झापा । नेपाल दशनामी समाज युवा समितिको तेस्रो झापा जिल्ला अधिवेशनका लागि भेला आयोजक समिति गठन भएको छ ।
झापाको बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा भएको छलफलमा नेपाल दशनामी समाजका केन्द्र, प्रदेश, जिल्ला, नगरका बिभिन्न तह र तप्कामा रहेका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
समाजको छलफलले युवा समितिलाई अझ सक्रिय बनाउँदै झापा जिल्लाको तेस्रो अधिवेशनको तयारीका लागि आज (शनिवार) भेला आयोजक समिति गठन गरेको छ । समाजको युवा समिति अधिवेशनका लागि भेला आयोजक समितिको संयोजकमा धनबहादुर पुरी (प्रजित) बिर्तामोडलाई जिम्मेवारी दिएको छ भने समितिको सचिवको जिम्मेवारी विशाल गिरी मेचीनगरलाई दिएको छ ।
त्यसैगरी सदस्यमा खेमराज गिरी, बिदुर गिरी बिर्तामोड, युवराज गिरी कनकाई र एगा गिरी मेचीनगरलाई जिम्मेवारी दिएको छ । उक्त भेला आयोजक समितिले झापाका १५ वटै पालिकामा रहेका दशनामी युवाहरुलाई भेला आयोजक समितिमा जोड्दै लाने र समाजको केन्द्र, प्रदेश र जिल्ला समितिसँग समन्वय तथा सहकार्य गरेर समाजको युवा समितिको अधिवेशन गराउनेछ ।
भेला आयोजक समिति गठन कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरी, केन्द्रिय कार्यबहाक महासचिव अशोक गिरी, केन्द्रिय सह–कोषाध्यक्ष गोबिन्द गिरी, केन्द्रिय सल्लाहकार बालकृष्ण गिरी, केन्द्रिय सदस्य एलबी गिरी, जंगराज गिरी, प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजका युवा समिति केन्द्रिय अध्यक्ष अर्जुन गिरी, झापा अध्यक्ष केदार गिरी, कोशी प्रदेश कार्यवहाक अध्यक्ष दीपक भारती, बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीसहित समाजको बिभिन्न तह र तप्कामा रहेका दशनामी बन्धुहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमकाबिच बिर्तामोड नगर समितिले समाजका युवा समितिका केन्द्रिय अध्यक्ष अर्जुन गिरीलाई सम्मानसहित मायाको चिनो प्रदान गरेको थियो । समाजका पूर्व बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, झापा अध्यक्ष केदार गिरी, केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरी, प्रदेश अध्यक्ष प्रकाश पुरी, प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीलगायतले सम्मानसहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: