Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

सिरहामा ८० वर्षका वयोवृद्धको हत्या, राजमार्गमा प्रदर्शन

खबरडबली संवाददाता

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका ११ का फनिलाल यादवको हत्या भएको छ  । घरमै सुतिरहेको बेला मंगलवार राति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले उनको हत्या गरेको  बताइएको छ ।
मृतक यादव ८० वर्षका वयोवृद्ध भूपू वडाध्यक्ष कमलदेव यादवका बाबु हुन् ।

फनिलाल आज बिहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन घरमा पुगेका उनी घाइते अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकका जेठा छोरा कपिलदेव यादवले बुवामाथि रातिमा कसले धारिलो हतियार प्रहार गरेको कुरा थाहा नभएको बताए । उनले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

फनिलालको हत्याविरुद्ध स्थानीय आन्दोलित बनेका छन् । उनीहरू धनगढीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरे । प्रदर्शनका क्रममा करिब एक घण्टा सडक अवरुद्ध भएको थियो ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले घटना कसले घटाएको विषयमा केही खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाम्नाङ्टार बहुउद्देश्यीय सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न

ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समित...

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending