Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

बाँकेमा बढ्दै बसाइँसराइ, सबैभन्दा बढी कोहलपुरमा

खबरडबली संवाददाता

खजुरा। बाँकेमा पछिल्ला वर्षहरुमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा बसाइँ सरेर आउने र जिल्लाबाट बसाइँ सरेर बाहिरी जिल्ला जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्ध भएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०९७ परिवार बाँके आएका छन् । २०९७ परिवारका ६३९६ जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी १००३ परिवारका २९४६ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् ।

आर्थिक वर्ष २०८०–०८१ मा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३२ परिवार बाँके आएका थिए । २०३२ परिवारका ६०८० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका थिए । यसैगरी ९०३ परिवारका २६४५ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका थिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरीको सङ्ख्यामा वृद्धि भएको हो ।

बाँकेका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएका छन् । तथ्याङ्कअनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि क्रमश: बैजनाथ, नेपालगन्ज, खजुरा, राप्तीसोनारी, डुडुवा, नरैनापुर र जानकी रहेका छन् । कोहलपुरमा गत आवमा ६८२ परिवारका १९९० जना नागरिक बसाइँसराइ गरेर आएको कोहलपुर नगरपालिकाका एमआइएस अपरेटर रोशन चापागाईँले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा २८७ परिवारका ८२३ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए ।

बैजनाथमा गत आवमा ५३२ परिवारका १६३२ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १४६ परिवारका ४३८ सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखा प्रमुख यमुनाकुमारी शर्माले जानकारी दिए।

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५२० परिवारका १६१५ जना सदस्य बसाइँ सरेर आएको नेपालगन्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारी अमरकुमार चिडिमारले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा नेपालगन्जबाट ३०१ परिवारका ८७१ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।

खजुरा गाउँपालिकाका एमआइएस अपरेटर नर्वदा दाहालका अनुसार खजुरामा २०३ परिवारका ६७१ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् । उक्त आवमा १२४ परिवारका ३७४ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् ।

त्यसैगरी राप्तीसोनारीमा ११६ परिवारका ३५८ जना सदस्य बसाइँ सरेर आएको र १०० परिवारका २८३ जना सदस्य बसाइँ सरेर अन्यत्र गएको एमआइएस अपरेटर कुमार थापाले जानकारी दिए।

डुडुवा गाउँपालिकामा गत आवमा ३४ परिवारका ९५ सदस्य बसाइँ सरेर आएको पालिकाले जनाएको छ । पालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार उक्त आवमा ३७ परिवारका १२२ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् ।

नरैनापुरमा १० परिवारका २८ जनाले बसाइँ सरेर आएको र ८ परिवारका २९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको पञ्जीकरण शाखाका एमआइएस अपरेटर गोविन्दप्रसाद गोडियाले जानकारी दिए।

जानकी गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवमा सात जना सदस्य बसाइँसराइ गरेर आएका छन् भने ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् । प्राप्त तथ्याङ्कमा परिवार दर्ता सङ्ख्या उल्लेख गरिएको छैन ।

आर्थिक वर्ष २०८०–०८१ मा कोहलपुरमा ७६१ परिवारका २१६४ जना, नेपालगन्जमा ५३३ परिवारका १६७८ जना, बैजनाथमा ३६६ परिवारका ११५६ जना, खजुरामा २४४ परिवारका ७३३ जना, राप्तीसोनारीमा ११२ परिवारका ३०१ जना, डुडुवामा शून्य जना, जानकीमा १ परिवारका ४ जना र नरैनापुरमा १५ परिवारका ४४ जना गरी कुल २०३२ परिवारका ६०८० जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए ।

त्यसैगरी, कोहलपुरबाट २५४ परिवारका ६९९ जना, नेपालगन्जबाट ३१२ परिवारका ९६८ जना, बैजनाथबाट १४६ परिवारका ४०० जना, खजुराबाट ९७ परिवारका २८६ जना, राप्तीसोनारीबाट ८२ परिवारका २०१ जना, डुडुवाबाट ४ परिवारका १६ जना, जानकीबाट २ परिवारका ६ जना र नरैनापुरबाट ६ परिवारका १९ जना गरी कुल ९०३ परिवारका २६४५ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । जनता समाजवादी पार्टी,...

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक

काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...

रास्वपालाई योगेशले भने : नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्ने हो

प्रचण्डजीले रवीलाई पहिले सिस्नुपानी हान्नुभयो, अहिले आफैं मालिस लाउँदै हुनुहुन्छ

कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्नुपर्छ: एमाले

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनी...

सम्पर्क कार्यालय आइपुगिन् पुर्व राष्ट्रपति भण्डारी

काठमाडौं। नेकपा एमालेमा पुन: फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउ...

अपडेट: दार्चुला जिप दुर्घटना एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको...

दूधमा अनुदानका लागि ३५ लाख विनियोजन

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन रु. ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाल...

भारत र चीन बिच भएको लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भारत र चीनबीच हालै नेपाली भुमी लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभ...

भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य: कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ ।  प्रतिनिध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending