Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सरकारका कयौँ मन्त्रीहरु नै भ्रष्टाचारका काण्डमा रोमलिएका छन्ः अथक

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर गहतराज ‘अथक’ले पार्टीभित्र विधिको कुरा गर्नेहरुले नै विधि पालना नगरेको बताएका छन् ।  विधिको कुरा गर्नेले विधि नमान्ने र खुला मञ्चमा गएर बोल्ने प्रविधि गलत भएको उनको भनाइ छ । 

अर्का एक टेलिभिजन कार्यक्रममार्फत पनि उनले पार्टीलाई कमजोर बनाउने प्रवृत्तिप्रति सबै सचेत हुनुपर्नेमा जोड दिएका छन्  । सरकार भ्रष्टाचारको दलदलमा रहेका बेला उसकाविरुद्ध बोल्नुपर्नेमा पार्टीमा अनावश्यक समस्या निम्ताइएको बताउँदै  अबको पार्टी बैठकमा यो विषयमा छलफल हुने बताए । उनले भने, ुपार्टीको विधि, पद्दतीअनुसार नै चल्नु पर्यो । खुला मंचमा गएर होइन्, विधिको कुरा गर्ने तर आफैँले तोड्ने काम भएको छ । देशमा विचौलिया, भ्रष्टाचारीहरुको रजगज छ । सरकारका कयौँ मन्त्रीहरु नै भ्रष्टाचारका काण्डमा रोमलिएका छन् । यही विषयमा बोल्न नै समय पुगिराखेको छैन । यस्तो बेलामा पार्टी र नेतृत्वलाई प्रहार गर्ने काम कसरी विधिसम्मत हुनसक्छ ?’ 

पार्टीभित्रै विधिगत छलफल गर्नुपर्नेमा बाहिर चर्चा गर्ने प्रवृत्तिले कसैलाई पनि राम्रो नहुने बताउँदै उनले भने, ‘अध्यक्ष कमरेडको नजिक भएर काम गर्नु भएको छ । त्यस्तै नेताहरुले नै बाहिर बोल्दै हिड्नु भएको छ । जनयुद्धको मुख्य आधारमध्येको एक जिल्लाको निरन्तर प्रतिनिधित्व गर्नु भएको छ । उहाँको भूमिका राज्य सत्ताको नजिक हुँदा आफ्नो जिल्लालाई राम्रो पनि गर्नु भएको छ । त्यस्तो योगदान भएको नेताले जसरी बाहिर लैजाने काम गर्नु भएको छ, यो जायज छैन । पद्दती र प्रक्रियागत मान्न सकिँदैन ।’

जनतामा उभार आएका बेलामा माओवादी पार्टीभित्र विभिन्न समयमा समस्या आउने गरेको स्मरण गर्दै अथकले पार्टी भित्रका समस्याग्रत व्यक्तिहरुले बेलाबेलामा नेताहरुलाई उचाल्ने गरेको टिप्पणी गरे । उनले भने, ‘माओवादीबाट बाहिर गएर एक दर्जन पार्टी भएका छन् । चाकडीबाजहरुको टिमले प्रचण्डसँग कोही छैन, तपाइँ नै हो अब भनेर उचाल्ने व्यक्तिहरुका कारणले पनि समस्या भएको छ ।’

पार्टीको विधि र पद्दती भन्दा बाहिर जाने विषयमा पार्टी बैठकमै छलफल हुने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending