काठमाडाैं । फौजदारी अपराधमा विशेष अदालतबाट दोषी ठहरिएपछि मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्यायलाई प्रेस चौतारी नेपालले संगठनबाट निष्काशन गरेको छ। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै उपाध्यायको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरिएको जानकारी दिएका हुन्।
संगठनको विधान २०५५ को आठौँ संशोधन (२) (१) अन्तर्गत परिच्छेद ३, दफा ८ को ९ग० बमोजिम अदालतबाट फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्तिलाई सदस्य नरहने व्यवस्था गरिएको छ। सोही कानुनी प्रावधान अनुसार उपाध्यायको निष्कासन गरिएको चौतारीले स्पष्ट पारेको छ।
यसअघि विशेष अदालतले उपाध्यायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिर्ने फैसला गरेको थियो। अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार उक्त फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ वैशाखमा उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो। त्यसको दुई दिनअघि, ७ वैशाखमा उनी मधेश प्रदेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए। मुद्दा दायर भएसँगै उनी पदबाट निलम्बनमा परेका थिए।
उपाध्यायमाथि बाराको पचरौता नगरपालिकामा सार्वजनिक खरिद ऐनविपरीत विज्ञापन प्रकाशन नगरी आर्थिक अनियमितता गरेको आरोप लागेको थियो। अख्तियारको अनुसन्धानमा उनले कानुनी प्रक्रिया नअपनाई अनियमित ढंगले विज्ञापन प्रकाशनको काम अघि बढाएको देखिएको थियो। आयोगले सार्वजनिक प्रक्रिया छलिएको र त्यसबाट व्यक्तिगत लाभ लिइएको ठहर गर्दै विशेष अदालतमा अभियोजन दर्ता गरेको थियो।
विशेष अदालतको फैसला सार्वजनिक भएलगत्तै प्रेस चौतारी नेपालले संगठनको अनुशासन, आचरण र आन्तरिक शुद्धताको नीतिअनुसार उपाध्यायलाई निष्काशन गरिएको जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: