पर्सा । मधेश प्रदेश जेष्ठ नागरिक संघको अधिवेशन आज पर्सा जिल्लाको बीरगंजमा सम्पन्न भएको छ।अधिवेशनको उद्घाटन सत्र संघका संयोजक जगदीश शर्माको अध्यक्षता र मधेश प्रदेश सरकारका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन सत्रमा मन्त्री जयसवालले जेष्ठ नागरिकप्रतिको कदर र सम्मान समाजको कर्तव्य भएको उल्लेख गर्दै प्रदेश सरकारले जेष्ठ नागरिकहरूको हितमा नीतिगत तथा व्यवहारिक पहल गरिरहेको बताए। उनले संघले समाजमा अनुशासन, ज्ञान र अनुभवको आदान(प्रदानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
यस अधिवेशनबाट संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। विजय किशोर झा ९रौतहट० संघको प्रदेश अध्यक्ष चयन भएका छन्। अन्य निर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा) महिला उपाध्यक्ष ज्योति शाह (पर्सा) महासचिवमा सूखचंद्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्र प्रसाद सिंह (सर्लाही), सचिवमा राम नरेश सिंह (सप्तरी), उपकोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी), सदस्यहरूमा सलमा नेशा खातुन (सर्लाही), महेश्वरलाल कर्ण (रौतहट) लगायतका रहेका छन्।
यस अधिवेशनले मधेश प्रदेशका विभिन्न जिल्लाबाट जेष्ठ नागरिकको प्रतिनिधित्व समेट्दै एक समावेशी र अनुभवसिद्ध नेतृत्वको संरचना प्रस्तुत गरेको छ। महिला उपाध्यक्षको चयनले लैङ्गिक समावेशिताको संकेत गरेको छ भने विभिन्न जिल्लाबाट चयन भएका पदाधिकारीहरूले संघलाई प्रदेशभर सशक्त रूपमा विस्तार गर्न सक्ने सम्भावना देखिएको छ। प्रदेश अध्यक्ष झाले न्युज कारखाना संग कुरा गर्दै जेष्ठ नागरिकको हकमा अहोरात्र खट्ने प्रतिवद्धता जनाएका छन्।
जेष्ठ नागरिक संघहरूले समाजमा अनुशासन, सामाजिक चेतना, अनुभवको हस्तान्तरण, तथा युवापुस्तामा मार्गदर्शनको भूमिका निर्वाह गर्न सक्छन्। मधेश प्रदेशको सन्दर्भमा, जहाँ सामाजिक संरचना अझै परम्परागत मूल्यमान्यतामा आधारित छ, त्यहाँ यस्ता संघहरू सामाजिक संवाद र सहकार्यको महत्त्वपूर्ण माध्यम बन्न सक्छन्।
प्रदेश सरकार र संघबीच सहकार्य बढेमा नीति निर्माणदेखि सेवाप्रवाहसम्म जेष्ठ नागरिकका लागि थप सशक्त कार्यक्रमहरू ल्याउन सकिने सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - २१:१९
प्रहरी भन्छ– ‘आत्मरक्षाका लागि लाठी चलाइयो’
जेष्ठ २१ गते, २०८३ - २१:०२
पूर्वगृहमन्त्री गुरुङमाथि आन्दोलनकारीलाई धम्क्याएको आरोप
जेष्ठ २१ गते, २०८३ - २०:५७
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न उपयुक्त जग्गा खोज्ने क्रममा ६ वटा स्थान सिफारिस गरि...
जेष्ठ २१ गते, २०८३ - २०:५३
काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण, विस्तार तथा डिजिटल संगठन निर्माण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय संगठन वि...
जेष्ठ २१ गते, २०८३ - ११:५६
हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका चार वटा विद्यालयमा पाँचभन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीयले गाउँ छोड्ने क्रम बढ्नु, विद्...
जेष्ठ २१ गते, २०८३ - ११:१८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय मह...
जेष्ठ २१ गते, २०८३ - ११:०८
काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छन्। जातीय...
जेष्ठ २१ गते, २०८३ - १०:३१
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना...
जेष्ठ २१ गते, २०८३ - ०९:३१
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोख...
जेष्ठ २१ गते, २०८३ - ०९:२८
हङकङ । हङकङको न्यू टेरिटोरिज क्षेत्रमा बिहीबार बिहान मिनिबस, डबलडेकर बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करि...



प्रतिकृया लेख्नुहोस्: