काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर गहतराज ‘अथक’ले पार्टीभित्र विधिको कुरा गर्नेहरुले नै विधि पालना नगरेको बताएका छन् । विधिको कुरा गर्नेले विधि नमान्ने र खुला मञ्चमा गएर बोल्ने प्रविधि गलत भएको उनको भनाइ छ ।
अर्का एक टेलिभिजन कार्यक्रममार्फत पनि उनले पार्टीलाई कमजोर बनाउने प्रवृत्तिप्रति सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् । सरकार भ्रष्टाचारको दलदलमा रहेका बेला उसकाविरुद्ध बोल्नुपर्नेमा पार्टीमा अनावश्यक समस्या निम्ताइएको बताउँदै अबको पार्टी बैठकमा यो विषयमा छलफल हुने बताए । उनले भने, ुपार्टीको विधि, पद्दतीअनुसार नै चल्नु पर्यो । खुला मंचमा गएर होइन्, विधिको कुरा गर्ने तर आफैँले तोड्ने काम भएको छ । देशमा विचौलिया, भ्रष्टाचारीहरुको रजगज छ । सरकारका कयौँ मन्त्रीहरु नै भ्रष्टाचारका काण्डमा रोमलिएका छन् । यही विषयमा बोल्न नै समय पुगिराखेको छैन । यस्तो बेलामा पार्टी र नेतृत्वलाई प्रहार गर्ने काम कसरी विधिसम्मत हुनसक्छ ?’
पार्टीभित्रै विधिगत छलफल गर्नुपर्नेमा बाहिर चर्चा गर्ने प्रवृत्तिले कसैलाई पनि राम्रो नहुने बताउँदै उनले भने, ‘अध्यक्ष कमरेडको नजिक भएर काम गर्नु भएको छ । त्यस्तै नेताहरुले नै बाहिर बोल्दै हिड्नु भएको छ । जनयुद्धको मुख्य आधारमध्येको एक जिल्लाको निरन्तर प्रतिनिधित्व गर्नु भएको छ । उहाँको भूमिका राज्य सत्ताको नजिक हुँदा आफ्नो जिल्लालाई राम्रो पनि गर्नु भएको छ । त्यस्तो योगदान भएको नेताले जसरी बाहिर लैजाने काम गर्नु भएको छ, यो जायज छैन । पद्दती र प्रक्रियागत मान्न सकिँदैन ।’
जनतामा उभार आएका बेलामा माओवादी पार्टीभित्र विभिन्न समयमा समस्या आउने गरेको स्मरण गर्दै अथकले पार्टी भित्रका समस्याग्रत व्यक्तिहरुले बेलाबेलामा नेताहरुलाई उचाल्ने गरेको टिप्पणी गरे । उनले भने, ‘माओवादीबाट बाहिर गएर एक दर्जन पार्टी भएका छन् । चाकडीबाजहरुको टिमले प्रचण्डसँग कोही छैन, तपाइँ नै हो अब भनेर उचाल्ने व्यक्तिहरुका कारणले पनि समस्या भएको छ ।’
पार्टीको विधि र पद्दती भन्दा बाहिर जाने विषयमा पार्टी बैठकमै छलफल हुने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १२:३१
काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...
पौष १७ गते, २०८२ - १२:२४
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...
पौष १७ गते, २०८२ - १२:२०
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...
पौष १७ गते, २०८२ - ११:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...
पौष १७ गते, २०८२ - ११:०१
पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक
पौष १७ गते, २०८२ - १०:४०
जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...
पौष १७ गते, २०८२ - १०:३७
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...
पौष १७ गते, २०८२ - १०:३५
रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...
पौष १७ गते, २०८२ - १०:३३
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...
पौष १७ गते, २०८२ - १०:३०
भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...




प्रतिकृया लेख्नुहोस्: