Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ताप्लेजुङको मिक्वाखोलामा पालिकास्तरीय गौरवका योजना १४ वटा

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्नो पालिकाको गौरवका योजना छनोट गरेको छ । गाउँपालिकाले विभिन्न १४ वटा योजनाको नाम सूचिकृत गर्दै पालिकाको गौरवका योजना छनोट गरेको हो ।

चालु नयाँ आर्थिक वर्षका लागि पारित नीति कार्यक्रममै १४ वटा योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा सूचिकृत गरेको छ । गाउँपालिकाले छनोट गरेको गौरवका योजनामा वडा १ खोक्लिङको हान्द्रदुङदेखि डाँडागाउँ–लिबाङ–साँवा हुँदै वडा ५ पापुङ जोड्ने सडक कालोपत्रे गर्ने, निर्माणाधीन प्रशासकीय भवनलाई सम्पन्न गर्ने रहेको छ ।

यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम, पाँच शøयाको अस्पताल, पापुङमा बर्थिङ सेन्टर ९प्रसूति केन्द्र० स्थापना गर्ने, खोक्लिङको ओझागाउँ आधारभूत विद्यालयको भवन निर्माण, वडा १ को कार्यालय भवन निर्माणलाई गौरवको योजनामा राखिएको छ । गाउँपालिकाको गौरवको योजनाअन्तर्गत नै शेर्पा आधारभूत विद्यालयको भवन निर्माण, सिंहेश्वरी आधारभूत विद्यालय, बेसीगाउँ आधारभूत विद्यालय र साँवा माध्यमिक विद्यालयको भवन निर्माण रहेको छ ।

यसैगरी, साङ्गे छ्योलिङ गुम्बा निर्माण, सगरमाथा आधारभूत विद्यालयको भवन निर्माण, युवा खेल मैदान निर्माण र दुगुर्ने थुम्बा पुलदेखि बेसीगाउँ आधारभूत विद्यालय, २ नम्बर वडा कार्यालय–वैराखु आविदेखि दुरिङ, होवोक काँडे जोड्ने सडक स्तरोन्नति पनि पालिकाले गौरवको योजनामा राखिएको छ । गौरवको योजनाका रुपमा सूचिकृत उक्त योजनाहरुलाई मुख्य प्राथमितामा राखेर कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार गौरवको योजनाका रुपमा छनोट भएका योजना कार्यान्वयनका लागि बजेट तथा स्रोत सुनिश्चित गर्न पालिकाले मध्यकालीन खर्च संरचना (एमटिइएफ) को अवधारण अघि सारेको छ । पालिकाले गौरवका योजना एवम् ठुला परियोजना सञ्चालन गर्दा वातावरणीय प्रभाव अध्ययन सर्वेक्षणलाई अनिवार्य गर्ने भएको पनि अध्यक्ष कार्कीले जानकारी दिए । उजका अनुसार छनोट भएका गौरवका योजना कार्यान्वयनलाई वर्तमान कार्यकालमै पूरा गर्ने लक्ष्य राखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending