भनाइ छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास कुँवर वृक्षरोपणपछिको व्यवस्थापन पक्ष कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताउँछन् । “बिरुवा रोप्ने त हो, तर त्यसपछि कसैले हेर्दैन”, उनले भने, “न सिँचाइ, न जाली घेराबारा, न त निगरानी नै हुन्छ”, कुँवरका अनुसार नेपालमा अझै ‘छिटो प्रतिफल दिने बिरुवा’ रोप्ने प्रवृत्ति छ, जुन दीर्घकालीन वन विकास दृष्टिकोणबाट कमजोर मानिन्छ ।

“तीन–पाँच महिनाका साना बिरुवा रोपिन्छन्, भारत र चीनले दुईतीन वर्ष उमेरका बिरुवा रोप्छन्, त्यसैले उनीहरूको सफलताको दर ९० प्रतिशत हुन्छ”, उनले भने । “वनलाई अतिक्रमण र हस्तक्षेपबाट जोगाउने हो भने वृक्षरोपण नगरे पनि प्राकृतिक रूपमै हुने पुनः उत्पादनले वन विकास हुन्छ”, उनले भने, “खाली चौर तथा बगरमा वृक्षरोपण गर्दा राम्रै हुन्छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले पनि वृक्षरोपणबारे प्राविधिक ज्ञानको अभाव देख्छन् । “बिरुवा रोप्दा माटोको प्रकृति, प्रजातिको अनुकूलता, सिजन आदि विचार गरिँदैन”, वाग्लेले भने, “यसबाहेक रोपेपछि संरक्षण, सिँचाइ र मलजल नगर्ने हो भने पनि वृक्षरोपण अभियानले सार्थकता पाउँदैन ।”

बिरुवा रोप्नेबारे प्राविधिक ज्ञान नहुँदा वृक्षरोपण अभियान आशातित रूपमा सफल हुन नसक्नुको मुख्य कारण भएको उनी बताउँछन् । “वृक्षरोपण गर्ने भनेर जथाभावी रूपमा बिरुवा रोपिन्छन्, बिरुवा रोप्ने तरिका थाहा हुँदैन”, उनले भने, “माटोको अवस्था विश्लेषण गरेर त्यसअनुसारका प्रजातिको बिरुवामात्र रोप्नुपर्छ ।” बिरुवा रोपिसकेपछि संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । “बिरुवालाई संरक्षणसँगै समयसमयमा सिँचाइ पनि गर्नुपर्छ”, उनले भने, “त्यसो गर्न सकिएमा मात्र वृक्षरोपणको कार्यले सफता पाउँछ ।”

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी वृक्षरोपणको कार्य प्रत्येक वर्ष हुँदै आए पनि विभिन्न कारण रोपेका सबै बिरुवा नबाँच्ने गरेको बताउँछन् । “रोपेका सबै बिरुवा त बाँच्दैनन्”, उनले भने, “५०–६० प्रतिशत बिरुवा हुर्कियो भने पनि उपलब्धि नै हुन्छ ।” सामुदायिक वन समन्वय समितिले निजी जग्गा र बजर क्षेत्रमा वृक्षरोपणलाई जोड दिइरहेको उनको भनाइ छ ।

वृक्षरोपणसँगै वन क्षेत्रमा चरिचरन, आगलागी र अतिक्रमण रोक्न सकेमा बिरुवा पुनः उत्पादन प्रभावकारी हुने उनी बताउँछन् । विजय सालका बिरुवा पुनः उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले यस कार्यमा सफल भएको बताए ।

समन्वय समितिसँग आबद्ध वनहरूमा विजयसालका पुनः उत्पादन भएका वनहरू देख्न सकिनेमा उनी जोड दिन्छन् । जोशीका अनुसार वृक्षरोपणसँगै अब बिरुवा पुनः उत्पादन (नर्सरीबिना उम्रने बिरुवा) प्रविधिमा पनि जोड दिनुपर्ने आवश्यकता छ । “स्थानीय जातका माउ रुख सुरक्षित गरौँ”, उनले भने, “त्यसबाट आफैँ उम्रिने बिरुवा संरक्षण गर्न सकियो भने वन आफैँ बढ्छ ।”

दीर्घकालीन रूपमा सोचेर बहुवर्षे प्रजातिका बिरुवा उत्पादन, रोपणपछि संरक्षण, निगरानी तथा समुदायमा जनचेतना फैलाउने अभियान सञ्चालन गरिएमा मात्र वृक्षरोपण सफल हुने उनी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्ट वृक्षरोपण कार्यक्रम पूर्ण रूपमा असफल भने नभएको बताउँछन् । “असफल भने भएको होइन, सोचेजति सफल पनि हुनसकेको छैन”, उनले भने ।

“विगतका वर्षहरूको तुलनामा वनमाथिको निर्भरता कम हुँदै गएको छ”, उनले भने, “स्थानीय बासिन्दाले निजी जग्गामा गर्ने वृक्षरोपणले दाउरा, घाँसपातका लागि वनमाथि नै पहिले निर्भर हुनुपर्दथ्यो, हाल वनमाथिको निर्भरता निकै घटेको पाइएको छ ।”

बिरुवा रोपेरमात्र नपुग्ने भएकाले हुर्काउन सकेनौँ भने लगानी खेर जाने उनी बताउँछन् । उनका अनुसार नर्सरीबाट बिरुवा ल्याउने तरिका, खाल्डोको गहिराइ, रोप्ने विधि, संरक्षण विधि, सिँचाइ, घेराबार, मलजल, रोगकीराबाट जोगाउने उपायबारे उपभोक्ता जानकार नहुँदा वृक्षरोपणले सफलता प्राप्त गर्न कठिन हुन्छ ।

“नर्सरीबाट वनसम्म ल्याइने बिरुवालाई बच्चाजस्तै स्याहारसुसार अनिवार्य हुन्छ”, निर्देशक विष्ट भन्छन्, “बर्सेनि लाखौँ बिरुवा रोपिन्छन्, तर संरक्षणमा कमजोरी हुँदा रूखमा परिणत नहुँदै सकिन्छन् ।” सामुुदायिक वनका सरोकारवालालाई वृक्षरोपणको गुणस्तर र दीर्घकालीन प्रभावका विषयमा जागरुकता बढाउन आवश्यक रहेको उनी बताउँछन् । त्यसका लागि कञ्चनपुरका केही वनहरूमा आफैँ पुगेर वृक्षरोपणबारे प्राविधिक जानकारी दिने कार्य गरिएको उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending