Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

दशनामी समाज युवा समिति झापाकाे अधिवेशन आयोजक समितिकाे संयोजकमा पुरी

खबरडबली संवाददाता

झापा ।  नेपाल दशनामी समाज युवा समितिको तेस्रो झापा जिल्ला अधिवेशनका लागि भेला आयोजक समिति गठन भएको छ ।

झापाको बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा भएको छलफलमा नेपाल दशनामी समाजका केन्द्र, प्रदेश, जिल्ला, नगरका बिभिन्न तह र तप्कामा रहेका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।

समाजको छलफलले युवा समितिलाई अझ सक्रिय बनाउँदै झापा जिल्लाको तेस्रो अधिवेशनको तयारीका लागि आज (शनिवार) भेला आयोजक समिति गठन गरेको छ । समाजको युवा समिति अधिवेशनका लागि भेला आयोजक समितिको संयोजकमा धनबहादुर पुरी (प्रजित) बिर्तामोडलाई जिम्मेवारी दिएको छ भने समितिको सचिवको जिम्मेवारी विशाल गिरी मेचीनगरलाई दिएको छ ।

त्यसैगरी सदस्यमा खेमराज गिरी, बिदुर गिरी बिर्तामोड, युवराज गिरी कनकाई र एगा गिरी मेचीनगरलाई जिम्मेवारी दिएको छ । उक्त भेला आयोजक समितिले झापाका १५ वटै पालिकामा रहेका दशनामी युवाहरुलाई भेला आयोजक समितिमा जोड्दै लाने र समाजको केन्द्र, प्रदेश र जिल्ला समितिसँग समन्वय तथा सहकार्य गरेर समाजको युवा समितिको अधिवेशन गराउनेछ ।

भेला आयोजक समिति गठन कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरी, केन्द्रिय कार्यबहाक महासचिव अशोक गिरी, केन्द्रिय सह–कोषाध्यक्ष गोबिन्द गिरी, केन्द्रिय सल्लाहकार बालकृष्ण गिरी, केन्द्रिय सदस्य एलबी गिरी, जंगराज गिरी, प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजका युवा समिति केन्द्रिय अध्यक्ष अर्जुन गिरी, झापा अध्यक्ष केदार गिरी, कोशी प्रदेश कार्यवहाक अध्यक्ष दीपक भारती, बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीसहित समाजको बिभिन्न तह र तप्कामा रहेका दशनामी बन्धुहरुको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमकाबिच बिर्तामोड नगर समितिले समाजका युवा समितिका केन्द्रिय अध्यक्ष अर्जुन गिरीलाई सम्मानसहित मायाको चिनो प्रदान गरेको थियो । समाजका पूर्व बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, झापा अध्यक्ष केदार गिरी, केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरी, प्रदेश अध्यक्ष प्रकाश पुरी, प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीलगायतले सम्मानसहित मायाको चिनो हस्तान्तरण गरेका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

ब्राउन सुगर र नियन्त्रित लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...

प्रलोपा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच एकता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...

प्रतिनिधिसभा निर्वाचनअघि नेकपा–माओवादी एकताको प्रयास, सघन छलफल जारी

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

‘अप्रेसन ब्राभो सेरा’: चुनावी सुरक्षा कि गाउँघरको मौन खतरा उजागर ?

म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...

समानुपातिक सूची संशोधनको समयसीमा: दलभित्रको शक्ति संघर्षको निर्णायक घडी

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...

खुसी बोकेको बसले फर्कायो मृत्युको खबर, मालिकामा विद्यार्थी बोकेको बसको ठक्करबाट दुईकाे मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending