Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

प्रचण्ड-जनार्दनको असमझदारी सतहमा, सुदनको सन्देश : प्रश्न उठाउनेलाई विभाजनकारी भन्ने प्रवृत्तिको प्रतिवाद गरौं

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र पछिल्लो समय सार्वजनिक रुपमा देखिएको नेताहरूबीचको विवाद झन् चुलिँदै गएको छ। 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा बीचको खुला सवाल–जवाफपछि पार्टीभित्रकै आन्तरिक असन्तोष सतहमा आएको देखिन्छ।

यही सन्दर्भमा उपमहासचिव शर्मासँग निकट मानिने नेता तथा पूर्वमन्त्री सुदन किरातीले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकका निर्णयको कार्यान्वयनमा दृढता अपनाउन चारवटा स्पष्ट सर्त सार्वजनिक गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका ती सर्तहरूले नेतृत्वप्रति प्रश्न उठाउनेलाई दबाउने प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने, चाकडी चाप्लुसीलाई निषेध गर्नुपर्ने र पार्टी सुद्धीकरणमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

किरातीले अघि सारेका चार सर्त यसप्रकार छन्,

१. पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाउनु।
२. शहीदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोप तथा लालच त्याग्न तयार हुनु।
३. प्रश्न उठाउनेहरूलाई विभाजनकारी ठहर गर्ने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्नु।
४. नेतृत्वको विचार र योगदानलाई दीर्घकालसम्म जोगाउन चाकडी र चाप्लुसीको प्रवृत्तिलाई निषेध गर्नु।

किरातीको यो धारणा प्रचण्ड नेतृत्वप्रति अप्रत्यक्ष असन्तुष्टि झल्किने खालको मानिएको छ। पार्टीभित्र नीति र आचरणमा सुधारको माग तीव्र भइरहेका बेला आएको यो वक्तव्यले माओवादी केन्द्रभित्र वैचारिक संघर्ष चर्किँदै गएको संकेत दिएको छ।

पार्टी नेतृत्वले किरातीको सन्देशलाई कसरी लिने हो भन्ने विषयमा भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन। तर, प्रचण्ड–शर्मा खेमाबीचको चिसो सम्बन्ध र अबिलम्ब सुधारको आह्वानले पार्टीभित्र थप बहस तातो बनाउने देखिन्छ।

यो पनि पढ्नुस् 

 

‘माओवादीलाई फेरि घेरा हाल्न र सखाप पार्न पार्टीकै केहीलाई प्रतिक्रियावादीहरुले उचालेका छन्’

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending