भैरहवा । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१–०८२ मा बुटवल र भैरहवा रक्तसञ्चार सेवा केन्द्रमार्फत ३४ हजार ७२ युनिट रक्त संकलन गरेको छ । जसमध्ये २८ हजार ७३५ युनिट विभिन्न संघसंस्थाको आयोजनामा र पाँच हजार ३३७ युनिट स्वयंसेवी रक्तदाताबाट संकलन भएको हो। यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ३९३ युनिटले बढी हो । ६०औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै रुपन्देहीले नेपालमै सबैभन्दा धेरै रक्त संकलन गर्ने जिल्ला बन्न सफल भएको जनाइएको छ ।
कार्यक्रम संयोजक शुशिल गुरुङले संस्थालाई अत्याधुनिक प्रविधिमा लैजाने तयारी भइरहेको बताए। गत वर्ष ४३८ संघसंस्थाले ७०७ वटा रक्तदान कार्यक्रम गरी रक्त संकलनमा योगदान गरेका थिए। कार्यक्रममा एक सयभन्दा बढी पिन्ट रक्तदान गर्ने ६६ संघसंस्था सम्मानित भए । नेपाल स्वयंसेवी रक्तदाता समाज पहिलो, नेपाल नियमित रक्तदाता संघ रुपन्देही दोस्रो, र नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखा तेस्रो भएका छन्।
लुम्बिनी प्रदेश सरकारद्वारा सरकारी अस्पतालमा निःशुल्क रगत प्रदान गर्ने कार्यको प्रशंसा गर्दै रेडक्रसले यो सेवा निजी अस्पतालसम्म विस्तार गर्न माग गरेको छ। समारोहमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासहित विभिन्न पदाधिकारीले संघसंस्थाका प्रतिनिधिलाई सम्मान गरे। लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आववश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू प्रयत्नशिल रहेको बताए ।
सोसाइटीले पेपरलेस प्रणाली, तथ्यांकिकरण अनलाइन, वेभसाइट लन्च, विपद् व्यवस्थापन, पारिवारिक पुनःस्थापना, एम्बुलेन्स सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी मन्त्री टेकबहादुर थापाले दिए। संस्था “रक्तदान गरौं, आशा जोगाऔंः सँगै मिलि जीवन बचाऔं“ भन्ने नाराका साथ सामाजिक सेवामा अग्रसर छ।नेपालका पहिलो रक्तदाता दयाबिर सिंह कंसाकार हुन् । रक्तसञ्चार सेवा केन्द्र बुटवल २०३४ सालमा र भैरहवा केन्द्र २०५७ सालमा स्थापना गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ११:२३
काठमाडाैं । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारले चलाएको गोलीले एक सर्वसाधारणको ज्यान जानु केवल एउटा आपराधिक घटना होइन, यो राज्यको स...
पौष १८ गते, २०८२ - ११:१९
काठमाडाैं । नेपाली कांग्रेसभित्र फेरि आन्तरिक राजनीति तातिन थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारीमा सक्रियता...
पौष १८ गते, २०८२ - ११:१४
कठमाडाैं । नेपालको कृषि इतिहासमा धेरै यस्ता बाली छन्, जसलाई लामो समयसम्म सामान्य, उपेक्षित वा ‘गरिबको खाना’ भनेर हेरियो। बेलचन (लालचन/हिबिस्कस) पनि त्...
पौष १८ गते, २०८२ - ११:१०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २९ सय रुपैयाँले बढेको छ ...
पौष १८ गते, २०८२ - १०:५८
कास्की । पोखरामा आज (पुस १८ शुक्रबार)देखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्...
पौष १८ गते, २०८२ - १०:४७
काठमाडाैं । बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागर...
पौष १८ गते, २०८२ - १०:४६
काठमाडौं । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज '...
पौष १७ गते, २०८२ - १२:३१
काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...
पौष १७ गते, २०८२ - १२:२४
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...
पौष १७ गते, २०८२ - १२:२०
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...




प्रतिकृया लेख्नुहोस्: