पर्सा । मधेश प्रदेश जेष्ठ नागरिक संघको अधिवेशन आज पर्सा जिल्लाको बीरगंजमा सम्पन्न भएको छ।अधिवेशनको उद्घाटन सत्र संघका संयोजक जगदीश शर्माको अध्यक्षता र मधेश प्रदेश सरकारका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन सत्रमा मन्त्री जयसवालले जेष्ठ नागरिकप्रतिको कदर र सम्मान समाजको कर्तव्य भएको उल्लेख गर्दै प्रदेश सरकारले जेष्ठ नागरिकहरूको हितमा नीतिगत तथा व्यवहारिक पहल गरिरहेको बताए। उनले संघले समाजमा अनुशासन, ज्ञान र अनुभवको आदान(प्रदानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
यस अधिवेशनबाट संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। विजय किशोर झा ९रौतहट० संघको प्रदेश अध्यक्ष चयन भएका छन्। अन्य निर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा) महिला उपाध्यक्ष ज्योति शाह (पर्सा) महासचिवमा सूखचंद्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्र प्रसाद सिंह (सर्लाही), सचिवमा राम नरेश सिंह (सप्तरी), उपकोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी), सदस्यहरूमा सलमा नेशा खातुन (सर्लाही), महेश्वरलाल कर्ण (रौतहट) लगायतका रहेका छन्।
यस अधिवेशनले मधेश प्रदेशका विभिन्न जिल्लाबाट जेष्ठ नागरिकको प्रतिनिधित्व समेट्दै एक समावेशी र अनुभवसिद्ध नेतृत्वको संरचना प्रस्तुत गरेको छ। महिला उपाध्यक्षको चयनले लैङ्गिक समावेशिताको संकेत गरेको छ भने विभिन्न जिल्लाबाट चयन भएका पदाधिकारीहरूले संघलाई प्रदेशभर सशक्त रूपमा विस्तार गर्न सक्ने सम्भावना देखिएको छ। प्रदेश अध्यक्ष झाले न्युज कारखाना संग कुरा गर्दै जेष्ठ नागरिकको हकमा अहोरात्र खट्ने प्रतिवद्धता जनाएका छन्।
जेष्ठ नागरिक संघहरूले समाजमा अनुशासन, सामाजिक चेतना, अनुभवको हस्तान्तरण, तथा युवापुस्तामा मार्गदर्शनको भूमिका निर्वाह गर्न सक्छन्। मधेश प्रदेशको सन्दर्भमा, जहाँ सामाजिक संरचना अझै परम्परागत मूल्यमान्यतामा आधारित छ, त्यहाँ यस्ता संघहरू सामाजिक संवाद र सहकार्यको महत्त्वपूर्ण माध्यम बन्न सक्छन्।
प्रदेश सरकार र संघबीच सहकार्य बढेमा नीति निर्माणदेखि सेवाप्रवाहसम्म जेष्ठ नागरिकका लागि थप सशक्त कार्यक्रमहरू ल्याउन सकिने सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ११:१०
ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समित...
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...




प्रतिकृया लेख्नुहोस्: