फुङलिङ। बाढीलेमोटर गुड्ने पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो ।
फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति पुगेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ ।
यस्तै, मर्कामा गएराति फक्ताङलुङ –६ लुङथुङका स्थानीय परेका छन् । करिब ३० वर्षीया महिला पेम्बा शेर्पा सिकिस्त बिरामी परेपछि स्थानीयले घण्टौँसम्म बोकेर उहाँको उद्धार गरेका छन् । स्थानीय तेन्जिङ वालुङ शेर्पाका अनुसार करिब ३ घण्टा निरन्तर बोकेर गाडी सञ्चालन हुने क्षेत्रसम्म लगेर बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । लेलेपको लुङथुङदेखि तापेथोकको ताम्मावाखोलासम्म बिरामीलाई स्ट्रेचरमा बोकेर उद्धार गरिएको छ । बेलुकी साढे ८ बजे बिरामीलाई बोकेर हिँडेको टोली करिब मध्यराति १२ बजेमात्र गाडीको सुविधा भएको ठाउँ ताम्मावाखोलामा पुगेको थियो ।
गाउँमा रहेको करिब १५ जना युवाको समूहले महिलालाई बोकेर मध्यराति गाडी भएको स्थलसम्म पुर्याएका थिए । बिरामी पुर्याएर फर्किएको समूह अहिले बिहान ७ बजेमात्र घरगाउँ पुगेको स्थानीय शेर्पाको भनाइ छ । स्थानीयका अनुसार बाढीले पुल बगाएपछि यातायात ठप्प हुँदा खाद्यान्नलगायतका सामग्री बोकेर लानुपर्ने बाध्यता छ ।
भूगोल हिसाबले जिल्लाको सबैभन्दा ठुलो पालिका फक्ताङलुङ गतवर्ष पनि सबैभन्दा धेरै प्रभावित बन्दा ४ जना मानिसले ज्यान गुमाएका छन् । यसवर्ष बाढीले नै फक्ताङलुङ गाउँपालिकाको थाक्पाखोलाको काठेपुल र माइक्रोहाइड्रोमा क्षति गरेको छ । जसका कारण अझै पनि सयौँ परिवार विद्युत् सेवाबाट वञ्चित भएका छन् । जसको निर्माण कार्य जारी रहे पनि सम्पन्न हुन अझै महिनौँ दिन लाग्ने स्थानीयले बताएका छन् ।
यता बाढीले पुल बगाएर सदरमुकाम फुङलिङसँगको सडक सञ्जाल टुटेकाले पालिकामा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरी तत्काल मर्मत गर्ने योजनामा रहेको पालिका उपाध्यक्ष रविन साम्रा लिम्बू ९बिकास० ले जानकारी दिए। उनका अनुसार मौसमका कारण मर्मतको कार्य प्रभावित भएकाले ढिलाइ भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १६:२१
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...
चैत्र २१ गते, २०८२ - १६:०७
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...
चैत्र २१ गते, २०८२ - १६:०२
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी का...
चैत्र २१ गते, २०८२ - १५:३९
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...
चैत्र २१ गते, २०८२ - १४:३९
मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको...
चैत्र २१ गते, २०८२ - १४:२०
झापा। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएक...
चैत्र २१ गते, २०८२ - १४:१२
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...
चैत्र २१ गते, २०८२ - १३:५०
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...


प्रतिकृया लेख्नुहोस्: